सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी अलग भएका छन्। उनले शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। गत असार १२ गते नागरिक उन्मुक्ति प्रवेश गरेका उनी मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नं १ बाट उम्मेदवारसमेत बनेका थिए।

उनले आफूले पार्टीमा महत्वपूर्ण भूमिका खेले पनि आफूलाई कुनै भूमिका नदिएको आरोप लगाएका छन्। नागरिक उन्मुक्ति पार्टीको बिहीबार र शुक्रबार केन्द्रीय कमिटी बैठकले पनि उनीमाथि कारबाही गरिएको बताइएको छ। चौधरीले समाजवादी नागरिक उन्मुक्ति पार्टी खोल्ने आफू निकटहरूलाई बताउँदै आएका छन्। त्यसका लागि मेची-महाकाली अभियान थाल्ने उनले बताएका छन्

पछिल्लो समय उनी टीकापुर राजबन्दी रिहाइका लागि सरकारी पक्षसँग लबिङ गर्दै आएका थिए।




One thought on “सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी

  1. तत्कालिन थरुहट तराई पार्टी “ढकिया” को बिरुद्धमा लाग्नेहरु अधिक्त्तर
    टिकापुर घटना र सहानुभूतिको आधारमा मात्र नागरिक उन्मुक्त्ति पार्टी
    “ढकिया” को नेतृत्व गरिरहेकाले पिडा र सहानुभूति कम हुदै गएपछि
    पार्टी छोड्दै गर्छन ।

Leave a Reply to Jayant Kumar Singh Tharu Cancel reply

Your email address will not be published. Required fields are marked *