मानवीय सेवामा थाकस दक्षिण कोरियाको अग्रसरता

कारी महतो/चितवन
दक्षिण कोरियामा स्थापना भएको थारु कल्याणकारिणी सभा (थाकस)ले मानवीय कार्यमा तिब्रता दिन थालेको छ। दुई महिना अगाडि चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ बछौली घर भई हाल कोरियामा रहेका जीतबहादुर चौधरीलाई थाइराइड भई अपरेसन गर्दा धेरै खर्च लाग्ने भएपछि थाकस दक्षिण कोरियाको संस्थागत पहलमा तीन लाख वोन संकलन गरी सहयोग गरेका कुरा उपाध्यक्ष शिव चौधरीले बताए ।

त्यसै क्रममा उपाध्यक्ष शिव चौधरीले आफ्नै व्यक्तिगत पहलमा पनि बाह्र लाख वोन संकलन गरी विरामी जीतबहादुर चौधरीलाई सहयोग गरेका थिए। कुल जम्मा गरेर नेपाली एक लाख चालिस हजार सहयोग गरेका थिए। दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले उक्त रकम सहयोग गरेका थिए।

साउदीमा दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचार गराईरहेका अति विपन्न युवा हरेराम महतोको लागि पनि थाकस दक्षिण कोरियाले सहयोग रकम संकलन अभियानमा जुटेको कुरा उपाध्यक्ष शिव चौधरीले जानकारी गराए । थाकस दक्षिण कोरिया र चितवन सम्पर्क समितिले संयुक्त रुपमा संकलन गरेको सहयोग हालसम्म साठी हजार नेपाली रुपैयाँभन्दा बढी पुगेको उपाध्यक्ष चौधरीले जानकारी गराए।

चौधरीले हरेराम महतोलाई सहयोग पठाए लगत्तै २०६५ सालको थरुहट आन्दोलनमा घाइते भई अपाङ्ग भएका सन्जीत महतोका लागि सहयोग संकलन गर्ने जानकारी गराए।

हरेराम महतोको लागि देशविदेशबाट सहयोग रकम आउने क्रम जारी छ। हालसम्म तीन लाख भन्दा बढी सहयोग संकलन भएको हरेराम महतो बचाऊ अभियानका संयोजक हरि कुमार चौधरीले जानकारी गराए।

टिन प्रिन्सेस नेपालको उपाधि सजिनालाई, सुनैना चौधरी मस्ट व्युटिफूल

सोह्र प्रतिष्पर्धीलाई पछि पार्दै सजिना खनालले ‘टिन प्रिन्सेस नेपाल–२०१७को उपाधि जितेकी छिन्। र्यायम्पजोन इन्टरप्राईजेजले आयोजना गरेको प्रतियोगितामा प्रिया खड्का ‘फस्ट रनर अप’, सृष्टि मोडल ‘सेकेन्ड रनरअप’ र सुष्मा थापा ‘थर्ड रनरअप’ भए। Continue reading “टिन प्रिन्सेस नेपालको उपाधि सजिनालाई, सुनैना चौधरी मस्ट व्युटिफूल”

टीकापुर घटनामा थारुलाई दोषी देख्ने सरकारले झापा विद्रोहमा घाँटी रेट्ने केपी ओली र जनयुद्धकालमा मान्छे मार्ने प्रचण्डलाई पनि कारबाही गरोस् : रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले टीकापुर घटनामा थारु मधेसीलाई कारबाही गर्ने सरकारले झापा विद्रोह र जनयुद्धकालका नेतृत्वकर्ताहरुलाई पनि कठघरामा उभ्याउन माग गरेकी छन्। संसदमा बोल्दै सांसद चौधरीले झापा विद्रोहमा केपी ओली र जनयुद्धमाकालमा प्रचण्डले धेरैको ज्यान लिएको भन्दै उनीहरुलाई पनि कारबाहीको माग गरे। Continue reading “टीकापुर घटनामा थारुलाई दोषी देख्ने सरकारले झापा विद्रोहमा घाँटी रेट्ने केपी ओली र जनयुद्धकालमा मान्छे मार्ने प्रचण्डलाई पनि कारबाही गरोस् : रुक्मिणी चौधरी”

