व्यवस्थापिका संसदको विधायन समितिकी सभापति गंगा चौधरी सत्गौंवाले हालै केही सांसद र पत्रकारहरुको भेलामा प्रश्न गरिन्- मैले फुपूको छोरासँग बिहे गर्न पाउने कि नपाउने? कानुनविद समेत रहेका माओवादी सांसद रामनारायण विडारीले हाडनाताभित्र विहे गर्ने प्रथालाई विकृतिको संज्ञा दिएपछि गंगा चौधरी प्रतिवादमा उत्रिइन्। Continue reading “गंगा चौधरीले जब प्रश्न गरिन्- ‘म विधवा भएँ भने अर्को पुरुष घरमा ल्याउन नपाउने?’”
Author: admin
बेपत्ता पारिएकाहरु कहिलेसम्म बेपत्ता हुने ? [विचार]
उन्नती चौधरी।
बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्ष ३० अगस्टका दिन अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउने गरिएको छ। यो दिवस मनाउने सुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्था Associations for Relatives of Detained-Disappeared -Federación Latinoamericana de Asociaciones de Familiares de Detenidos-Desaparecidos, or FEDEFAM को पहलबाट भएको हो। नेपालमा पनि हरेक वर्ष सो दिवस मनाउने गरेका छन्। Continue reading “बेपत्ता पारिएकाहरु कहिलेसम्म बेपत्ता हुने ? [विचार]”
दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने
थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रीय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ । Continue reading “दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने”
बाबुरामको नयाँ शक्ति संसदमा दर्ता, गंगा चौधरी संसदीय दलका नेता
बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता भएको छ । थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि नयाँ शक्ति संसदमा विधिवत् रूपमा प्रवेश गरेको हो। Continue reading “बाबुरामको नयाँ शक्ति संसदमा दर्ता, गंगा चौधरी संसदीय दलका नेता”
मन्त्री दहितले भने, ‘मुक्त कमैयाको पुनःस्थापना प्राथमिकतामा राखेको छु’
काठमाडौं- भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पुनःस्थापना हुन बाँकी सबै मुक्त कमैयाको यसै आर्थिक वर्षभित्र उचित व्यवस्थापन गरिसक्ने बताएका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घलगायत सङ्घसंस्थाले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री दहितले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीको मुक्ति अभियानमा आफू साथ रहेको विश्वास दिलाए। Continue reading “मन्त्री दहितले भने, ‘मुक्त कमैयाको पुनःस्थापना प्राथमिकतामा राखेको छु’”
अग्रासनको पीडा [विचार]
इन्दु थारु।
आज अग्रासनको दिन । छिमेककीको घरमा रौनकता छाएको छ । यता आफ्नो भने मन रोएको छ । कसैको घरमा आइपुगेका छन् दाजुभाइ छिटवाभरी अग्रासन लिएर । केटाकेटीहरु फुलौरी, अन्दीको रोटी खादै अनि हातमा लिएर कुदिरहेका छन् । कोही भने आधा बाटो पुगिसकेको आफ्नो अग्रासन बहुत ब्यग्रताका साथ कुरिरहेका छन् । मेरो विवशता, म कसको बाटो कुरेर बसुँ ? अग्रासनकै लागि भए पनि मेरी आमाले एउटा छोरो किन जन्माइदिनु भएन ? आमाले छोरो नजन्माइदिनुभएको पीडा आज अग्रासनको दिन बेस्सरी उम्लेर आयो । Continue reading “अग्रासनको पीडा [विचार]”
थाकस केन्द्रद्वारा सन्जीतलाई सहयोग गर्ने औपचारिक निर्णय
कारी महतो/चितवन
१२ भदौ, थरुहट आन्दोलन २०६५ का घाइते सन्जीत महतोलाई थारु कल्याणकारिणी सभा (थाकस) ले सहयोग गर्ने भएको छ। थाकस केन्द्रीय सचिवालय समितिको गत शनिबार भएको बैठकले उक्त निर्णय गरेको कुरा केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले बताए। Continue reading “थाकस केन्द्रद्वारा सन्जीतलाई सहयोग गर्ने औपचारिक निर्णय”
थारु पत्रकार संघ बाराकी अध्यक्ष रेनु चौधरीलाई स्व. उमा सिंह पत्रकारिता पुरस्कार
थारु पत्रकार संघ नेपाल बारा शाखाकी अध्यक्ष रेनु चौधरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’बाट सम्मानित हुने भएकी छन्। नेपालका पत्रकार महिलाहरुको छाता संगठन सञ्चारिका समूहले २१औं साधारणसभाको अवसरमा पुरस्कार प्रदान गर्ने जनाएको छ। चौधरी बाराको कलैयास्थित संस्कार एफएममा समाचारवाचिका तथा कार्यक्रम उत्पादनको रुपमा कार्यरत छिन्। पुरस्कारको राशि सात हजार एक सय एघार रुपैयाँको रहेको छ। Continue reading “थारु पत्रकार संघ बाराकी अध्यक्ष रेनु चौधरीलाई स्व. उमा सिंह पत्रकारिता पुरस्कार”
फाइनलमा ब्रिजेश चौधरीको शानदार गोल, नेपाल विजेता बन्न असफल
नेपाललाई हराउँदै भारत साफ यु–१५ को उपाधि जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो। Continue reading “फाइनलमा ब्रिजेश चौधरीको शानदार गोल, नेपाल विजेता बन्न असफल”
पूर्वीया थारुहरुको रैब पर्व
सुनिल चौधरी/सुनसरी
खेतिपाती रोपाई सकिएपछि बालिनाली सप्रिने तथा उब्जा बढी हुने धार्मिक मान्यता राख्दै भदौ महिनामा आइतबारका दिन पूर्वीया थारुहरुले रैब पर्व मनाउँदै आएका छन्। बाल बच्चाको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै प्रकृतिलाई र कूल देवतालाई पूजा गर्दै थारुहरुले पर्व मनाउँछन्। आइतबारलाई थारु भाषामा रैबदिन भन्ने गरेकाले यसलाई रैव पर्व भनिएको अग्रजहरु बताउँछन्। Continue reading “पूर्वीया थारुहरुको रैब पर्व”