तेस्रो थारु साहित्य मेला माघ ४ गतेदेखि बर्दियाको बढैयातालमा हुने

तेस्रो थारु साहित्य मेला माघको पहिलो हप्ता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकबाट पारित गरिएको छ। मेला माघ महिनाको ४, ५ र ५ गते हुने जंग्रार साहित्यिक बखेरी, नेपालका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन्। Continue reading “तेस्रो थारु साहित्य मेला माघ ४ गतेदेखि बर्दियाको बढैयातालमा हुने”

खुट्टाको रौंका कारण बलात्कारको धम्की

बीबीसी।

सुन्दरता भन्ने कुरा हेर्नेको अाँखामा भर पर्दछ । मनको सुन्दरता नै साँचो सुन्दरता हो । आदि आदि कुराहरु मानिसहरुले भनिरहेको सुनिन्छ । तर के हामी साँच्चिकै आफ्नो वा अर्काको सरीर वा अनुहारलाई लिएर सहज छौँ त ? सायद छैनौँ । Continue reading “खुट्टाको रौंका कारण बलात्कारको धम्की”

लाइभ प्रसारण गरेर झुण्डिएर मर्न खोज्दा…

भारतको मुम्बइमा एक युवकले ह्वाट्सएपमा लाइभ भिडियो सेयर गरेर झुण्डिएर मर्न लागेका थिए । उनले आफू झुण्डिएर मर्न लागेको भिडियो लाइभ प्रसारण गर्दै थिए । तर, उनी झुण्डिनुभन्दा पहिल्यै प्रहरीले उनलाई पक्राउ गरेको छ । Continue reading “लाइभ प्रसारण गरेर झुण्डिएर मर्न खोज्दा…”

ओली उठ्ने क्षेत्रमा उपेन्द्र यादवको नाम सिफारिस

स्थानीय निर्वाचनको चटारोबाट मुक्त नहुँदै सिरहामा राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी चयनमा जुटेका छन् । संघीय समाजवादी फोरम बाहेक अन्य दल गृहकार्यमै छन् । संघीय फोरमले भने उम्मेदवार सिफारिस टुंगो लगाएको छ । Continue reading “ओली उठ्ने क्षेत्रमा उपेन्द्र यादवको नाम सिफारिस”

टिकेट निलिने घोषणा गर्दै सांसद चौधरीले भने, ‘सधैं चुनाव लडिरहनु हुँदैन’

दिवाकर भण्डारी/अन्नपूर्ण।

संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद बलवीर चौधरीले प्रतिनिधि सभाको निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गरेका छन्। एउटै व्यक्तिले पटकपटक चुनाव लड्न नहुने भन्दै चौधरीले मंसिरमा हुने निर्वाचनमा पार्टीका अन्य नेतालाई सघाएर अघि बढ्ने तर आफू चुनाव नलड्ने घोषणा गरेका हुन्। एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज समेत रहेका सांसद चौधरी प्रतिनिधि सभा सदस्यका लागि बारा क्षेत्र नम्बर २ का बलिया सम्भावित उम्मेदवार थिए।

जिल्लाका नेताकार्यकर्ताले समेत सांसद चौधरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने सक्ने आकलन गरेका थिए। सांसद चौधरीको घोषणालाई स्वागत गर्दै पार्टीका नेताकार्यकर्ताले उनलाई त्यागी नेताको रुपमा हेर्न थालेका छन्।

‘टिकट पाउने बलियो सम्भावना हुँदाहुँदै पनि सांसद चौधरीले अरुलाई अवसर दिनुपर्छ भन्ने सोचका साथ गर्नुभएको निर्णय स्वागतयोग्य छ’, एमालेका एक कार्यकर्ताले भने, ‘पटकपटक चुनाव लड्नुपर्छ भन्ने मानसिकता बोकेका नेतालाई यो गतिलो जवाफ पनि हो। जिल्लाकै केही नेता पटकपटक चुनाव लडिरहेका छन्। चौधरीको यस्तो निर्णयलाई सबैले अनुशरण गर्न सके धेरै राम्रो हुने थियो।’

