सुनसरीको दुहवी नगरपालिका–४ डाँडाचोकमा डब्लु बी १५ ए ७९९५ नम्बरको ट्रकले विपरीत दिशावाट अगाडि आउँदै गरेको को २० प ६०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलमा यात्रारत दुहवी–४ का २५ वर्षीय कुन्तोष चौधरीको मृत्यु भएको छ । Continue reading “सुनसरीको दुहबीमा दुर्घटना हुँदा कुन्तोष चौधरीको मृत्यु”
Author: admin
राजकुमार लेखी सप्तरी १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पार्टीले थारु नेता लेखीलाई प्रतिनिधि सभाको टिकट सुनिश्चित गरेको लेखीले थारुवानलाई बताए। राजनीतिक करियर सुरु गरेको ३४ वर्षपछि लेखीले पहिलोपटक संसदीय चुनावमा भिड्न लागेका हुन्। Continue reading “राजकुमार लेखी सप्तरी १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने”
थारु समुदायको सोहराई
कारी महतो/चितवन।
थारु समुदायले हर्ष र उल्लासका साथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन् भने पश्चिमका थारु समुदायले “डेवारी” भन्दछन् । नेपालका अधिकांश समुदायले मनाउने भएकोले यो पर्वलाई साझा पर्वको रुपमा लिइन्छ । तथापि चितवनका थारु समुदायले यो पर्वलाई फरक तरिकाले मनाउने गरेको छ । यो चाडलाई चितवनका थारु समुदायले पाँच दिनसम्म धुमधाम तरिकाले मनाउने गरेको छ । ती पाँच दिन मध्ये पहिलो दिनलाई “पिठ्कुटी”, दोश्रो दिनलाई “दिउराई”, तेश्रो दिनलाई “सोहराई”, चौथो दिनलाई “जेनुई”, र पाँचौ वा अन्तिम दिनलाई “भेनुई” भनिन्छ । तथापि अचेल मुख्यतः तीन दिनमै टुंग्याउने गरेको पाइन्छ । Continue reading “थारु समुदायको सोहराई”
बारामा निर्वाचित २७ थारु प्रतिनिधिलाई थारु पत्रकार संघको सम्मान
हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बारा जिल्लाका थारु प्रतिनिधिहरुलाई थारु पत्रकार संघ नेपाल बारा शाखाले सम्मानित गरेको छ । संघको जिल्ला कार्यसमिति बाराको आयोजनामा कलैयास्थित रहेको थारू कल्याणकारीणी सभाको सभाकक्षमा आयोजित कार्यक्रममा २७ जना जनप्रतिनिधिलाई सम्मानित गरेको हो । Continue reading “बारामा निर्वाचित २७ थारु प्रतिनिधिलाई थारु पत्रकार संघको सम्मान”
थारु पत्रकार संघ कपिलवस्तुमा नयाँ नेतृत्व चयन, भाषा, संस्कृति संरक्षण गर्न जोड
सीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)।
थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषा तथा संस्कृति संरक्षणमा थारु पत्रकारहरुले ठोस कदम चाल्नुपर्ने बताएका छन्। पछिल्लो समय थारुहरुको पहिचान हराउँदै गएको औल्याउँदै उनले थारुहरुको जातीय तथा ऐतिहासिक पहिचान जोगाउन थारु पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए। Continue reading “थारु पत्रकार संघ कपिलवस्तुमा नयाँ नेतृत्व चयन, भाषा, संस्कृति संरक्षण गर्न जोड”
पार्टी एकीकरणमा यसरी रोए गच्छदार [भिडियो]
नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे । Continue reading “पार्टी एकीकरणमा यसरी रोए गच्छदार [भिडियो]”
चितवनका थारु पत्रकारलाई व्यवसायिक पत्रकारितामा जोड दिन सुझाव
थारु पत्रकार संघ चितवनको तेस्रो जिल्ला सभा शनिवार नारायणगढमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कारी महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीले थारु पत्रकारहरुको अवस्था र संघले खेलेको विषयमा प्रकाश पारेका थिए । Continue reading “चितवनका थारु पत्रकारलाई व्यवसायिक पत्रकारितामा जोड दिन सुझाव”
चुनावअघि निर्दोष थारुहरुलाई जेलबाट निकालियोस् : रुक्मिणी चौधरी
रुक्मिणी चौधरी।
