थारू साहित्यिक रचना पठाउन आह्वान

२०४६ सालदेखि काठमाडौंबाट प्रकाशन भइरहेको थारू भाषाको बार्षिक पत्रिका विहानले थारू साहित्यिक तथा अनुसन्न्धानमूलक रचना पठाउन आह्वान गरेको छ। प्रत्येक वर्ष दशैंको अवसरमा विहान प्रकाशित हुन्छ। Continue reading “थारू साहित्यिक रचना पठाउन आह्वान”

अन्डी धान नभेटिँदा ‘अट्‍वारी’को चिन्ता

लखन चौधरी/धनगढी।

पश्चिम नेपालको थारु समुदायमा अट्वारी पर्व नजिकीए संगै यतिबेला अन्डी धानको खोजीकार्य भैरहेको छ । पछिल्लो समय धान खेतीमा बढ्दो व्यवसायकरण संगै रैथाने प्रजातिको अन्डी धान लोप हुने क्रममा पुगेको छ । जुनकारण, अट्वारी पर्वमा नभई नहुने अण्डी धानको खोजीकार्य भैरहेको हो । Continue reading “अन्डी धान नभेटिँदा ‘अट्‍वारी’को चिन्ता”

अगुवाहरुले भने, ‘थारु पर्वलाई राज्यले उपेक्षा गर्‍यो’

सवि थारु/तुलसीपुर।

अट्वारी पर्वलाई राज्यले उपेक्षा गरेको थारु अगुवाहरुले गुनासो गरेका छन्। शनिबार तुलसीपुर ५, जबरपुरस्थित नमूना भूह्यार थानमा थारु पत्रकार संघ, ख्याल बगाल, नमूना भुह्यार थानको संयुक्त आयोजनामा अट्वारीको शुभकामना आदानप्रादन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन्। Continue reading “अगुवाहरुले भने, ‘थारु पर्वलाई राज्यले उपेक्षा गर्‍यो’”

हरेराम बचाउ अभियानमा १० लाख संकलन, पोर्चुगलबाट दुई लाख सहयोग

सन्तकुमार चौधरी/चितवन।

दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचाररत्त हरेराम महतोको स्वास्थ्य उपचारका लागि पोर्चुगलमा बस्ने नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १ का मित्रमणि कंडेल र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले संकलन गरेकाो २ लाख रुपैयाँ शनिबार एक कार्यक्रमकाबीच हरेराम महतोका आमा शनिचरी महतोलाई हस्तान्तरण गरेका छन्। Continue reading “हरेराम बचाउ अभियानमा १० लाख संकलन, पोर्चुगलबाट दुई लाख सहयोग”

थारु समुदायमा ‘चौठी चान पर्व’

अशोक फत्तेपुरिया
थारुहरुले भाद्र चतुर्थी तिथिका दिन मनाइने पर्वलाई चौठी चान भनिन्छ। थारुहरुको परम्परागत, धार्मिक र सांस्कृतिकपर्व मध्येको चौठी चान पनि एक हो। लोक धारणाअनुसार आजको दिन उदाउने चन्द्रमामा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरे चोर दोष लाग्छ। हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत छ। थारु समाजका धेरैजसो परिवारमा यो व्रत कौबला/भाकल को रुपमा गरिएको हुन्छ। घाउ खटिरा, बिरामी नपरोस् तथा परिवार स्वस्थ्य रहोस् भन्नका लागि चौठी चानको भाखल गर्ने चलन छ। यस्तो भाकल पाँच-दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्छ। Continue reading “थारु समुदायमा ‘चौठी चान पर्व’”

टीकापुर घटनाको दुई वर्ष : शोक र सन्तापमा टीकापुरवासी

कृष्णराज सर्वहारी/काठमाडौं।

मलाई तिमी’नि उस्तै लाग्छ तिम्रो बानी देखेर,
खै ! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर,
सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनु–
अचेल म कसरी बाँचेको छु त्यही खरानी हेरेर ।
© Continue reading “टीकापुर घटनाको दुई वर्ष : शोक र सन्तापमा टीकापुरवासी”

भीम र अट्‍वारी महिमा [थारु पर्व]

दिल बहादुर चौधरी।
नेपालको तराईका मूल बासिन्दा आदिबासी थारुहरु बिशेषतः कृष्णाष्टमी ब्रत र अट्‍वारी ब्रत बस्छन् । जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् । तर यसको त्यत्ति ब्यापकता छैन । कृष्णाष्टमी ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन् एकिन भन्न गार्हो छ । तर कृष्ण जन्म अष्टमीमा बिशेषतः कृष्णको पुजा आराधना र अट्‍वारीमा ५ भाई पाण्डवमध्ये भीमको पुजा आराधना गर्दछन्, ब्रत बस्दछन् भन्ने कुरामा दुईमत छैन । Continue reading “भीम र अट्‍वारी महिमा [थारु पर्व]”

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, ब्रिजेश चौधरीको एक गोल

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो। नेपालको जितमा आकास बुढामगरले २, ब्रिजेश चौधरीले १ र बंगलादेशले १ आत्मघाती गोल गरेको थियो। ७३ औं मिनेटमा २ गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। नेपालले आइतबार फाइनलमा भारतको सामना गर्ने छ। आजनै हलचोकमा भएको अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ। Continue reading “बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, ब्रिजेश चौधरीको एक गोल”

जिसस बर्दियाको सभापतिमा शंकर चौधरी विजयी

जिल्ला समन्वय समितिको सभापतिमा माओवादी केन्द्रका शंकर चौधरी र उपसभापतिमा एमालेका मान वहादुर विष्ट विजयी भएका छन्। सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी, कल्पना चौधरी, भक्तिराम अधिकारी र सूर्यबहादुर सुनार निवाचित भएका छन्। Continue reading “जिसस बर्दियाको सभापतिमा शंकर चौधरी विजयी”

थारु समुदायको अट्‍वारी पर्व र पूजा विधि

सोम डेमनडौरा।
‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा नै पबित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरि आफ्ना बिबाहित दिदी बहिनीहरुका लागि अग्रासन तत्पश्चात सबै परिकार खाँदै मनाइने पर्बलाई अट्वारी भनिन्छ ।’ थारु संस्कृतिको संक्षिप्त परिचय, गोपाल दहित। Continue reading “थारु समुदायको अट्‍वारी पर्व र पूजा विधि”