खरिदार नविनकुमार चौधरीद्वारा आत्महत्या

सर्लाहीमा एक कार्यलयका कर्मचारीले आइतबार बिहान कार्यलयमै झुण्डिएर आत्महत्या गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरीले आत्म हत्या गरेका हुन्। Continue reading “खरिदार नविनकुमार चौधरीद्वारा आत्महत्या”

राप्रपा फुट्यो, पशुपति शमशेरको पक्षमा २२ जना सासंद

सरकारमा सहभागी हुने विषयमा विवाद हुँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुटेको छ। राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक नाममा दल दर्ता गराएका छन्। पशुपति शमशेरले २२ जना सासंद लिएर नयाँ पार्टी दर्ता गराएका हुन्। Continue reading “राप्रपा फुट्यो, पशुपति शमशेरको पक्षमा २२ जना सासंद”

थारु भाषाको चलचित्र ‘लाज’ अमेरिकामा हुने फिल्म महोत्सवमा छनौट

२३ औ विश्व आदिवासी दिवसको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवमा सुशन प्रजापतिले निर्देशन गर्नु भएको थारु भाषाको चलचित्र ‘लाज’ लघुचलचित्रको सूचीमा परेको छ । यस अघि कोरिया, क्यानाडा लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको ‘लाज’मा छविलाल कोपिला, सीता दहित, अजित लामिछाने लगायतको प्रमुख भूमिका रहेको छ । Continue reading “थारु भाषाको चलचित्र ‘लाज’ अमेरिकामा हुने फिल्म महोत्सवमा छनौट”

यिनै हुन् विशाल चौधरी अपहरणको योजनाकार

अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् । शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे । Continue reading “यिनै हुन् विशाल चौधरी अपहरणको योजनाकार”

राजपालाई चुनावमा जान दबाब, लेखी भन्छन्- ‘माग सम्बोधन नभएसम्म जानु हुँदैन’

राजपा पदाधिकारीहरूले संविधान सशोधन विधेयकलाई स्वीकार गरेर स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन पार्टी नेतृत्वलाई दबाब दिइरहेका बेला  नेता राजकुमार लेखीले संविधान संशोधन बिना कुनै हालतमा चुनाव जान नहुने सुझाव दिएका छन्। पार्टीको पदाधिकारी बैठकमा उनले माग सम्बोधन नगराइकन यथास्थितिमा चुनावमा जान नहुने तर्क पेस गरेका थिए।  Continue reading “राजपालाई चुनावमा जान दबाब, लेखी भन्छन्- ‘माग सम्बोधन नभएसम्म जानु हुँदैन’”

सन्जीत महतोबारे स्थानीयले देखाए चासो, आर्थिक संकलन अभियानको सुरुवात

सन्तकुमार चाैधरी/चितवन।

थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचार देखि अन्य व्यवस्थापनका लागि ‘सन्जीत महतो राहत कोष’ स्थापना भएको छ। चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ सिसुवारमा शनिवार भएको स्थानीय अगुवाहरुको भेलाले कोष स्थापना गर्ने निर्णय गरेको हो।

कोषलाई व्यवस्थापन गर्न स्थानीय शरदकुमार महतोको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ। समितिले आन्दोलनको क्रममा घाइते भएका सन्जीत महतोको उपचार देखि अन्य व्यवस्थापनका लागि राहत स्वरुप आर्थिक संकलन गर्ने छ। समितिमा पत्रकार सन्तकुमार चौधरी, कारी महतो, स्थानीय सजना महतो, महिला अगुवा चन्द्रकुमारी चौधरी, स्थानीय युवा सुरेश चौधरी, सोहर महतो छन्।

