माओवादीका चार केन्द्रीय नेताले भने- ‘एमालेसँगको तालमेल अमान्य’

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। Continue reading “माओवादीका चार केन्द्रीय नेताले भने- ‘एमालेसँगको तालमेल अमान्य’”

सुँघेरै महिलामा यौन उत्तेजना बढाउने अनौठो च्याउ

हवाइ टापुमा एक यस्तो च्याउ पाइन्छ जसलाई सुँघेरै महिनामा यौन उत्तेजना निकै बढ्छ । यो च्याउको गन्धले महिलाहरुमा तीव्र यौन उत्तेजना ल्याउने गरेको छ । यो च्याउको गन्ध मिठो हुँदैन । यसले निकै दुर्घन्ध फैलाउँछ तर यही दुर्घन्धले महिलामा यौन उत्तेजना जगाउँछ । Continue reading “सुँघेरै महिलामा यौन उत्तेजना बढाउने अनौठो च्याउ”

माओवादीले एमालेसँग तालमेल गर्ने, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो। यसअघि नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बाम एकता खाँचो रहेको भन्दै तालमेल गर्ने निर्णय गरेको थियो। Continue reading “माओवादीले एमालेसँग तालमेल गर्ने, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन”

एमालेमै प्रवेश गरेका होइनौं : हृदयश त्रिपाठी

राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए। Continue reading “एमालेमै प्रवेश गरेका होइनौं : हृदयश त्रिपाठी”

हृदयश त्रिपाठीसहित राजपा नेताले पार्टी छाडे, एमालेको चिन्ह लिएर चुनाव लड्ने

राष्ट्रिय जनता पार्टी राजपाका नेता हृदयश त्रिपाठीसहितका पाँच जना नेताले पार्टी परित्याग गरेका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले पार्टी छाडेका हुन् । Continue reading “हृदयश त्रिपाठीसहित राजपा नेताले पार्टी छाडे, एमालेको चिन्ह लिएर चुनाव लड्ने”

आदित्य नारायणमाथि महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप

बलिउडका चर्चित नेपाली गायक उदित नारायण झाका छोरा आदित्य नारायण विमानका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा विमान स्थलमै रोकिएका छन्। उनले पछि माफी मागेपछि भ्रमणको इजाजत दिइएको थियो। Continue reading “आदित्य नारायणमाथि महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप”

दुई नम्बर प्रदेशमा सबैभन्दा धेरै थारु प्रमुख कांग्रेसबाट चुनिए, विजय गच्छदारको पार्टीबाट शून्य

तेस्रो चरण अर्थात् दुई नम्बर प्रदेशको स्थानीय चुनावमा मिश्रित परिणाम आयो। चुनावको लाभ प्रमुख दलभन्दा मधेसी दलले नै लिए। मधेसमा राम्रो छबि रहेको नेपाली कांग्रेस पहिलो स्थान हासिल गरेपनि सोचेजस्तो परिणाम ल्याउन सकेन। एमालेले सम्भवतः सोच्दै नसोचेको परिणाम ल्यायो। दुई नम्बर सबैभन्दा फलदायी भने माओवादीले लियो। राजपा र संघीय समाजवादीले पनि राम्रो परिणाम ल्यायो। लोकतान्त्रिक फोरम भने ३ सिटमै खुम्चियो। Continue reading “दुई नम्बर प्रदेशमा सबैभन्दा धेरै थारु प्रमुख कांग्रेसबाट चुनिए, विजय गच्छदारको पार्टीबाट शून्य”

दुई गोल्ड र एक सिल्भर मेडल जित्दै सञ्जीव चौधरी बने स्टेट च्याम्पियन

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते। Continue reading “दुई गोल्ड र एक सिल्भर मेडल जित्दै सञ्जीव चौधरी बने स्टेट च्याम्पियन”

‘आइ एम भेरी सरी’को कभर गीतमा अभय र आयुष चौधरीको कमाल

अभय चौधरी र आयुष चौधरीको अर्को कभर गीत सार्वजनिक भएको छ। फाटेको जुत्ता नामक नेपाली फिल्मको चर्चित गीत ‘आइ एम भेरी सरी’ शीर्षक गीतमा दाजुभाइ अभय र आयुषको कभर गीत बनाइएको छ। हाइलाइट्स नेपालले सार्वजनिक गरेको भिडियोमा यी दाजुभाइलाई आदित्य लामा र सन्भी मायाले साथ दिएका छन्। यो भिडियो यो समाचार तयार पार्दासम्म १२ लाख बढीले हेरिसकेका छन्। Continue reading “‘आइ एम भेरी सरी’को कभर गीतमा अभय र आयुष चौधरीको कमाल”

साउदीमा कार दुर्घटनामा परी कञ्चनपुर निवासी वीरबहादुर रानाको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । Continue reading “साउदीमा कार दुर्घटनामा परी कञ्चनपुर निवासी वीरबहादुर रानाको मृत्यु”