सन्दर्भ जितिया पर्व : जित्महानको कथा

प्रदीप लेखी।

प्राचीन समयमा उत्तरी भारतीय उपप्रायद्वीप सालीवाहन नामको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए। उनको राजकुमारी मसवासी नामको एउटी छोरी थिइन्। मसवासी आफ्ना बुबाजस्तै धर्मात्मा थिइन्। जब राजकुमारी तन्नेरी (जवान्) भइन् त्यसपछि राजाले उनका लागि राजकुमार खेज्न थाले। जब यो कुरा राजकुमारीले थाहा पाइन्, तुरुन्तै विवाह नगर्ने प्रस्ताव बबा समक्ष राखिन्। राजकुमारी मसवासीले भनिन्, ‘मलाई राजमहलभन्दा बाहिर कुटी बनाइदिनुस्। म त्यही कुट्टीमा बस्छु र भग्वानको जप, भजन, कीर्तन गरेर बस्छु।’ यो प्रस्ताव छोरीको मुखबाट राजाले सुन्दा सुरुमा आश्चर्यचकित भए। राजाले आफ्नी छोरीलाई धेरै सम्झाए। राजकुमारी मसवासीले हठ नछोडेपछि राजाले छोरीका लागि सबै व्यवस्था गरिदिए। त्यसपछि मसवासी आफ्नो कुटीमा बसेर सन्यासी जीवन बिताउन थालिन्। Continue reading “सन्दर्भ जितिया पर्व : जित्महानको कथा”

नवलपुरमा जितिया पर्वको रौनक सुरु

नवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबारबाट सुरु भएपनि केही दिन अगाडिबाटै जितिया पर्वको अवसर पारेर विभिन्न थारु नाच, झाम्टा नाचकाे प्रतियोगितादेखि शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ । जितीयाको अवसर पारेर कावाासेतीमा मंगलबार कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाले जितीया विशेष झाम्टा, लाठीनाच र डटकट कार्यक्रम गरेको छ । Continue reading “नवलपुरमा जितिया पर्वको रौनक सुरु”

जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता

कारी महतो/चितवन।

परिचय
जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउ“छन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ । Continue reading “जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता”

यी हुन् संयुक्त थारु राष्ट्रिय मोर्चाका कमाण्डर, यस्ता छन् राजनीतिक सबालहरु

थरुहट आन्दोलनलाई अगाडि बढाउन हालसालै संयुक्त थारु राष्ट्रिय मोर्चा गठन भएको छ। कैलालीको धनगढीमा भएको थरुहट आन्दोलनसम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलनले श्रवण थारु मोर्चाको संयोजक मानेको छ। हेर्नुस् उक्त मोर्चाको सबालहरु। Continue reading “यी हुन् संयुक्त थारु राष्ट्रिय मोर्चाका कमाण्डर, यस्ता छन् राजनीतिक सबालहरु”

विजय गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट चुनाव लड्ने

उपप्रधान तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा इटहरीलाई महानगरपालिका बनाउने र प्रदेश नं. १ को राजधानी बनाउने आफ्नो मुख्य चुनाबी एजेन्डा हुने बताएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनेछन्। Continue reading “विजय गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट चुनाव लड्ने”

सुनसरीको रामधुनीमा जितियाको उल्लास [फोटो फिचर]

सुकदेब चौधरी/डुम्राहा।
सुनसरीको रामधुनी नगरपालिका ८ र ९ डुम्राहामा जितिया पर्वको अवसर पारेर सोमबार थारु महिलाहरुले विविध कार्यक्रम गरेका छन् । हाम्रो संस्कृति हाम्रो पहिचान संस्कृति जोगाउने हाम्रो अभियान मूल नाराका साथ थारु महिला सभा डुम्राहाको संयुक्त आयोजनामा जातिया विशेष कार्यक्रममा पहिचान तथा संस्कृति सहितका विविध गतिविधि गरेका हुन् ।

तराईबासी थारु र मेधशी समूदायका महिलाहरुले मनाउने जतिया पर्वलाई लक्षित गरी पहिचान झल्काउने पहिरन, सांस्कृतिक झाकी, नाटक, जातिय गीत, नृत्य सहितका कार्यक्रम गरिएको आयोजक अनुसा चौधरीलाई जानकारी गराइन् ।

