निशानामा थिए अर्कै बलिउड सेलिब्रेटी, योजना असफल भएपछि टार्गेटमा परे टाइगर
बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईको जुहु क्षेत्रमा भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार आक्रमणकारीहरूको प्रारम्भिक निशानामा टाइगर श्राफ नभई बलिउडका अर्का चर्चित सेलिब्रेटी रहेको अनुसन्धानमा संलग्न स्रोतहरूले बताएका छन्। तर, ती सेलिब्रेटीसम्म पुग्न नसकेपछि उनीहरूले टाइगरलाई निशाना बनाएको आशंका गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा आक्रमणकारीहरूले सामाजिक सञ्जालमार्फत टाइगर श्राफको गतिविधि निगरानी गरेका थिए। उनका प्रशंसकले इन्स्टाग्राममा पोस्ट गरेका रिल्सबाट उनीसँग नियमित रूपमा प्रहरी सुरक्षा नहुने जानकारी पाएको र त्यसैलाई आधार बनाएर आक्रमणको योजना बनाएको बताइएको छ।
टाइगर श्राफलाई अभिनेता सलमान खानसँग काम नगर्न चेतावनी दिइएको र त्यसको बेवास्ता गरेपछि आक्रमण गरिएको दाबी गरिएको छ। सलमान खानसँग काम गर्ने वा गिरोहको चेतावनी बेवास्ता गर्ने अन्य कलाकारलाई समेत निशाना बनाउने धम्की दिइएको बताइएको छ।
Facebook Comment