शुक्रबारदेखिको अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो संख्या आइतबार दिउँसोसम्मको हो। बाढीमा परी ३६ बेपत्ता भएको १७ जना घाइते भएको केन्द्रले जनाएको छ। Continue reading “बाढीबाट मर्नेको संख्या ४९ पुग्यो, ३६ जना बेपत्ता”
Author: admin
बाढीले डुब्यो रौतहट, गर्भवती महिलासहित एकै परिवारका छ जनाको मृत्यु
चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ । बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका डुबानमा परेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । लालबकैया, बागमती, झाँझ, चाँदी, भकुवा, अरुवालगायतका स्थानीय खोलामा बाढी आउँदा जिल्लाको दुई हजारभन्दा बढी कच्ची घर, गोठ भत्किएर हजारौँ मानिस प्रभावित भएको प्रहरीले जनाएको छ । Continue reading “बाढीले डुब्यो रौतहट, गर्भवती महिलासहित एकै परिवारका छ जनाको मृत्यु”
नेपाल टेलिकमको एसएमएस सेवा नि:शुल्क
नेपाल टेलिकमले आइतबारदेखि एसएमएस सेवा निःशुल्क उपलब्ध गराएको छ। केही दिनदेखिको वर्षाले उत्पन्न असहज परिस्थितिमा राहत तथा उद्धारको कार्यलाई सघाउ पुगोस् भनेर उक्त सेवा नि:शुल्क दिएको सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। Continue reading “नेपाल टेलिकमको एसएमएस सेवा नि:शुल्क”
बबईको बाढीले बर्दिया डुबानमा, साहुनी थारु र राजेन्द्र थारुको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर र राजेन्द्रको नदीबाट दाउरा निकाल्ने क्रममा मृत्यु भएको हो । Continue reading “बबईको बाढीले बर्दिया डुबानमा, साहुनी थारु र राजेन्द्र थारुको मृत्यु”
राजधानीबासी थारुले सोमबार अष्टिम्की मनाउँदै
राजधानीबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। चम्पन साँस्कृतिक समूहको आयोजनामा कीर्तिपुरस्थित टियुको हलमा अष्टिम्की मनाउने भएका हुन्। भाषा, कला संस्कृतिको विकास संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले पर्व मनाउन लागेको समूहका अध्यक्ष नन्दुराज चौधरीले जानकारी दिए। Continue reading “राजधानीबासी थारुले सोमबार अष्टिम्की मनाउँदै”
रत्ननगरको बन्सी टोलमा कयर खोला पस्यो, ४० घर डुबानमा
पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोक स्थित बन्सी टोलमा कयर खोला पसेको छ । साँझ ७ बजेपछि पसेको खोलाका कारण स्थानीय करिव ४० घर डुबानमा परेका छन् । Continue reading “रत्ननगरको बन्सी टोलमा कयर खोला पस्यो, ४० घर डुबानमा”
तराईमा बाढीको कहर, मर्नेको संख्या ३० पुग्यो
शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन-तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी ३० जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । Continue reading “तराईमा बाढीको कहर, मर्नेको संख्या ३० पुग्यो”
कमिलाल थारुको घरमा कहर, बाढीले घर भत्किँदा तीन छोरीको मृत्यु
अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । बाढीले कमिलाल थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो । Continue reading “कमिलाल थारुको घरमा कहर, बाढीले घर भत्किँदा तीन छोरीको मृत्यु”
‘मुद्दा स्थापित गर्न थारु पत्रकारको भूमिका महत्वपूर्ण’
थारु पत्रकार संघ बाँकेले नेपालगन्जमा भिनसरिया तथा थारु जनप्रतिनिधिलाई बधाई कार्यक्रम गरेको छ। तिजको अवसरमा दर खाने कार्यक्रम गरेजस्तै थारु समुदायले धुमधाम र फरक तरिकाले मनाउने कृष्ण जन्माष्टमी र अट्वारी पर्वको अवसरमा संघले भिनसरिया कार्यक्रमको आयोजना गरेको हो। Continue reading “‘मुद्दा स्थापित गर्न थारु पत्रकारको भूमिका महत्वपूर्ण’”
भूमीसुधार मन्त्री गोपाल दहितको निर्देशन- ‘खेतीयोग्य जग्गाहरु प्लटिङ गर्न नपाइने’
सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो। मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो । Continue reading “भूमीसुधार मन्त्री गोपाल दहितको निर्देशन- ‘खेतीयोग्य जग्गाहरु प्लटिङ गर्न नपाइने’”