कमल चौधरी/बुटवल।
समाज परिवर्तनशिल छ । हिजोको समाज आज विलकुल फरक छ । त्यसैले होला थारु समाज शिक्षा र संचारको विकास संगै विस्तारै परिवर्तनका दिशामा अगाडी बढेको पाइन्छ। जसको असर थारु समुदायको विवाह संस्कार र पद्धातिमा पनि विस्तरै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परिवर्तन आउनु स्वभाविक हो । Continue reading “थारू समुदायमा बढ्दैछ अन्तरजातीय विवाह”
Author: admin
नेतृत्व अभ्यासमा पूर्वकम्लरी
ठाकुरसिंह थारु/कान्तिपुर दैनिक
गाउँमा गठन हुने समूहमा बस्न पूर्वकम्लरीडराउँथे । कुनै समूहको पदाधिकारीमा प्रस्ताव गरे छलफल छोडेर हिंड्थे । त्यसो त सार्वजनिक कार्यक्रममा आफ्नो नाम पनि भन्न उनीहरुको पसिना छुट्थ्यो । लामो समयसम्म मालिकको घरमा कमलरी बस्दा उनीहरुभित्र रहेको क्षमता दब्यो । मालिकको घरमा काम गर्नुबाहेक उनीहरुलाई बोल्न, छलफल जान स्वतन्त्रता थिएन । Continue reading “नेतृत्व अभ्यासमा पूर्वकम्लरी”
संशोधन विधेयक फेल एमालेका कारण भयो, त्यो कुरा उत्पीडनमा परेका जनताले बुझ्नुपर्छ : मोदी
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संविधान संशोधन फेल कसका कारण भयो भन्ने नेपाली जनताले राम्रोसँग बुझेको बताएका छन्। आज रेडियो नागरिकसँग कुराकानी गर्दै उनले एमालेले नै विपक्षमा भोट गरेका कारण संशोधन विधेयक फेल भएको प्रष्ट पारे। दुई नम्बर प्रदेशको चुनावमा नेपाली जनताले यो कुरा राम्रोसँग बुझ्नपर्ने उनले बताए। ‘उत्पीडन थारु, मधेसी, मुस्लिमहरुको अधिकार खोस्ने काम कसले गर्यो? संविधान संशोधन विधेयक फेला गराउने काम कसले गर्यो नेपाली जनताले यो कुरा राम्रोसँग बुझ्नपर्छ,’ उनले भने। Continue reading “संशोधन विधेयक फेल एमालेका कारण भयो, त्यो कुरा उत्पीडनमा परेका जनताले बुझ्नुपर्छ : मोदी”
२२औं स्थापना दिवसमा विद्यार्थी समाजद्वारा विद्यार्थीलाई सम्मान [फोटो फिचर]
थारु विद्यार्थी समाजले २२औं स्थापना दिवस मनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो। स्थापना दिवसकै अवसर पारेर समाजले एसइइमा उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेको छ। युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र पर्यटन तथा उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीले संयुक्तरुपमा विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए। Continue reading “२२औं स्थापना दिवसमा विद्यार्थी समाजद्वारा विद्यार्थीलाई सम्मान [फोटो फिचर]”
थाकस दक्षिण कोरिया र कतारबाट बाढी पीडितलाई राहत संकलन
कारी महतो/चितवन
थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र कतार शाखाले बाढीपीडितका लागि राहत संकलन गरेका छन् । थाकस दक्षिण कोरियाले १ लाख ५ हजार ५ रुपैयाँ र थाकस कतार च्याप्टरले ५५ हजार रुपैयाँ संकलन गरेका छन् । Continue reading “थाकस दक्षिण कोरिया र कतारबाट बाढी पीडितलाई राहत संकलन”
थारु महिला उत्थान केन्द्रकी प्रिज्मा सिंह थारु एनपिस अवार्डमा छनौट
एनपिस अवार्डमा यसवर्ष पनि थारु समुदायबाट एक जना महिला अन्तिम छनौटमा परेकी छन्। अन्य ८ जना नेपालीसहित बर्दियाकी प्रिज्मा सिंह थारु अन्तिम छनौटमा परेकी हुन्। उनी थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक हुन्। Continue reading “थारु महिला उत्थान केन्द्रकी प्रिज्मा सिंह थारु एनपिस अवार्डमा छनौट”
मन्त्री दहितद्वारा बर्दियाका कमलरीलाई परिचय पत्र वितरण
दाङबाट सुरु भएको मुक्त कमलरी परिचय पत्र वितरण कार्यक्रम बर्दिया पुगेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले शुक्रबार बर्दियाको गुलरियास्थित जिल्ला विकास समितिको भवनमा २९ जना मुक्त कमलरीलाई परिचय पत्र वितरण गरेका छन्। Continue reading “मन्त्री दहितद्वारा बर्दियाका कमलरीलाई परिचय पत्र वितरण”
बाराका कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश
नागेन्द्र चौधरी/बारा।
दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन नजिकिदै जादा नेकपा एमाले पार्टीले सिकार गर्दै अगाडि बढिरहेका छन् । प्रदेश नम्बर २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने दाबाका साथ घरदैलो तथा पार्टी प्रवेश गराउदै अगाडि बढिरहेका छन्। Continue reading “बाराका कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश”
कक्षा १२ को परीक्षाफल सार्बजनिक, यसरी हेर्नुस् नतिजा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् । Continue reading “कक्षा १२ को परीक्षाफल सार्बजनिक, यसरी हेर्नुस् नतिजा”
प्रतिनिधिसभामा चितवनबाहेक तराईका जिल्लामा ६९ वटा निर्वाचन क्षेत्र
सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ। Continue reading “प्रतिनिधिसभामा चितवनबाहेक तराईका जिल्लामा ६९ वटा निर्वाचन क्षेत्र”