झारखण्डमा हुने विश्व आदिवासी दिवसलाई फूलमान चौधरीले सम्बोधन गर्ने

राम दहित/धनगढी।
भारतको झारखण्डमा हुन गइरहेको विश्व आदिवासी दिवस २०१७ को विशाल सभालाई संयुक्त राष्ट्र संघ आदिवासी मामिलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरी सम्बोधन गर्ने भएका छन्। Continue reading “झारखण्डमा हुने विश्व आदिवासी दिवसलाई फूलमान चौधरीले सम्बोधन गर्ने”

एमटीभीको ‘स्प्लिटस्भिल्ला’मा नेपाली चेली इशा खड्का चौधरी

भारतीय टेलिभिजन च्यानल एम टीभी बाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी छनोट भएकी छिन् । इशा देश बिदेशबाट भएको अडिसनमा हजारौं बाट उत्कृष्ट १५ मा परेकी हुन् । रियालिटी शो को दसौ श्रृङ्खला चलिरहँदा नेपालबाट उनी पहिलो पटक छनोट भएकी हुन् । Continue reading “एमटीभीको ‘स्प्लिटस्भिल्ला’मा नेपाली चेली इशा खड्का चौधरी”

ट्रकको ठक्करबाट सुनसरी रामधुनीका शिवराम चौधरीको मृत्यु

सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ। Continue reading “ट्रकको ठक्करबाट सुनसरी रामधुनीका शिवराम चौधरीको मृत्यु”

आगलागी पीडितलाई थारु संस्थाको राहत

एलएन गच्छदार/मोरङ।

मोरङको सुन्दरहरैंचा-२,जोगियारेका आगलागी पीडित हेमनारायण चौधरिको परिवारले राहत सामाग्री पाएका छन्। थारुके अवाज नामक समाजिक संस्थाले शुक्रबार चौधरीको घरमा गई राहत समाग्री बितरण गरेको थियो। सो राहत समाग्री सुन्दरहरैंचा नगरपालिकाका नगर सदस्य तथा समाजसेवि रामलाल गच्छदार र संस्थाकी उपाध्यक्ष संगिता चौधरिको संयुक्त हातबाट चौधरी र चौधरीकि श्रीमती र छोरालाई हस्तान्तरण गरिएको थियो।

राहत समाग्रीमा खाद्यान्न ,लत्ताकपडा ,स्टेसनरी समान, झुल, एक थान त्रिपाल , सुत्ने डसना वितरण गरिएको थियो। राहत समाग्री पाएपछि चौधरी परिवारले स्थानीय निकायमा खबर गर्दासमेत कुनै राहत नपाएको गुनासो गरे।

कार्यक्रममा सुन्दरहरैंचाका नगर सदस्य रामलाल गच्छदारले थारुके आवाजले गरेको राहत समाग्री बितरण कार्यक्रमको प्रंशसा गर्दै, सामाजिक काममा एक जुट हुन आवश्यक रहेको बताए। संस्थाकी उपाध्यक्ष संगीता चौधरीले थारु समाजमा हुने आकस्मिक घटनामा संस्थाले सक्दो सहयोग गर्ने बताइन्।

 

चुनाव जिताउने सांसदलाई मन्त्री बनाउने गच्छदारको घोषणा

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरूलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्। Continue reading “चुनाव जिताउने सांसदलाई मन्त्री बनाउने गच्छदारको घोषणा”

थारुलगायतका आयोगसम्बन्धी विधेयक पारित गर्ने बेला सांसदहरु गायब !

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट सांसदहरु नै बेपता भएपछि विधेयकहरु अलपत्र परेका छन् । शुक्रबारको बैठकको कार्यसूचीमा थारु मधेशी आयोगसहितका आयोगहरुको विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । संसदमा ४ सय ७७ जना सांसदहरुले हाजिरी गरे तर विधेयकहरु पारित गर्ने बेलामा जम्मा ९७ जना सांसदहरु सदनमा उपस्थित थिए । Continue reading “थारुलगायतका आयोगसम्बन्धी विधेयक पारित गर्ने बेला सांसदहरु गायब !”

बबई र कर्णालीमा पानीको बहाब उच्च, सतर्कता अपनाउन आग्रह

वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए। Continue reading “बबई र कर्णालीमा पानीको बहाब उच्च, सतर्कता अपनाउन आग्रह”

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । Continue reading “कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक”

आर्मीका जवानद्वारा गोपाली चौधरीमाथि निर्घात कुटपिट

आर्मीका जवानले आफ्नै भाउजुलाई निर्घात कुटपिट गरेका छन्। बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ जनकनगरका घर भई नेपाली सेनाको दुर्गाबक्स गण रसुवा धुन्चेमा दर्वन्दी रही पूर्वाञ्चल पृतना मेडिकल गण इटहरीमा कार्यरत उत्तिम चौधरीले भाउजु गोपाली चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। Continue reading “आर्मीका जवानद्वारा गोपाली चौधरीमाथि निर्घात कुटपिट”

विजय चौधरीका घनिष्ठ साथी नै ‘अपहरणकारी’

विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो यी दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यामिक विद्यालयमा उनीहरू सँगसँगै पढे। चौधरी हार्डवेयरको व्यापारमा लागे भने विश्वकर्माले मार्बलसम्बन्धी काम गर्न थाले। Continue reading “विजय चौधरीका घनिष्ठ साथी नै ‘अपहरणकारी’”