सर्वोच्चको फैसलापछि तराई-मधेसमा स्थानीय तह बढाउन बाटो खोल्यो

तराई मधेसमा २२ स्थानीय तह थप गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्वम भण्डारीको इजलासले उक्त रिट खारेज गरेको हो। सरकारले केही समयअघि तराई -मधेसमा २२ वटा स्थानीय तह थप गर्नुका साथै विराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो।

रिट परेपछि सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगरि यथास्थितिमा राख्न आदेश गरेको थियो। बिहिबार सर्वोच्चले उक्त रिट खारेज गरेपछि सरकारलाई स्थानीय तह बढाउन बाटो खुलेको छ।

स्थानीय तहको संख्या बढाउने निर्णय विरूद्ध अधिवक्ता धनबहादुर श्रेष्ठसहितले दायर गरेको रिटविरूद्ध न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २९५ अनुसार आयोगले मात्र स्थानीय तहको संख्या बढाउन सक्ने भनेको थियो। तर, सरकारले स्थानीय तहको संख्या बढाएर राजपत्रमा समेत प्रकाशित गरेको पाइएको भन्दै निर्णय यथास्थितिमा राख्न भनेको थियो।

सरकारले तत्कालीन स्थानीय विकास मन्त्रीको संयोजकत्वमा तराई मधेशमा स्थानीय निकाय बढाउन समिति गठन गरेको थियो। उक्त समितिले २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो। उक्त समितिका सम्पूर्ण काम कारबाही रोक्न माग गर्दै अधिवक्ता श्रेष्ठले रिट दिएका थिए।

स्थानीय तहको गाउँसभा नगरको सिफारिस बमोजिम मात्र थप गर्न सकिन्छ। संविधानको धारा २९५ को उपधारा ३ बमोजिम आयोग गठन गरेर मात्र निर्धारण गर्न सकिने उल्लेख छ।

तर यो नियम विपरित सरकारले स्थानीय तह थप्ने निर्णय गरेको थियो। सर्वोच्चको आदेशले रोकिएको यो निर्णय बमोजिम काम गर्न सरकारलाई बाटो खुलेको छ।

आदिवासी जनजातिहरुसँग सम्झौता मात्र गर्ने? कार्यन्वयन गर्न पर्दैन ? : अमनलाल मोदी

नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेका छन्। संसदको विशेष समयमा बुधबार बोल्दै उनले आदिवासी जनजातिसम्बन्धी विभिन्न सन्धी सम्झौताहरुमा नेपालले सस्ताक्षर गरेपनि यसलाई व्यवहारमा उतारेर आदिवासीहरुलाई कुनै किसिमको अधिकार दिन नसकेको भन्दै सरकारको आलोचना गरे। Continue reading “आदिवासी जनजातिहरुसँग सम्झौता मात्र गर्ने? कार्यन्वयन गर्न पर्दैन ? : अमनलाल मोदी”

राजधानीमा मनाइयो विश्व आदिवासी दिवस [फोटो फिचर]

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल आदिवासी जनजाति महासंघद्धारा २३औँ विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गरे।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो हकको सदुपयोग गर्नु जरुरी छ।’ नेपाल धेरै जातजातिको फूलबारी भएको उल्लेख गर्दै उनले सबै जातिहरु मिलेर बसेको हुँदा विश्वकै लागि नेपाल भेषभूषा, संस्कृति र भाषामा आकर्षणको केन्द्र भएको बताए। ‘प्रत्येक जातिको अलग भाषा, संस्कृति, भेषभूषा छ, ती सबैको संरक्षण गर्नुपर्छ, त्यो नै आदिवासी जनजातिको पहिचान हो,’ प्रधानमन्त्री देउवाले भने।

स्थानीय तहको निर्वाचनमा पनि महिला, जनजाति, दलित र पछाडि परेको क्षेत्रका लागि विशेष व्यवस्था गरेको भन्दै उनले सबै जातिको हक अधिकार सुनिश्चित गर्न पहल भइरहेको बताए। कार्यक्रममा बोल्ने आदिवासी जनजातिहरुले आफूहरुलाई अल्पसंख्यक वा अन्य जातिमा राखेको हुनाले संविधान संशोधन गर्नुपर्ने माग गरेका थि।

