थाकस दक्षिण कोरियाको अधिवेशन असोज २० गते हुने

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामि अक्टोबर ६ तारिख (असोज २० गते) शुक्रबारका दिन कोरियाको राजधानी सौलमा हुने भएको छ। Continue reading “थाकस दक्षिण कोरियाको अधिवेशन असोज २० गते हुने”

सन्जीत महतो राहत कोषका लागि ‘कलपाना’ फिल्म च्यारिटी हुने

कारी महतो/चितवन
आज भन्दा ९ वर्ष अगाडि फागुन २२ गते थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भई हालसम्म कष्टकर जीवन बिताईरहेका रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवार, चितवनका सन्जीत महतोलाई सहयोग गर्ने उद्देश्यले चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुने भएको छ । उक्त कुरा आज भएको पत्रकार सम्मेलन मार्फत सन्जीत महतो राहत कोषका संयोजक शरद कुमार महतो र अभियन्ताहरुले जानकारी दिएका हुन् । सौराहाको गैंडाचोकमा रहेको न्यू थारु कल्चरल हाउसमा असोज ७ गते ११ बजेदेखि उक्त च्यारिटी शो गर्ने कुरा आयोजकले बताए । अहिले धमाधम टिकट बिक्री भैरहेको र टिकट लिनेहरुले फिल्म हेर्न भन्दा पनि सन्जीतलाई सहयोगको भावनाले टिकट लिएको आयोजकले जनाए । फिल्म सुरु हुनुभन्दा अघि दर्शकका लागि केही सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएका छन् । गायन क्षेत्रमा राष्ट्रिय स्तरमै बेग्लै छवि बनाएका गायक मनोज महतो र अमित सिंह चौधरीको समेत प्रस्तुति रहनेछ । उनीहरुको सांगीतिक प्रस्तुतिपछि मात्रै फिल्म सुरु गरिनेछ । थारु भाषासंगै नेपाली भाषाका गीत गाएर दर्शकलाई मनोरञ्जन दिइनेछ । Continue reading “सन्जीत महतो राहत कोषका लागि ‘कलपाना’ फिल्म च्यारिटी हुने”

आदिवासीलाई जल, जंगल र जमिनको अधिकार दिनुपर्छ : फूलमान चौधरी

संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीले संसारभरिका आदिवासीहरु पृथ्बीका मूल आदिवासी भएको बताएका छन्। Continue reading “आदिवासीलाई जल, जंगल र जमिनको अधिकार दिनुपर्छ : फूलमान चौधरी”

रोशनको गीतमा वीर र चन्दाको आइटम डान्स (भिडियो)

थारु गायक रोशन रत्गैँयाको दोस्रो नेपाली गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र संगीतमा रत्गैँयाले शिक्षा ढुंगेलसँग ड्युट गरेका छन्। आउ नाचौं.. शीर्षकको उक्त गीतको म्युजिक भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको छ। Continue reading “रोशनको गीतमा वीर र चन्दाको आइटम डान्स (भिडियो)”

थारुको लोकप्रिय झिझिया नृत्य [भिडियो]

काठमाडौंमा आयोजित जितिया पर्वमा थारु युवतीहरुले लोकप्रिय झिझिया नृत्य देखाएका छन्। हेर्नुस् नृत्य।

तस्बिर : दिपेश श्रेष्ठ

भिडियो हेर्नुस्:

वाम नेता प्रभुनारायण चौधरीको योगदानको स्मरण, विभिन्न व्यक्तित्वलाई सम्मान

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले ८औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्‍याएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। संगीत, कला, पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान पुर्‍याएका पत्रकार मदन चौधरी, रामशुभक महतोलगायत सात जना ब्यक्तित्वलाई प्रतिष्ठानले सम्मान गरेको हो।

विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मिएका चौधरीले नेकपा संयुक्त मार्क्सवादीका संस्थापक अध्यक्ष भई जिम्मेवारी बहन गरेका थिए। विसं २०२५ मा झोरा आन्दोलनको नेतृत्व गर्दा जेल परेका चौधरी पटक–पटक गरी १७ वर्ष जेल बसेका थिए। कानुनमा स्नातक गरेका चौधरी विसं २०१५ देखि नेपाल कम्युनिस्ट पार्टीको सदस्य बने। उनी भूमिसुधार तथा व्यवस्था मन्त्री पनि भए।

८औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा आपूर्ति मन्त्री शिव कुमार मण्डलले नेपालको राजनीतिक परिवेश समय सापेक्ष चलाउन कम्युनिष्टका सशक्त योद्धाको खाँचो रहेको बताएका छन्। उनले प्रभुनारायण चौधरी उएटा निष्ठा, त्यागी र देशभक्त कम्युनिष्ट जनताका छोरा भएर देश र जनताको सेवा गरेकाले हामी सबैले उनको कार्यको खोजीनीति गर्नु जरुरी रहेको बताए।

