प्रेस काउन्सिल नेपालको ४८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका पत्रकारहरुलाई सम्मानित गरेको छ। राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट थारु पत्रकारसहित अन्य पत्रकार पुरस्कृत र सम्मानित भए। Continue reading “थारु पत्रकारहरु प्रेस काउन्सिल पुरस्कारबाट सम्मानित”
Author: admin
दोशहरण चौधरीको ‘औंशीके रात मे’को म्युजिक भिडियो सार्वजनिक
चम्पन साँस्कृति समूहको ब्यानरमा निर्माण भएको नयाँ भिडियो सार्वजनिक भएको छ। नन्दुराज चौधरीको शब्द रहेको औंशीके रात मे गीत सार्वजनिक भएको हो। गीतमा दोशहरण चौधरीको संगीत र स्वर रहेको छ। दीपक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियोमा राज कुस्मी र अञ्जु चौधरीले अभिनय गरेका छन्। Continue reading “दोशहरण चौधरीको ‘औंशीके रात मे’को म्युजिक भिडियो सार्वजनिक”
गुरुवा बन्ने धुन
कृष्णराज सर्वहारी।
थरिथरिका खानपीन अनि मदिराको छेलोखेलोसँगै दशैँ नृत्यको उत्सव पनि हो । थारू समुदायमा हुर्किएको यो ज्यान दशैँमा नाचिने सखिया नृत्यमा खुलेर रमाउँछ । करीब दुई दर्जन युवतीहरूको बीच आपैm मादले भएर तिनीहरूसँग रमाउँदाको मजा विछट्टै हुन्छ । अझ यही सखिया विषयमा विद्यावारिधि गरिरहेकाले म हरेक दशैँमा कुनै न कुनै थारू गाउँमा सखिया नृत्यमा सहभागिता जनाइ रहेको हुन्छुँ । Continue reading “गुरुवा बन्ने धुन”
राैतहटको चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी र रामरती चौधरी विजयी
रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् । Continue reading “राैतहटको चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी र रामरती चौधरी विजयी”
बाराको करैयामाई गाउँपालिकामा कांग्रेसका भुनेश्वर धामी र चित्रलेखा चौधरी निर्वाचित
बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुनेश्वर धामी निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शम्भुप्रसाद यादवलाई १ सय ७० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । धामीले ३ हजार ३ सय २९ मत प्राप्त गरे भने यादवले ३ हजार १ सय ५९ मत पाएका थिए । Continue reading “बाराको करैयामाई गाउँपालिकामा कांग्रेसका भुनेश्वर धामी र चित्रलेखा चौधरी निर्वाचित”
पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी
पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए। Continue reading “पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी”
अन्ततः थारू आयोग विधेयक पारित
व्यवस्थापिका–संसद्ले संविधानको मर्मअनुसार समावेशी तथा समानुपातिक सिद्धान्तलाई कार्यान्वयन गर्ने सम्बन्धमा स्थापना गर्न लागिएको दुई महत्वपूर्ण आयोग गठनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । संसद्ले ‘थारू आयोग विधेयक, २०७४’ र ‘मुस्लिम आयोग विधेयक, २०७४’ लाई मंगलबार सर्वसम्मतिले पारित गरेको हो। यसअघि सांसदको कोरम नपुग्दा यी विधेयक पारित हुन सकेको थिएन। मधेसी आयोग विधेयक भने यसअघि नै पारित भइसकेको छ। Continue reading “अन्ततः थारू आयोग विधेयक पारित”
थारु समुदायको यमोसा (पितृ औंसी) पर्व
कारी महतो/चितवन।
यसवर्ष चितवन र नवलपुरका थारु समुदायले असोज ४ गतेका दिन धुमधामपूर्वक यमोसा अर्थात पितृऔंसी पर्व मनाउँदैछन् । थारु समुदायले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउ“छन् । हरेक पर्वहरुको आफ्नै विशेषता र महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये “यमोसा” (पितृ औंसी) पर्व पनि एक हो । Continue reading “थारु समुदायको यमोसा (पितृ औंसी) पर्व”
बेल्जीयमको अफिसबाट राजीनामा दिएर बाढीपीडितलाई राहत वितरण
कारी महतो/चितवन।
१ असोज । चाडपर्व अगावै राहत वितरण गर्नका लागि आफूले काम गर्दै आएको बेल्जीयमको अफिसबाट राजिनामा दिएर बीना महतो नेपाल आइन् । यदि एक महिनापछि नेपाल आएको भए अफिसले प्लेन टिकट सहित केहि महिना विदा दिन्थ्यो । तर राहत वितरण गर्न ढिलो हुने भएकोले राजिनामा दिएर आफ्नै पैसाले प्लेन टिकट काटेर उनी नेपाल आई राहतको पर्खाइमा बसेका बाढीपीडितलाई चाडपर्व अगावै राहत वितरण गरिन् । Continue reading “बेल्जीयमको अफिसबाट राजीनामा दिएर बाढीपीडितलाई राहत वितरण”
प्रदेश नम्बर दुईमा उल्लासपूर्ण चुनाव [फोटो फिचर]
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा उल्लासपूर्ण मतदान भएको छ। प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो। Continue reading “प्रदेश नम्बर दुईमा उल्लासपूर्ण चुनाव [फोटो फिचर]”