अट्वारी पर्व मनाउँदै मुख्यमन्त्री चौधरी (तस्बिरसहित)

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले थारू पर्व अट्वारी मनाएका छन्। उनले पर्वका लागि चाहिने परिकारहरू आफैं पकाए थिए। अट्वारी पर्वमा सूर्यलाई अग्नि र शक्तिका रूपमा पूजा गर्ने प्रचलन छ।

महाभारतको कथाअनुसार पाण्डवका पाँच भाइमध्ये भीम रोटी पकाउँदा पकाउँदै कौरवहरूसँग युद्ध लड्न गएको र युद्ध लडेर फर्किंदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटाएको भन्ने किम्बदन्तीअनुसार दिनभर थारु समुदायका पुरुष व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजा आजा गर्छन्। अट्वारीको पहिलो दिन अर्थात् शनिबार मध्यराति दर खाएर यो पर्व सुरु हुन्छ । शनिबार बेलुका प्रत्येकले आफ्नो घरको पूजाकोठा लिपपोत गर्छन्।




One thought on “अट्वारी पर्व मनाउँदै मुख्यमन्त्री चौधरी (तस्बिरसहित)

Leave a Reply to Bishwa Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *