जितपुर सिमरा उपमहानगरको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी

प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । Continue reading “जितपुर सिमरा उपमहानगरको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी”

थारू समुदायमा बढ्दैछ दसैं उल्लास

ठाकुरसिंह थारु/कान्तिपुर

दसैं सुरु भएसँगै गाउँसहरमा उल्लास सुरु भएको छ । नवरात्र पूजाका लागि दुर्गा माताको मूर्ति स्थापना गर्न घटस्थापनाको दिन बिहीबार बिहान विभिन्न स्थानमा कलस यात्रा भए । सयौं संख्याका महिला परम्परागत पोसाकमा सजिएर कलशमा पानी भर्ना नदी र खोला पुगे । बाजागाजासहितको कलश यात्रामा सर्वसाधारण रमाएका छन् । चाडपर्वमा परम्परागत पहिरन लेहङ्गा र चोलियामा सजिएपछि उनीहरूको संस्कृति झल्किएको थियो । Continue reading “थारू समुदायमा बढ्दैछ दसैं उल्लास”

थारु पत्रकार संघ दाङको अध्यक्षमा सन्तोष दहित, १३ सदस्यीय कार्यसमिति चयन

थारु पत्रकार संघ नेपाल, दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनले सन्तोष दहितलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको छ। अधिवेशनबाट दहितको नेतूृत्वमा  १३ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मतले चयन गरेको छ। Continue reading “थारु पत्रकार संघ दाङको अध्यक्षमा सन्तोष दहित, १३ सदस्यीय कार्यसमिति चयन”

पूजा चौधरीले जितिन् मिस एयर होस्टेज फेमिनाको उपाधि

मिस एयर होस्टेज फेमिनाको उपाधि पूजा चौधरीले चुमेकी छन्। पूजाले उपाधिसँगै डाइरेक्ट समिट एयर लाइन्समा एयर होस्टेज बन्ने मौका पाएकी छन्।फर्स्ट रनरअप पूजा पाठकले भने थाइल्याण्ड टुर टिकेट  पाएकी छन्। उनी नाट्को ब्रान्ड एम्बास्डरसमेत बन्ने मौका पाएकी छन। Continue reading “पूजा चौधरीले जितिन् मिस एयर होस्टेज फेमिनाको उपाधि”

२२ वर्षमै निर्वाचित कान्छी उपमेयर अर्चना चौधरी

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् । Continue reading “२२ वर्षमै निर्वाचित कान्छी उपमेयर अर्चना चौधरी”

सुरुङ्गा नगरपालिकामा कांग्रेसका मुक्तिनाथ चौधरी निर्वाचित

जिल्लाको सुरुङ्गा नगरपालिकामा कांग्रेसले जितेको छ। कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन्। मेयरमा चौधरीले ५२७९ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी एमालेका रामनारायण चौधरी ५०७९ मतमा रोकिए। Continue reading “सुरुङ्गा नगरपालिकामा कांग्रेसका मुक्तिनाथ चौधरी निर्वाचित”

ब्रिजेश चौधरीको गोलले नेपाल र भारत बराबरी

स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम समयमा गरेको गोलमा नेपाल यु–१६ टोलीले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा बराबरी खेलेसँगै नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको अन्तिम चरण प्रवेश गर्ने सम्भावना जीवित राखेको छ । Continue reading “ब्रिजेश चौधरीको गोलले नेपाल र भारत बराबरी”

थारु पत्रकार संघ दाङको तेस्रो अधिवेशन आज

थारु पत्रकार संघ दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने भएका छन्। थारु पत्रकार संघले शुक्रबार एक विज्ञप्ती जारी गरी यस्तो जानकारी दिएको हो। Continue reading “थारु पत्रकार संघ दाङको तेस्रो अधिवेशन आज”

सिरहाको गढीमाईमा हरिनारायण चौधरी र सप्तरीको कृष्णासवरनमा परशुराम चौधरी विजयी

सिरहाको धनगढीमार्इ नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चौधरीले ५६८३ मत ल्याएर जित हात पारेका हुन्। Continue reading “सिरहाको गढीमाईमा हरिनारायण चौधरी र सप्तरीको कृष्णासवरनमा परशुराम चौधरी विजयी”

बाराको विश्रामपुरमा लोकतान्त्रिक फोरम विजयी

बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए । Continue reading “बाराको विश्रामपुरमा लोकतान्त्रिक फोरम विजयी”