विशेष कार्यक्रममा इनरुवा नपा ८ बंकलुवा, रामधुनी नपा ८ अर्ता, सोहनम्बर, बसाहा, कालीझोरा र सोही नपा ९ का डुम्राहा, मर्चेया, छपकी, शिधपुर, रधुनाथपुर सहितका थारु महिलाहरुले जातिय पहिरन, ऐतिहासिक संस्कृति झल्काउने सरसमान सहितको झाकी, जातिय गरगहना हसली,ठोका, नथिया, बुलाकी लगायतको पहिरनमा महिलाहरु सहभागी भएका थिए ।

हरेक वर्षको अश्विन कृष्ण पक्षको अष्टमी तिथिमा मनाउने यो पर्व यस वर्ष भदौं २८ गते परे पनि पर्वको अवसर पारेर सम्पूर्ण थारु महिलाहरुले संयुक्त रुपमा कार्यक्रम गरी सुख दुःख साटासाथ गर्दै पहिचान झल्काउने विभिन्न कार्यक्रम गरी मनाइएको छ । जितिया पर्वमा श्रीमान, छोराछोरी र घरपरिवार सुख शान्तिका लागि निराहार वर्त लिने गरेको स्थानीय कविता चौधरीले बताइन ।

सभाले आयोजना गरेको विशेष कार्यक्रममा रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने सभाका ८ र ९ का अध्यक्ष सुशीला चौधरी र सुस्मा चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच जितिया पर्वको अवसरमा सार्वजनिक विदाको माग गरेका छन् । थारु र मधेशी समुदायका बहुसंख्यक महिलाहरुले मनाउने महान पर्वमा सार्वजनिक विदा नदिदा आफूहरुलाई विभेद गरेको उनीहरुको गुनासो छ ।

यस वर्षको जितिया पर्वमा त्रिभुवन विश्वविद्यालय तथा आङ्गिक क्याम्पसहरुमा स्नातक तहको प्रथम वर्षको परीक्षा पर्ने भएपछि यस वर्षको पर्वमा डान्समा भाग लिन नपाउनुका साथै घरको कामकाजमा समेत सघाउन नसक्ने रामधुनी नपा ९ मर्चेया घर भई इटहरी स्थित जनता बहुमुखी क्याम्समा अध्ययनरत प्रमिला चौधरीले गुनासो गरिन । उनका अनुसार आफू संगै अध्ययनरत डुम्राहा छपकीकी काजल चौधरी, नागेश्वरी चौधरीले समेत पहिलेको वर्षजस्तो मनाउन नपाउने जानकारी गराए।

आफ्नो धर्म संस्कृति र पहिचान सहितको जितिया पर्वमा सरकारले पनि सार्वजनिक विदा दिनु पर्ने स्थानीय थारु अगुवाहरुको माग छ ।

एनआरएन साइप्रसको कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएन) साइप्रसको अध्यक्षमा सुभाष मल्ल पुन: निर्वाचित भएका छन्। राजधानी निकोसियामा आइतबार सम्पन्न सातौं अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भए। Continue reading “एनआरएन साइप्रसको कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित”

काठमाडौंका थारु महिलाहरुले जितिया पर्व मनाउँदै

थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउने भएका छन् । थारु महिलाहरुको महान् चाड जितिया बुधबार साँस्कृतिक कार्यक्रमका बीच प्रज्ञा प्रष्ठिानको हलमा मनाइने महिला समाजका अध्यक्ष गीता चौधरीले जानकारी दिइन् । Continue reading “काठमाडौंका थारु महिलाहरुले जितिया पर्व मनाउँदै”

थारु समुदायको विकासमा खट्ने बर्दियाली मन्त्रीको प्रतबद्धता

बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा ऐक्यबद्धता व्यक्त गरेका छन् । बर्दियाली एकता समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले स्रोतसाधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। Continue reading “थारु समुदायको विकासमा खट्ने बर्दियाली मन्त्रीको प्रतबद्धता”