‘अधिकार प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नाराका साथ आदिवासी जनजाति दिवस मनाइएको हो।

थारु समुदायको समग्र विकासबारे समीक्षा गर्न थारु अगुवाको जोड

मानबहादुर चौधरी/बर्दिया।
२३औं विश्व आदिवासी दिवशको अवसरमा साउन २५ गते गुलरियामा भएको छलफल कार्यक्रममा सहभागीहरुले थारु समुदायका अगुवाहरु अति जान्ने मान्ने र केही एजेण्डा बिहिन भएर एताउटा बरालिएको अवस्था रहेको बताएका छन्। ‘आदिवासीको रुपमा चिनिने थारुहरु समय अनुसार अघि गइरहेको छौं कि पछि गइरहेका छौंं’ भन्नेबारे समिक्षा गर्नुपर्न पर्नेमा जोड दिएका छन्। Continue reading “थारु समुदायको समग्र विकासबारे समीक्षा गर्न थारु अगुवाको जोड”

कैलाली फुलबारीका थारुसँग भारतीय वनरक्षकको ज्यादती, ‘ब्लाकमेल’ गरी चार लाख भारु असुलियो

कैलालीको धनगगढी उपमहानगरपालिका–१९ फुलबारी आई गाउँका पाँच नेपालीलाई भारतीय वन रक्षकले नेपाल–भारत दशगजाबाट पक्राउ गरी नेपाली ६ लाख ४० हजार रकम असुलेको खुलासा भएको छ ।

गत शनिवार नेपाल–भारत दशगजा क्षेत्रमा पर्ने मोहनानदीमा बगेको दाउरा निकाल्दै गर्दा फूलबारी आई गाउँका धनिराम चौधरी, महेन्द्र चौधरी, सोभराम चौधरी, खडक चौधरी र रामु चौधरीलाई भारतीय वन रक्षकले पक्राउ गरेको थिए ।

भारतीय वन रक्षकहरुले उनीहरुलाई पक्राउ गरीे उत्तरप्रदेश, खिरी जिल्लाको सोनाह वन विभागमा लगेको र पछि त्यहाँबाट दुधुवा नेशनलपार्कमा बन्दी बनाएको उनीहरुका परिवारले बताए । विभिन्न डर त्रास देखाएर हामीबाट ४ लाख भारु लगेका छन्’ पक्राउ परेका सोभराम चौधरीका बुवा खुसीराम चौधरीले भने– ‘उनीहरुले केटाहरुको मोवाईल पनि जफत गरेका छन् ।’

पक्राउ परेका पाँचै जनालाई बाघको छाला, चितलको छाला र सिङसँगै जिपमा राखेर लखिमपुर चलान गरेको पक्राउ परेका आफन्तले बताए । लखिमपुरमा लगेर जेल चलान गर्ने धम्की दिदै आएका वन रक्षकको धम्कीपछि आफूहरुले ४ लाख भारु तिर्न राजीभएको पक्राउ पर्ने मध्येका एक जना रामु चौधरीले जानकारी दिए ।

पैसा असुल्नेमा दुधुवा नेशनलपार्कका अधिकृत श्रीवास्तव र अर्का एक वन रक्षक कमलपाल रहेको पक्राउ परेका आफन्तले जानकारी दिए । आफूहरुले तिरेको रकमको रसिद दिन आग्रह गर्दा एक हप्तापछि मात्रै दिने भन्दै नेपालफिर्ता पठाएको पक्राउ पर्ने मध्येका रामु चौधरीले बताए ।

भारतीय वन कर्मचारीले नेपालीबाट रकम लगेको भन्ने खबर आएको र सो कुराका लागि उत्तरप्रदेश खिरी जिल्लाका डिएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गाविन्दप्रसाद रिजालले जानकारी दिए । अधिकारी रिजालले भन,  ‘यो सम्बन्धमा गृह मन्त्रालयमा जानकारी गराईसकेको छु, भारतीय पक्षसँग टेलिफोन सम्पर्क भैसकेको छैन ।’

