नेपाल आइडल विवाद : शुक्रवारसम्म भोट नगन्न अदालतको आदेश

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध दायर रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको छ। ‘भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्मा नेपालले बताए। २३ गते दुवै पक्षलाई बोलाएर बहस हुनेछ। Continue reading “नेपाल आइडल विवाद : शुक्रवारसम्म भोट नगन्न अदालतको आदेश”

उम्मेदवार छनौटमा थारु नपरेपछि लेखीले भने, ‘राजपामा परिवारवाद हाबी भयो’

स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको बिषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद चुलिएको छ। उम्मेदवार छनौटमा थारु, आदिवासी, जनजाती लगायतलाई उपेक्षा गरिएको भन्दै महासचिव राजकुमार लेखीले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन्। Continue reading “उम्मेदवार छनौटमा थारु नपरेपछि लेखीले भने, ‘राजपामा परिवारवाद हाबी भयो’”

दुई नम्बर प्रदेशको एक सय ३६ स्थानीय तहमा आज उम्मेदवारी दर्ता

थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुन लागेको चुनावबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । Continue reading “दुई नम्बर प्रदेशको एक सय ३६ स्थानीय तहमा आज उम्मेदवारी दर्ता”

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति, थारु ब्यक्तित्वहरुलाई सम्मान

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्। Continue reading “सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति, थारु ब्यक्तित्वहरुलाई सम्मान”

रुक्मिणी चौधरीको ‘चितवन-सिंहदरबार’ यात्रा

राजु स्याङ्तान/अन्नपूर्ण टुडे।
क्रिकेटको शतक भुलाउने राजनीतिक दल, संसद्मा मात्रै २५ दल । संसद्बाहिर कति हो कति । ती सबै दलका अध्यक्ष पुरुष । घुम्ने कुर्सीमा पुस्तौंदेखि उनीहरू नै गजधम्म । तर, त्यसदिन सामुन्नेमा थिइन् कुर्ता सुरुवालमा सजिएकी एक थारू महिला । जो संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये एक्लो महिला अध्यक्ष हुन् । बिदाको दिन पनि कार्यालयमा थिइन्, उनी । पार्टीका नेताहरूसँग योजना बनाउँदै थिइन् । ३९ वर्षीया रुक्मिणी चौधरीले राजनीतिक जीवनका बांगाटिंगा बाटोसँगै बाल्यकालका केही स्मृति सुनाइन् । Continue reading “रुक्मिणी चौधरीको ‘चितवन-सिंहदरबार’ यात्रा”

बौद्धिक बहसको अभाव [विश्लेषण]

अजित चौधरी।
सबै देशको इतिहासले आ-आफ्नो पौराणिक र ऐतिहासिक महत्त्व बोकेको हुन्छ । संसारका अन्य रोचकमय इतिहास बोकेका देशजस्तै नेपालको पनि आफ्नै गरिमामय र दम्भित इतिहास छ । नेपाल आफ्नो सीमा रक्षाका लागि उत्तरी भोट चीन र दक्षिणी इष्ट इन्डिया कम्पनीसराग पनि पटकपटक लडाइँमा होमियो । दुई ठूला राष्ट्रको नजरमा अत्यन्तै मोहित देखिएको नेपाल आखिर वीर-पूर्णताका साथ जोगिन सफल भयो। नेपाल त्यही देश हो जुन देशलाई एक दिन चीनजस्तो शक्तिशाली राष्ट्रले पनि कुत बुझाउने गर्थ्यो। Continue reading “बौद्धिक बहसको अभाव [विश्लेषण]”

प्रतिनिधि सभा र प्रदेश सभामा ६.६ प्रतिशत थारु हुनैपर्ने

विसं २०६८ सालको जनगणनाअनुसार नेपालको कूल जनसंख्याको ६.६ प्रतिशत थारु समुदाय छन्। यो संख्या देशकै बाह्रमण, क्षेत्री, मगरपछि चौथो ठूलो जनसंख्या भएको जाति पनि हो। अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दलहरुले थारु समुदायबाट ६.६ प्रतिशत उम्मेदवार निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ। Continue reading “प्रतिनिधि सभा र प्रदेश सभामा ६.६ प्रतिशत थारु हुनैपर्ने”

थारु पत्रकार संघ बाँके शाखाको दोस्रो साधारणसभा सम्पन्न

थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार यहाँ सम्पन्न भएको छ। साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफलभ एको थियो। संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोस्रो वार्षिक साधारणसभामा सचिव भगतराम थारुले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेस गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमको खाँचो रहेको बताए। थारु पत्रकारलाई पेसामा टिकाइरहन उनीहरुलाई हौसलाको खाँचो रहेको बताउँदै संस्कृति पहिचान बचाउन पनि थारु पत्रकारको भूमिका अहम रहेको बताए।

थारु पत्रकारहरुलाई शसक्त बनाउन थारु समुदायले हौसला प्रदान गर्न आवश्यक रहेको बताउँदै कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले त्यसका लागि आफूले सक्दो सहयोग गर्ने बताइन्। थारु पत्रकार संघले छोटो समयमै थारु समुदायको लागि आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लागि ठूलो योगदान गरेको उपप्रमुख चौधरीले चर्चा गरिन्।

थारु पत्रकारले थारु समुदायको मौलिक झल्कने जस्ता सह्रानिय कार्य गर्दै आएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले बताए। थारु समुदाय विगतभन्दा अहिले धेरै अगाडि बढिसकेको कुरामा उनले जोड दिए।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले थारु पत्रकारलाई टिकाउन र विकाउन थारु पत्रकार संघको ठूलो भूमिका रहने बताए। बाँकेमा थारु पत्रकार संघले थारु समुदायको विषयबस्तुलाई बचाई राख्न निरन्तर कलम चलाउनुपर्ने उनको भनाई थियो।

संघका बाँके अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार, विश्वराज पछल्डङग्या, कृष्ण चौधरी, सोम डेमनडौरा, प्रेस चौतारी नेपाल बाँके शाखाका सचिव कमल डाँगी, प्रेस क्लव अफ नेपालका जिल्ला अध्यक्ष सावित्रि गिरी, कृषी पत्रकार समुह बाँकेका अध्यक्ष खगेन्द्र दाहाल, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, थारु कल्याणकारी सभाका जिल्ला सभापति गणेश चौधरी, थारु अधिकारकर्मी चन्द्रबहादुर चौधरी, डव्लुडव्लुजे बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेललगायतले बोलेका थिए।

आयुर्वेद चिकित्सक संघको महासचिवमा डा. मनोजकुमार चौधरी निर्वाचित

नेपाल आयुर्वेद चिकित्सक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको नवौँ राष्ट्रिय सम्मेलनले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। Continue reading “आयुर्वेद चिकित्सक संघको महासचिवमा डा. मनोजकुमार चौधरी निर्वाचित”

राजेश पायल राई र माण्डबी त्रिपाठीको सुपरहिट थारु गीत सार्वजनिक

थारु फिल्म पिया निरमोहियाको हिट गीत युट्युबमा सार्वजनिक भएको छ। जिएस फिल्मसले उक्त गीत सार्वजनिक गरेको हो। राजेश पायल राई र माण्डबी त्रिपाठीको सुमधुर स्वर रहेको उक्त गीत निकै लोकप्रिय छ। हेर्नुस् नयाँ जमानामे देख जिन्सके कमाल।