थारु समुदायको ऐतिहासिक संस्कृति : डोली बोकेरै गाउँलाई २१ लाख

जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ । कथंकदाचित नगर्ने हो भने पैसा त तिर्नैपर्छ । यो समाजले बनाएको नियम हो । त्यसैको पालना गरेर हालसम्म २१ लाख रुपैयाँ जम्मा भइसकेको छ । Continue reading “थारु समुदायको ऐतिहासिक संस्कृति : डोली बोकेरै गाउँलाई २१ लाख”

दुई उपमहानगरमा थारु उम्मेदवारको अग्रता

काँग्रेसले अग्रता लिइरहेको सुनसरीको इटहरी उपमहानगरपालिका र बराह नगरपालिकामा एमालेले अग्रता लिएको छ। आज बिहान ९ बजेको मत परिणम अनुसार, इटहरीमा एमालेका मेयरका उम्मेदवार द्दारिकलाल चौधरीले पाँच हजार ६०५ र उपमेयरकी उम्मेदवार लक्ष्मी गौतमले पाँच हजार ४६६ मत ल्याएकी छन्। Continue reading “दुई उपमहानगरमा थारु उम्मेदवारको अग्रता”

दाङको दंगीशरणमा भागीराम चौधरी विजयी

दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी ३ हजार १ सय ६१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली खड्का ३०६७ मत ल्याएर विजयी भएकी छिन् ।

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञनारायण आचार्यले २ हजार ८ सय ४१ र उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेकी सीमा न्यौपानेले २ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हिरालाल चौधरीले २ हजार ४ सय ८५ र उपाध्यक्ष सीताकुमारी बस्नेतले २ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।

फोरम लोकतान्त्रिकको विजयी सुरुवात, नवलपरासीको सराबलमा राधेश्याम चौधरी विजयी

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम लोकतान्त्रिकले विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा जित दर्ता गराउँदै उसले विजयी सुरुवात गरेको हो। Continue reading “फोरम लोकतान्त्रिकको विजयी सुरुवात, नवलपरासीको सराबलमा राधेश्याम चौधरी विजयी”

बाँकेको राप्तीसोनारी गाउँपालिकामा लाहुराम थारु विजयी

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसी विजयी भएको छ। अध्यक्षमा कांग्रेसका लाहुराम थारु ८ हजार २ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका तुलसीराम थारुले ६ हजार ९ सय मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै धनीकुमारी खत्री विजयी भएकी छन्।

उनले ८ हजार २ सय २ मत प्राप्त गरेकी छन्, भने निकटतम प्रतिद्धन्द्धी एमालेकी चमेली बागबलले ६ हजार ७ सय २ मत ल्याएकी छन्। भौगोलिक क्षेत्रफलका हिसाबले मुलुककै सबैभन्दा ठुलो गाउँपालिका भनिएको राप्तीसोनारीको कुल ९ वटा वडा मध्ये कांग्रेसले पाँच, माओबादीले ३ र एमालेले एउटा वडामा जित हासिल गरेको निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए।

बाँकेका कुल ८ वटा स्थानीय तह मध्ये राप्तीसोनारी सहित ३ वटा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ। बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघिय समाजवादी फोरम विजयी भएका छन्।

भवन बनाउन महिला सभा सुनसरीलाई जग्गा प्रदान

थारु महिला सभा सुनसरीले इटहरीको कचना माध्यमिक विद्यालयमा अभिनन्दन कार्यक्रम गारेको छ। थारु महिला सभालाई जग्गा अनुदान दिएको उपल्क्षयमा सो कार्यक्रमको आयोजना गरिएको हो। सभालाई स्वर्गीय धनुषधारी चौधरीका धर्मपत्‍नी ठकनी चौधरीले जग्गा उपलब्ध गराएकी हुन्। थारु बाहुल्य जिल्लाहरुमा आफ्ना शाखा विस्तार गरिसकेको सभालाई व्यवसथित गर्न भवनका लागिा सो जग्गा सभालाई हस्तान्तरण गरेको उनले जानकारी दिइन्।  Continue reading “भवन बनाउन महिला सभा सुनसरीलाई जग्गा प्रदान”

यी हुन् सुनसरीका विभिन्न वडा जित्‍ने थारुहरु

सुनसरीमा १२ स्थानिय तहको निर्वाचनको मतगणनामा पछिल्लो परिणाम अनुसार वडाध्यक्ष र सदस्यहरु समेत १ सय ५ जना निर्वाचित भएका छन् । ८ वटा स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । धरानमा नेपाली कांग्रेसलाई शनिवार बेलुका एमालेले उछिनेको छ ।