सिमानामा पर्ने कैलालीको धनगगढी उपमहानगरपालिका १९ फुलबारी आई गाउँका नेपालीलाई भारतीय पक्षले यसरी नै दुःख दिने गरेको उपमहानगरपालिका–१९ का वडा अध्यक्ष तिलुराम चौधरीले बताए । वडा अध्यक्ष चौधरीले भने, ‘नेपाल–भारत सिमामा पर्ने मोहना नदीमा नेपालतिरको भसमिबाट दाउरा निकाल्दै गर्दा उनी पक्राउ गरेका थिए, पछिल्लो अवस्थामा के भैरहेको छ म अनविज्ञ छु ।’

उपप्रधानमन्त्री गच्छदारले आयोगसम्बन्धी विधेयकमा केरमेट गरेको आरोप

उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको खुलासा भएको छ । गच्छदारको ‘बदमासी’ बाहिर आएपछि २५ साउनमा बस्ने संसद् बैठकबाट पारित गर्ने तयारी गरिएको उक्त विधेयक कार्यसूचीबाट हटाइएको छ । Continue reading “उपप्रधानमन्त्री गच्छदारले आयोगसम्बन्धी विधेयकमा केरमेट गरेको आरोप”

यसरी छल्कियो सोनु थारुको जवानी [भिडियो]

अभिनेत्री सोनु थारुले आफ्नो फिल्म डगरको गीत सार्वजनिक गरेका छन्। यसअघि नै प्रदर्शनमा आइसकेको फिल्मको गीत उनले मंगलबार सार्वजनिक गरेको हो। उनको अगामी फिल्म तु मिल गैलोको सम्पादनको काम भइरहेको छ। छिट्टै प्रदर्शनमा ल्याउने उनले बताएकी छन्। Continue reading “यसरी छल्कियो सोनु थारुको जवानी [भिडियो]”

फूलमान चौधरीलाई भारतीय आदिवासीहरुद्वारा भब्य स्वागत

राम दहित/भारत
संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीलाई विविन्न ठाउँमा विशेष स्वागत र सम्मान गरिएको छ। भारतको झारखण्डमा आयोजना हुने दशौं विश्व आदिवासी दिवसको सभालाई सम्बोधन गर्न आइपुगेका चौधरीलाई चन्दीगढ जिल्लास्थित आदिवासीहरुको बाहुल्यता रहेको बस्तीका स्थानीयहरुले चौधरीलाई भब्य स्वागत गरेका हुन्। Continue reading “फूलमान चौधरीलाई भारतीय आदिवासीहरुद्वारा भब्य स्वागत”

स्थानीयको पहलमा सन्जीतको उपचार हुँदै, मनकारीहरुबाट सहयोगको आश्वासन

कारी महतो/चितवन
आन्दोलनका घाइते सन्जीत महतोको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि विभिन्न व्यक्तित्वहरु भरतपुरको एलाइभ अस्पताल र ट्रमा सेन्टर पुगेर गहिरो चासो र चिन्ता व्यक्त गरेका छन्। Continue reading “स्थानीयको पहलमा सन्जीतको उपचार हुँदै, मनकारीहरुबाट सहयोगको आश्वासन”

सिकलसेलका बिरामीसँग अस्पतालको लापरबाही, दुई महिनादेखि परीक्षण ठप्प

डायलासिस मेसिन आएको महिनौसम्म जडान नगरी थन्काएर राखेको भन्दै आलोचना खेपेको सेती अञ्चल अस्पतालमा दुई महिनादेखि सिकलसेल परीक्षण ठप्प भएको छ। सिकलसेल परीक्षणका लागि चाहिने केमिकल नभएपछि अस्पतालमा सिकलसेल परीक्षण गर्न आउने थारु समुदायका व्यक्तिहरु रित्तो फर्कन बाध्य छन्। Continue reading “सिकलसेलका बिरामीसँग अस्पतालको लापरबाही, दुई महिनादेखि परीक्षण ठप्प”