पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ईश्वरी पाठकले बताए । Continue reading “बाघको आक्रमणबाट चितवनमा एलु चौधरीको मृत्यु”
Author: admin
थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजी भाषा बनाउनुपर्छ : मन्त्री दहित
दशैंको अवसरमा बर्दियाको राजापुर नगरपालिका २ बालाबजारमा डस्या शुभकामना तथा जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा थारु समुदायले मान्ने गरेको परम्परागत दशैं विधि र यसको महत्वमाथि प्रकाश पारिएको थियो । Continue reading “थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजी भाषा बनाउनुपर्छ : मन्त्री दहित”
अस्पतालको लापरबाही, इन्जेक्सन दिएलगत्तै विरामीको मृत्यु
कारी महतो/चितवन।
सामान्य ढाड दुखेको भनेर भरतपुर स्थित नारायणी सामुदायिक हस्पिटलमा भर्ना भएका विरामीलाई इन्जेक्सन दिए लगत्तै मृत्यु भएको छ। मृत्यु हुने विरामी भरतपुर महानगरपालिका वडा नं. २६, सिसईका अन्दाजी ५० वर्षीय लक्ष्मण चौधरी हुन्। Continue reading “अस्पतालको लापरबाही, इन्जेक्सन दिएलगत्तै विरामीको मृत्यु”
थाकस चितवनमा आन्तरिक किचलो, क्षेत्र विभाजनप्रति असहमति
कारी महतो/चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) चितवनले विभाजन गरेको क्षेत्रप्रति पूर्वी चितवनका चारवटै क्षेत्रीय समितिले असहमति जाहेर गरेको छ । थाकस चितवन जिल्ला कार्यसमितिले क्षेत्र विभाजन गरी भरतपुर महानगरपालिकालाई पाँच वटा क्षेत्रमा तथा अन्य नगरपालिकाहरुलाई एकएक क्षेत्रमा विभाजन गर्ने निर्णयप्रति पूर्व चितवनका खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिका अन्तर्गतका क्षेत्रीय समितिले असहमति जनाउँदै संयुक्त रुपमा हस्ताक्षर गरी असहमति पत्र पेस गरेका छन् । Continue reading “थाकस चितवनमा आन्तरिक किचलो, क्षेत्र विभाजनप्रति असहमति”
आदिवासी जनजातिको बजेट अब सिधै स्थानीय तहमा
गणेश राई/कान्तिपुर।
मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालयता निरन्तर सञ्चालित ‘चेपाङ विकास कार्यक्रम’ समेत स्थानीय तहमा समायोजन भएको छ । Continue reading “आदिवासी जनजातिको बजेट अब सिधै स्थानीय तहमा”
चितवन गोलाघाटमा हराएका प्रकाश महतो अझै भेटिएनन्
कारी महतो/चितवन।
असोज १ गतेका दिन गोलाघाटमा पौडी खेल्न गएका एक युवक नदीमा डुबेर हराएका छन् । भरतपुर महानगरपालिका वडा नं. २७, मेघौलीका २८ वर्षीय प्रकाश महतो हराएका हुन् । स्थानीयहरुले निकै दिन खोजी गरे तर हालसम्म पनि भेटाउन सकेका छैनन् । नदीको पानी धमिलो भएको कारणले खोजी कार्यमा समस्या आएको जनाइएको छ । प्रकाश महतो दुई महिना अगाडि मलेसियाबाट वैदेशिक रोजगारीबाट फर्केका हुन् । उनी मलेसियामा तीन वर्ष काम गरेर फर्केका थिए । Continue reading “चितवन गोलाघाटमा हराएका प्रकाश महतो अझै भेटिएनन्”
यसरी मनाउँछन् थारुहरुले डश्या अर्थात् बडादशैं
दिप्तीशिखा चौधरी।