दुहवी नगरपालिका र बर्जू गाउँपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार अगाडि छन् । त्यस्तै कोशी गाउ पालिकामा स्वतन्त्र उम्मेदवार देवकृष्ण यादव अध्यक्षको पदमा अन्य उम्मेदवारलाई उछिन्दै अगाडी रहेका छन् ।

सुनसरीका २१ वडामा वडाध्यक्ष सहित १ सय ५ जना नया प्रतिनिधि चयन भएका छन् । जसमा ११ वडामा नेपाली कांग्रेस, सात वटामा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिले एउटा एउटा वडाध्यक्ष जितेका छन् ।

धरानको वडा नम्बर १ मा नेपाली कांग्रेसका रोशन अधिकारी, वडा नं. २ मा नेकाकै माधव गोविन्द श्रेष्ठ सहित प्यानल विजयी भएको छ । त्यसै गरि इटहरीमा वडा नम्बर १ मा नेपाली कांग्रेसका विष्णुलाल चौधरीको प्यानल विजयी भएका छन् ।

बराह नगरपालिकाको वडा नं.१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ र २ नम्बरमा हरिकृष्ण भट्टराईको प्यानल विजयी भएको छ । त्यसैगरी दुहवी नगरपालिका १ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार अजुल हुसैनको प्यानल विजयी भएको छ भने २ नम्बर वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अर्जुन कुमार विश्वासको प्यानल विजयी भएको छ । वडा नं. ३ मा एमालेका माधव बहादुर भण्डारी ४ मा एमालेकै राजनकुमार बस्नेत र वडा नम्बर १२ मा लोकतान्त्रिक फोरमका खुसीलाल चौधरी चौधरीको प्यानल विजयी भएका छन् ।

त्यसैगरी हरिनगरा गाउ पालिकाको वडानं.१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अब्दुल लतिफ मियाको प्यानल विजयी भएको छ । त्यस्तै भोक्राहा गाउ पालिका वडानं.८ को वडाध्यक्षमा एमालेका हातिम अंसारी र ८ मा हातिम अंसारीको प्यानल विजयी भएका छन् ।
बर्जु गाउ पालिकामा वडा नम्बर १ मा माओवादी केन्द्रका श्याम गुरुङ सहितको प्यानल विजयी भएको छ । त्यस्तै वडा नम्बर २ मा नेपाली कांग्रसका आनन्द यादवको प्यानल विजयी बनेको छ । वडा नम्बर ३ मा एमालेका प्रदीपकुमार चौधरी बडाध्यक्षमा प्यानल सहित विजयी बनेका छन् ।

इटहरी उप महानगरपालिकामा नेपाली कांग्रेसका रोहीत प्रसाई मेयर पदमा अग्रस्थानमा छन् । त्यसै गरि इनरुवा नगरपालिकाको मेयर पदमा नेकाकै राजन मेहता, रामधुनी नगरपालिकामा नेकाकै जयप्रकाश चौधरी, बराहा नगरपालिकामा नेकाकै बाबुराम विष्ट अग्रस्थानमा छन् । त्यसै गरि भोक्राहा गाउ पालिकामा संघिय समाजवादी फोरमले अग्रता लिएको छ ।

पहिरो छल्दै हिँडेका चौधरी त्रिशुलीमा खसेर बेपत्ता

नारायणगढ-मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशुली नदीमा खस्दा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशुली नदीमा खसेर बेपत्ता भएका हुन्। Continue reading “पहिरो छल्दै हिँडेका चौधरी त्रिशुलीमा खसेर बेपत्ता”

बाँकेको डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी विजयी

बाँकेको डुडुवा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेका नरेन्द्र चौधरी विजयी भएका छन्। चौधरीले ४६९१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विजय बहादुर यादवले ४ हजार १ सय ९२ मत ल्याएका थिए। Continue reading “बाँकेको डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी विजयी”

जोशीपुरमा कांग्रेसका रामकृष्ण चौधरीले जित्दा सांसद पत्‍नी पराजित

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश वडामा काँग्रेसले विजय हासिल गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिएका छन्। Continue reading “जोशीपुरमा कांग्रेसका रामकृष्ण चौधरीले जित्दा सांसद पत्‍नी पराजित”