यस्तै सन्जीत महतोको थप उपचारका लागि पत्रकार सन्तकुमार चौधरीको संयोजत्कवमा ७ सदस्यीय सन्जीत महतो उपचार समिति गठन गरेको छ। समितिले घाइते महतोको उपचारका लागि आवश्यक परामर्श गर्नेछ। उपचार समितिका अन्य सदस्यहरुमा डा. गौरीराम महतो, स्थानीय थारु अगुवा कृष्ण चौधरी, वीरेन्द्र महतो, दिपेश चौधरी, तुलसी चौधरी, जितेन्द्र चौधरी छन्।

बैठकले आन्दोलनका घाइते सन्जीत महतोका लागि सरकारी सेवा सुविधाको व्यवस्थापनका लागि पहल गर्न र सन्जीतका ११ वर्षका छोरा जेम्स चौधरीको पठनपाठनको व्यवस्थापनका लागि स्थानीय थारु अगुवा कृष्ण चौधरीको संयोजकत्वमा पाँच सदस्यी पहल समिति गठन गरेको छ।

समितिमा वीरेन्द्र महतो, शिव नारायण चौधरी, सजना महतो र चन्द्राकुमारी चौधरी छन्। समितिले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासँग आवश्यक परामर्श देखि सरकारी स्तरवाट पाइने सेवा सुविधानको बारेमा पहल गर्नेछ। सन्जीत महतोको नाममा संकलन भएको आर्थिक पारदर्शीतालाई व्यवस्थ्ति र प्रभावकारी बनाउन कृषि विकास बैंक र प्रभु बैंकमा बैंक खाता खोल्ने समेत निर्णय भएको छ।

राहत कोषका संयोजक शरदकुमार महतोका अनुसार आइतवार नै बैंकमा खाता खोलेर संकलन भएका रकमहरु बैंकमा जम्मा गरिनेछ। समग्र एक मधेस एक प्रदेशको गरेको विरोधमा भएका आन्दोलनको क्रममा उनी घाइते भएका थिए। २०६५ साल फागुन २२ गते सुरक्षाकर्मीको गोली लागेर घाइते भएका सन्जीत महतोको आर्थिक अभावका कारण उपचार समेत हुने नसकेको समाचार सार्वजनिक भएपछि स्थानीयले उनको उपचार सँगै अन्य व्यवस्थापनका लागि चासो देखाएका हुन्।

आर्थिक संकलन सुरु
आन्दोलनको क्रममा घाइते भएका सन्जीत महतोको उपचार सँगै अन्य व्यवस्थापनका लागि आर्थिक संकलन अभियान सुरु भएको छ । शनिवार बसेको बैठक लगतै आर्थिक संकलन अभियान सुरु भएको हो । अभियान सुरु भएसँगै खैरहनी नगरपालिका वडा नं. ९ बस्ने चन्द्रकुमारी चौधरी र उहाँका श्रीमान सुरेन्द्र चौधरीले ५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरें । यस्तै रत्ननगर नगरपालिका वडा नं. ४ डेबौलीका सुरेश चौधरीले ३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरें । यस्तै रत्ननगर नगरपालिका वडा नं. ६ का तुलसी चौधरीले ४ हजार रुपैयाँ आर्थिक सहयोग गरे । आर्थिक संकलन हुने क्रम जारी छ ।

थारु महिला सभाले सुनसरीको स्थानीय तहमा पनि समिति गठन गर्दै

सुनिल चौधरी/झुम्का।

सुनसरीमा थारु महिला सभाले प्रत्येक स्थानीय तहको वडामा कमिटी गठन गरिरहेको छ। महिला सशक्तीकरण, अधिकार, कला संस्कृति संरक्षण तथा महिला नेतृत्व विकासका लागि सुनसरीको थारु बाहुल्य स्थानीय तहमा वडा समिति गठन गर्ने  तयारी सभाको रहेको छ। सोही क्रममा शनिबार इटहरी १० र १३ नं. वडामा कमिटी गठन गरेको हो । यसअघि सभाले नगर कमिटी गठन गरेको थियो। Continue reading “थारु महिला सभाले सुनसरीको स्थानीय तहमा पनि समिति गठन गर्दै”