संविधान जारी भयो त्यो राम्रो हो तर चार वर्षको अवधिमा म आफूले आफूलाई शन्तुष्ट बनाउन सकिन । संसदमा बोल्न खोज्यो ३ मिनेट भन्दा समय पाइदैन । बोल्दा बोल्दै लाइन काटिन्छ । Continue reading “चुनावअघि निर्दोष थारुहरुलाई जेलबाट निकालियोस् : रुक्मिणी चौधरी”
फोरम लोकतान्त्रिकका नेता माओवादीमा, चौधरी भन्छन्- ‘गएकाहरु हाम्रा हैनन्’
फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । २०७० सालको संविधानसभा चुनावका सभासद् उम्मेदवार एवं युवा संगठनका केन्द्रीय संगठन विभाग प्रमुख वीरेन्द्र चौधरीसहित फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को सम्पूर्ण समिति बिहीबार माओवादी केन्द्रमा समाहित भएको हो ।
चौधरीले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा चार हजार बढी मत ल्याएका थिए ।
फोरम लोकतान्त्रिक दाङ क्षेत्रनम्बर १ का क्षेत्रीय अध्यक्ष आरडी यादवको अध्यक्षता एवं चौधरीको प्रमुख आतिथ्यमा बसेको क्षेत्रीय समितिको बैठकले पार्टी जनताको चाहनाअनुसार अघि बढ्न नसकेको, स्पष्ट नीति र योजनाविना राष्ट्रिय राजनीतिमा पहल लिन नसकेको र नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रमा ध्रुवीकृत हुने निर्णय गरेको थियो ।
उत्पीडित वर्ग, क्षेत्र, लिंग र जातीय समुदायको प्रतिनिधित्व गर्ने विश्वासका साथ माओवादी केन्द्रको नीति विचारमा सहमति भएर त्यसमा ध्रुवीकृत हुने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।
बैठकले ध्रुवीकरण प्रक्रिया अगाडि बढाउन र जिल्लाका अन्य कमिटीसँग पनि ध्रुवीकरणका लागि पहल गर्न यादव संयोजक रहेको कार्यदल गठन गरेको छ । जसमा अतिउल्ला मनिहार, अनिल चौधरी, जानकी चौधरी र अयोध्याप्रसाद यादव सदस्य छन् । जिल्लाका अन्य कमिटी र व्यक्तिहरुसँग पनि ध्रुवीकरणका लागि छलफल चलिरहेकाले सबैलाई समेटेर चाँडै देउखुरीमा पार्टी ध्रुवीकरणको घोषणासभा गरिने संयोजक यादवले बताए ।
पार्टीको कमिटीले नै निर्णय गरेर ध्रुवीकरण प्रक्रियामा आउनु स्वागतयोग्य भन्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यले नेता कार्यकर्ताको उचित ब्यवस्थापन गर्ने बताए । जिल्लाका अन्य क्षेत्रमा पनि ध्रुवीकरणका लागि छलफल भइरहेकाले चाँडै संयुक्त घोषणासभा गरिने उनले जानकारी दिए ।
माओवादीमा गएकाहरु हाम्रा होइनन्ः फोरम लोकतान्त्रिक
फोरम लोकतान्त्रिकले दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको भन्ने समाचारको खण्डन गरेको छ ।
०७० सालको संविधानसभा चुनावका सभासद् उम्मेदवार एवं युवा संगठनका केन्द्रीय संगठन विभाग प्रमुख वीरेन्द्र चौधरीसहित फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को सम्पूर्ण समिति बिहीबार माओवादी केन्द्रमा समाहित भएको थियो ।
तर, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले वीरेन्द्र चौधरीसहितका नेताहरुलाई एक महिना पहिले नै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको स्पष्ट पारेका छन् । उनले भने, ‘पार्टी अनुशासनविपरित काम गरेपछि हामीले एक महिना अघि नै उनीहरुलाई निष्काशन गरेका थियौं । माओवादीमा गएका भनिएका उनीहरु हाम्रा पार्टीका होइनन् ।’
उनले फोरम लोकतान्त्रिकका सबै नेता कार्यकर्ताहरुलाई भ्रममा नपर्न आग्रह पनि गरे ।
नयाँ शक्तिबाट कृष्णकुमार चौधरी कैलाली र दानबहादुर चौधरी कपिलवस्तुबाट उठ्दै
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ। Continue reading “नयाँ शक्तिबाट कृष्णकुमार चौधरी कैलाली र दानबहादुर चौधरी कपिलवस्तुबाट उठ्दै”