२०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका चौधरी संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका थिए। सालीन नेताका परिचित चौधरीले सधै चुनाव लड्नुपर्छ भन्ने मानसिकतामा आफू नरहेको र अन्य नेतालाई अवसर दिनका लागि आफूले त्याग गरेको बताए।
‘सधैँ चुनाव लडिरहनुपर्छ भन्ने मानसिकता मेरो छैन्, पहिलो संविधान सभाको निर्वाचनमा हार ब्यहोरेपछि दोस्रो निर्वाचनमा टिकट पाए र चुनाव पनि जिते’ चधरीले भने ‘मैले आफ्नो क्षेत्रमा गर्नुपर्ने विकासका काम गरेको छु। जनताको मन जितेर बसेको छु। अहिले पनि टिकट पाए भने चुनाव जित्ने आधार प्रसस्त छ तर मैले मात्रै सधै चुनाव लडिरहनु हुँदैन्।’

एउटै व्यक्तिले सधै चुनाव लडिरहने पार्टीभित्रको परिपाटीलाई अन्त्य गर्न जरुरी रहेको र त्यसको सुरुवात आफूले गरेको उनको भनाइ छ। आफूले गरे जस्तै निर्णय जिल्लाका अन्य नेताले पनि गर्न सके पार्टीमा क्षमता भएका अन्यले अवसर पाउन सक्ने उनले बताए।

सांसद चौधरीले टिकट नलिने घोषणा गरेपछि बारा क्षेत्र नम्बर २ बाट जिविसका पूर्वसभापति छठ्ठुप्रसाद यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको छ।

सिरहाको थारु बाहुल्य क्षेत्र १ मा केपी ओली र राजेन्द्र चौधरीको नाम सिफारिस्

आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए । Continue reading “सिरहाको थारु बाहुल्य क्षेत्र १ मा केपी ओली र राजेन्द्र चौधरीको नाम सिफारिस्”

कुन प्रदेशबाट कति थारु सांसद बन्दैछन् ? यस्तो छ तालिका

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कानुनअनुसार समानुपातिकतर्फ महिलासहित विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी बन्दसूची तयार गर्न आग्रह गरेको छ । नयाँ संवैधानिक व्यवस्थाअनुसार समानुपातिक उम्मेदवारतर्फ ५० प्रतिशत महिला अनिवार्य व्यवस्थासहित विभिन्न जातिलाई प्रतिशतका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । Continue reading “कुन प्रदेशबाट कति थारु सांसद बन्दैछन् ? यस्तो छ तालिका”

पावर्ती र सुशीला चौधरी प्रत्यक्षतर्फ र डिल्लीबहादुर चौधरी समानुपातिकमा सिफारिस

नेपाली कांग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेको काँग्रेस दाङले जनाएको छ। Continue reading “पावर्ती र सुशीला चौधरी प्रत्यक्षतर्फ र डिल्लीबहादुर चौधरी समानुपातिकमा सिफारिस”

चन्द्रबहादुर र शान्ता चौधरी समानुपातिकमा सिफारिस

थरुहट आन्दोलनका अगुवा चन्द्रबहादुर चौधरी नेकपा एमालेको बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि समानुपातिकमा सिफारिसमा परेका छन्। एमाले जिल्ला कमिटीका सचिवालय सदस्यसमेत रहेका उनी विसं २०४८ सालदेखि पार्टीमा सक्रिय राजनीति गरिरहेका छन्। बाँकेमा हुने थारुहरुका हरेक आन्दोलनमा उनले अगुवाई गर्छन्। थरुहट संयुक्त संघर्ष समितिको जिल्ला संयोजक भएर पनि उनले पहिचानको आन्दोलनलाई अगाडि बढाएका थिए। Continue reading “चन्द्रबहादुर र शान्ता चौधरी समानुपातिकमा सिफारिस”

संस्थापक अध्यक्ष थनेत थाकस युएईमा फर्किए

थारु कल्याणकारिणी सभा युएईका संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः संस्थामा फर्किएका छन्। ब्यापारको सिलसिलामा संस्थालाई समय दिन नसकेको भन्दै प्रवासी थारु समाज युएईको रुपमासमेत चिनिने उक्त संस्थाबाट उनले एक वर्षअघि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए।  Continue reading “संस्थापक अध्यक्ष थनेत थाकस युएईमा फर्किए”