बाटो काट्नेबेला मिनिबसले ठक्क दिँदा किजी चौधरीको मृत्यु

मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ। वाणगंगा-१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो। Continue reading “बाटो काट्नेबेला मिनिबसले ठक्क दिँदा किजी चौधरीको मृत्यु”

मधेसमा संविधान स्वीकार्नेको संख्या बढ्यो : गच्छदार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरु निर्वाचनमा सहभागी भएपछि मधेसमा संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक दलले चाहेमा आवश्यकताअनुरुप संविधानमा संशोधन हुनसक्ने स्पष्ट पारे। Continue reading “मधेसमा संविधान स्वीकार्नेको संख्या बढ्यो : गच्छदार”

आइसीसी सदस्यका लागि नेत्र नारायण थनेतको उम्मेदवारी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद युएईको आगामी २०१७-१९ कार्यकालका लागि नेत्र नारायण थनेतले सदस्यमा उम्मेदवारी दिएका छन्। नवलपरासी निवासी थनेत गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष हुन्। थनेतसहित आइसीसी सदस्यका लागि ३ जनाको उम्मेदवारी परेको छ, जसमा ठाकुर प्रसाद ढुंगाना र चित्र बहादुर केसी छन्। Continue reading “आइसीसी सदस्यका लागि नेत्र नारायण थनेतको उम्मेदवारी”

थारु हक अधिकार र सांस्कृतिक पक्ष उजागर गर्न थारु पत्रकारलाई आग्रह

थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक हुन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् । दशैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु पत्रकार संघ, नेपालको आयोजनामा शनिबार यहाँ आयोजित शुभकामना कार्यक्रममा अगुवाहरुले त्यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा थारु अगुवाहरुले सो पर्वको अवसरमा शुभकामना साटासाट गर्नुका साथै थारु हक अधिकार तथा थारुको राजनीतिक, सामाजिक, सांस्कृतिक पक्षको उजागर गर्न विशेष खोजपूर्ण समाचार पस्कन आग्रह गरे। Continue reading “थारु हक अधिकार र सांस्कृतिक पक्ष उजागर गर्न थारु पत्रकारलाई आग्रह”

थारु आयोगसम्बन्धी विधेयक किन पास हुन सकेन? यस्तो छ कारण

राजेन्द्र फुयाल/कान्तिपुर दैनिक
‘सांसदहरू कोही अर्को चुनावको टिकटमा, कोही जिल्लामा, कोही भूपू भएर पनि सुविधा पाउनुपर्छ भन्ने लबिइङमा, कोहीचाहिँ साँच्चिकै जनताको काममा ।’ संसदमा कोरम नपुग्नुको रहस्यबारे एमाले सांसद विशाल भट्टराईले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन् । Continue reading “थारु आयोगसम्बन्धी विधेयक किन पास हुन सकेन? यस्तो छ कारण”

उपप्रधानमन्त्री गच्छदारलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँग आचारसंहिता उल्लंघन गरेकाले किन कारबाही नगर्ने भन्दै २४ घण्टाभित्रमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। Continue reading “उपप्रधानमन्त्री गच्छदारलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण”

थारु महिलाको पर्व जितियामा सार्वजनिक विदाको माग

कारी महतो/चितवन।
यसवर्षको जितिया पर्व भदौ २८ गतेका दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाहरुले आफूहरु विभेदमा परेको महशुस गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक छ । महिलाहरु गाउँको एक ठाउँमा जम्मा भई झमटा नृत्य गर्ने र अरु साँस्कृतिक नाचहरुको तयारी गर्ने गरिएको देखिन्छ । हरेक वर्ष आश्विन कृष्णपक्षको अष्टमी तिथिमा मनाउने जितिया पर्व यसवर्ष भने भदौ २८ गते परेको छ । Continue reading “थारु महिलाको पर्व जितियामा सार्वजनिक विदाको माग”

कैलालीमा फेरि थरुहट आन्दोलनको उद्‍घोष

धनगढी- कैलालीको धनगढीमा भएको थरुहट आन्दोलनसम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलनले विगतमा भएको सम्झौता कार्यान्वयन गराउनका लागि आन्दोलनमा जाने निर्णय गरेको छ। ११ सुत्रीय अधिकारपत्र घोषणा गर्दै आइतबार सम्पन्न सम्मेलनले अधिकार प्राप्तीको माग पूरा गराउन आन्दोलनको आवश्यकता रहेको ठहर गरेको हो। Continue reading “कैलालीमा फेरि थरुहट आन्दोलनको उद्‍घोष”

राजपा घोषणापत्र : एमाले मधेस विरोधी, दुई फोरम स्वार्थी

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको निर्वाचनका बेला पनि सांकेतिक विरोध नै जारी रहने उल्लेख गरिएको छ । त्यस्तै अन्य पार्टीहरुप्रति राजपाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस संघीयताविरोधी भएको टिप्पणी गरेको छ । Continue reading “राजपा घोषणापत्र : एमाले मधेस विरोधी, दुई फोरम स्वार्थी”

परदेशमा थारु पार्व : कतारका थारु महिलाहरु जितिया मनाउँदै

कारी महतो।
शान्ति चौधरी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ की स्थायी बासिन्दा हुन् । तर उनी विगत ९ वर्षदेखि परिवारसहित कतारको दोहामा रहदै आएकी छन् । यसरी विदेशी भूमिमा वर्षौसम्म रहँदा नयाँ पिढीले आफ्नो समुदायको मौलिक संस्कृति बिर्सिदै जानसक्ने कुरामा उनी सधैं चिन्तित हुन्छिन् । Continue reading “परदेशमा थारु पार्व : कतारका थारु महिलाहरु जितिया मनाउँदै”