त्यस्तै प्रभु नारायण प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले सरकारले नै प्रभुनाराण चौधरीलाई ‘घ’ वर्गको नेताको दर्जा दिएर ठूलो विभेद गरेको बताए। ‘राज्यले देशभक्त र निष्ठावान नेतालाई जानी जानी ‘घ’ वर्गमा छुट्याउछँ भने अरुले कसरी सम्झिने?,’ उनको प्रश्न थियो।

जितियामा झम्टा प्रतियोगिता, प्याराडाइज महिला समूह प्रथम

कारी महतो/चितवन।
थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा “प्रकृति र संस्कृतिलाई, बचाई राखौं संस्कृतिलाई” भन्ने मूल नारासहित सौराहामा आयोजित बाघ संरक्षणमूलक जितिया झम्टा गीत प्रतियोगितामा इको प्याराडाइज महिला समूह, मालपुर प्रथम भएको छ । प्रथम हुने महिला समूहले नगद १० हजार जितेको छ । द्वितीय हुने दोरङ्गी महिला समूहले नगद ७ हजार ५ सय पुरस्कार जितेको छ । इन्द्रेणी युवा क्लब, डेबौली तृतीय भएको छ । तृतीय पुरस्कारको राशी नगद ५ हजार ५ सय रहेको थियो । बाघमारा आमा समूह र प्रगतिशील टरौली महिला समूहले शान्त्वना स्थान हासिल गरे । Continue reading “जितियामा झम्टा प्रतियोगिता, प्याराडाइज महिला समूह प्रथम”

राजधानीबासी महिलाले मनाए जितिया पर्व [हेर्नुस् २१ तस्बिर]

राजधानीबासी थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा प्रज्ञा प्रतिष्ठानमा जितिया मनाए भने थारु साँस्कृतिक विकास मञ्चले पर्यटन बोर्डमा जितिया मनाएको छ। प्रज्ञा प्रतिष्ठानमा श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरी प्रमुख अतिथि थिए भने पर्यटन बोर्डमा कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्निन प्रमुख अतिथि थिए। Continue reading “राजधानीबासी महिलाले मनाए जितिया पर्व [हेर्नुस् २१ तस्बिर]”

सप्तरी सुरुङ्गा नगरपालिकाकी एक अब्बल उम्मेदवार

उनी एक महिलामात्र होइनन्, शिक्षाका मार्गदर्शक पनि हुन्। उनी एक आमामात्र होइनन्, समाज परिवर्तन गर्ने अठोट बोकेकी समाजसेवी पनि हुन्। परिवारका सदस्य नै राजनीतिमा होम्मिएकाले बुझ्ने उमेरदेखि नै उनी राजनीतिबारे चासो लिने गर्थिन्। टोल छिमेकमा हुने समाजिक काममा अग्रसरता लिन्थिन्। Continue reading “सप्तरी सुरुङ्गा नगरपालिकाकी एक अब्बल उम्मेदवार”

जितिया पर्व र थारु महिला [विचार]

बुद्धसेन चौधरी/सप्तरी।

नेपाल मुलूक भित्र हिमाल देखि तराईसम्म र मेची देखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायहरुका आ–आफ्नै किसिमका सँस्कृति र परम्पराहरु छन् । यस देशमा रहेका सँस्कृतिहरुलाई जति वर्णन गरे पनि कम हुन जान्छ । अनादिकाल देखि तराई र भित्री मधेशमा छरिएर बसोवास गरी आएका सँस्कृतिका धनी आदिवासी थारु समुदायको पनि आफ्mनै छुट्टै परम्परा र सँस्कृतिहरु छन् । यस जातिका अनेक चाँड पर्वहरु मध्ये जितिया पनि एक हो । यो पर्व हरेक वर्ष आश्विन कृष्ण पक्ष सतमी, अठमी र नवमी तिथि अर्थात् विजयादशमीको धटस्थापनाको दिन देखि ९(१० दिन अगाडि मनाईने परम्परा रही आएको छ । आदिकाल देखि थारु महिलाहरुले हर्षोलाश पुर्वक यो चाँड मनाई ब्रत बस्ने भए पनि पछि पछि थारु समुदायमा मिसिन आएका अन्य जातीय समुदायका महिलाहरुले पनि मनाउँदै आएकोले यसलाई सम्पूर्ण तराईबासीका साझा पर्वको रुपमा पनि लिइएको पाइन्छ। Continue reading “जितिया पर्व र थारु महिला [विचार]”