नेपालीको महान चाड दशैं सबैको घरघरमा भित्रिसकेको छ । सबै जातजातिले यो पर्वलाई १५ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् । यस लामो चाडलाई थारु जातिले भने “डश्या” भनी आफ्नै परम्पराअनुसार मनाउने गर्छन् । डश्या अर्थात् बडा दशैँ आगमन हुनुपुर्व थारु महिलाहरु घर लिपपोत गरी सफा पारेका हुन्छन् । डश्या मकै र जौँको जमरा राखेकै दिनदेखि सुरु हुन्छ । Continue reading “यसरी मनाउँछन् थारुहरुले डश्या अर्थात् बडादशैं”
डस्यामे नैआइठुँ डाई [कविता]
कृष्णराज सर्वहारी।
आइठुइ छावा डस्यामे
खुशीक् खबर लेके
आँख विछाके हेरठुइबो
मोर डाई ।
मने टोहार अस्रामे
टाटुल पानी डारटुँ मै
अप्की डस्यामे
कानेम जेउरा घाले
आइ नै सेक्ठुँ मोर डाई ।
अप्की राजधानी उच्यइनासे पहिले
कले रहो
आब टे टोर बाबा फे बिट्गैला
यी घरक ढुरखम्बा टही हुँइस् छावा ।
छोट बर काम खोजिस् ।
टुही पह्राइ खर्च
डेहे नै सकेम आब्
यी घरक जिम्मेवारी
टोर हाँठेम बा ।
टोहार एक एक वचन
मोर कानेम
अभिन गुन्जटि बा
मने डिग्री पासके
सर्टिफिकेट लेके
राजधानीके गल्ली गल्ली
कुक्कुर भुँकैटी बटुँ
हाँठ लागल सुन्य
टोहार लाग
एक पट्टा टिक्ली लेना
औकाट फेन नै हो मोर
ओहेसे मोर डाई
टोहार हाँठसे घेँचाभर
बेबरीक् बास लेना
भाग्य असौँ नै हो मोर
छोट बर काम मिलि टे
हाली अइम पहुरा लेके
घरक डुह्री डाबे
अपन आँस बँचाके ढरहो डाई
टोहार आँसके कौनो मोल नै हो
मै सब चिज किने सेकम
मने
टोहार आँसके
मोल टिरे नै सेकम
टिर नै सेकम ।।
हालः कीर्तिपुर, काठमाडौं
मेरो सम्झनामा प्रभु नारायण चौधरी
राम सागर चौधरी।
स्वर्गीय कमरेड प्रभु नारायण चौधरीका बारेमा कमै पढन सुन्न पाइन्छ । यसपटक स्व. प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवा लगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो । लामो अन्तराल पछि सम्झेका रहेछन् । कमरेड मनमोहन, कामरेड पुष्पलाल, कामरेड मदन भणडारी जतिकै उहाँको कम्युनिष्ट आनदोलनमा योगदान रहेको छ । उहाँ किन ओझेलमा पार्नुभयो ? अरुका त कुरा छाडौं सुनसरीबासी र मार्कसवादी, एमाले कम्युनिष्टले किन बिर्से ? राजनीतिक इमानदारी र निष्ठाको मूल्यांकन यही हो ? थारुका सपुत राजनीतिका अग्रिणी भएकाले किनारा लागायएका हुन् कि ? आफूमात्रै राम्रो असल अरु सबै खराब प्रवृतिका सोचले ग्रसित हो कि ? Continue reading “मेरो सम्झनामा प्रभु नारायण चौधरी”
किन मर्छन् ललिताजस्ता बिरामीहरु अस्पतालको शय्यामा ? [भिडियोसहित]
किशोर चौधरी (सरिखाँ)।
सप्तरी जिल्लाको कृष्णाश्रवण घर भई काठमाडौं बस्दै आएकी थिइन् ललिता कुमारी चौधरी । २२ वर्ष पुगेर २३ वर्षमा टेकेकी भर्खर कलकलाउँदो उमेरकी ललिता ५ महिना अगाडिमात्रै ओमप्रकाश चौधरीसंग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । हासीखुसी नै वितेको थियो जीवन । तर ती खुशी लामो समयसम्म टिक्न सकेन जब भदौ १७ गते ललिताको पेट दुख्यो त्यसपश्चात विस्तारै खुशी लुटिदै गयो । पेट दुखेसंगै ललितालाई नजिकैको अस्पताल अर्थात ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा भर्ना गर्यो । Continue reading “किन मर्छन् ललिताजस्ता बिरामीहरु अस्पतालको शय्यामा ? [भिडियोसहित]”