जुठोपुरो

रेशम चौधरी।

चुनाव फाल्गुन भएर आयो र चैतको उराठलाई निम्तो दिएर जाँदैछ। विहेभोज एउटा उत्सव हो तर केवल केही चोक्टा मासु, केहिछिनको उमंग र केहिदिनको उल्लास पश्चात् साहुहरुको आँगनी निम्तो, सासुको बुहार्तन र बुहारीको आनीबानीले परिवारको पदचापिय अग्रगतिको यात्रालाई तय गर्छ। सञ्जालका साथीहरू हिजो पहिचानको श्रीपेचलाई स्यालुट् गर्थे आज मंगल भोजमा सदनझैँ बिभाजित भए। मुलुकभित्रकै सक्सकाहटमा हामी कमिला बन्नपनी सकेनौं बरु बिरालोझैँ झगडिएर अलगअलग हुनपुग्यौँ। म हुतु र तुत्सिको द्वन्द्व समर्थक होइन तर तारा बजी लै लै मेरो बालखिपनको खेल पनि होइन। चिँ मुसि चिँसग होलो रांगी रि पनि मिसाइदेउ भन्नू नै मेरा भुल भए।

एउटै बस्तीमा बसेर एउटा खेलको स्थापन र अर्को खेलको बिस्थापन हुनुहुँदैन भन्नू पनि अपराध रहेछ। उहिले उहिलेका दन्त्यकथाहरुमा महाराजका पुत्रहरुसँग सुदपुत्रले मुख देखाउनुसमेत अपराध मानिन्थ्यो तर आज हजारौं वर्ष पछाडि हाम्रो पहिचानको परिचय खोज्नु पनि अपराधै रहेछ। ‘किस सुद्के घरमे अच्छा भोजन पका’ भनेर अकबरलाई सुइँको दिनेपनि सुद नै चौकिदार हुन्थे रे, आज भूमिपुत्रहरुको पहिचानलाई पैतलामा कुल्चिनका लागि पहिलो कदम बढाउने तिनै पहिचानवादीका सुदपुत्रहरुको पंक्ति पनि लामै रहेछ। हिजोसम्म खोके, चोक्टा र मधुप्यालाको निम्ति केही दिन झोला बोके। अब लट्ठुन्जेल मदहोसी रहन्छन् र बिउँझेपछि फेरि पहिचानको नारा लगाउन थाल्नेछन्।

मैले त पहिचानवादीको यस्तो अगुवाहरु पनि देखेँ, जो भोजमा सामेल हुन त खोजे तर आफूलाई भेजिटेरिएनको संज्ञा दिनसमेत लज्जिएनन्। पाकेका चौरासी ब्यन्जन तिनको टपरिमा पर्ने त कुरै भएन, डाडु खोस्ने प्रयत्नले समेत चोक्टा हातमा नलागेपछि फेरि भोज बहिस्कारको नाटक कसरी मन्चन हुने हो- दर्शक बनी पर्खिरहेछुँ। तिमी सुद्पुत्र हौं, बाहुनको भोजमा नजाउ, चौरासी ब्यन्जनको भतेर तिम्रो टपरिमा पर्नेछैन है भनेर मैले सजक त गराइदिएकै हुँ।

अहिले भोजबाट अपमानित भएपछि मेरो सामुन्ने शिर निहुराउनुको कुनै तुक छैन। मलाई त लाग्छ अब मेरो सानो बथानमा तिम्रा लागि कुनै स्थान छैन तर म त्यति निर्दयी पनि बन्न सक्दैन किनकि झुक्नेलाई ठोक्ने मेरा पूर्खाको बंशजमासमेत छैन। युद्ध सुनको बाण र सुनको पुष्पकले जितिने भए बाँसको तिरसँग रावण हार्ने थिएनन्। द्रब्य र बथानले समेत नांगा पाण्डवलाई कौरवले कहाँ हराउन सके र? हो हामीले यही र यिनकै दन्त्यकथाको दस्तावेजले सभिय युद्ध जित्नुपर्छ भन्ने मेरो आंकलन हो।

सर्वश्रेष्ठ धनुवर सुदपुत्र एकलब्यले गुरु द्रोणको शिक्षाबाट समेत वञ्चित भएको यिनको इतिहास हाम्रा लागि काफी छैन र? महाभारतको युद्धलाई समेत प्रभावित गर्नसक्ने एकलब्यको गुरु दक्षिणाको निहुमा बुढिऔंला काटियो। हो! हामी पनि पहिचानको विजयी यात्रामा थियौं तर कोही साथीहरू एकलब्य बन्न तयार भए र फेरि बुढिऔंलाविहीन भएका छौं, सायद अब काटिएको औंलाको अपरेसनको विकल्प छैन किनकि पहिचानको युद्ध हाम्रा लागि रामभरोसा भएको छ।

हामी एउटैका स्वार्थका लागि सदाको टेको बन्दैछौं। कहिले नेम्वाङ जनजातिका हुन् भनेर चित्त बुझाउछौं, कहिले गच्छदार थारु मसिंहा भनेर चित्त बुझाउँछौं त कहिले उपेन्द्रलाई मधेसका मुक्तिदाता भनेर चित्त बुझाउछौं। चित्त बुझाउँदा बुझाउँदै हामी हाम्रो कदम परलोकको सिँढीमा चढिसकेको समेत पत्तो पाउदैनौं।

के दुईचार वटा वडा र गाउँपालिका हाम्रो पहिचानको मार्गदर्शक बन्न सक्छन्? हामी बारम्बार किन फेल हुन्छौं? विश्वासमा कतिपटक फेल भएका छौं? अबपनि उत्तर खोज्नेबेला भएन र? अब त उनैको दन्त्यकथा झैँ भिमसेन किच्चक बन्नेबेला पो भएको छ त। चुनावी भोजमा सामेल हुन हामीलाई पनि रहर इच्छा थियो, तर यो पनि थाहा थियो कि त्यो भोजमा हाम्रा लागि जुठोपुरो सिवाय केही थिएन। अरुले खाएका जुठो उठाएर बचेको सितनको स्वाद लिन मनले पटक्कै मानेन।

उत्सवमा गएर तँ तँ म म गर्नुभन्दा नगएकै राम्रो ठानियो। कम्तीमा हाम्रो भोजमा यो किन सामेल भएन भन्ने प्रश्न त उठ्थ्यो? हामी अहिले तिम्रो झिनो लोभमा नराम्ररी फस्यौं। भोजमा सामेल पनि भैइयो, जुठोपुरो मात्रै हात लाग्यो- चोक्टा र चौरासी ब्यन्जन त फेरि उनैका भए।

टीकापुरमा लोकतान्त्रिक फोरमलाई पछि पार्दै मेयरमा माओवादी उपमेयरमा कांग्रेस अगाडि

टीकापुर नगरपालिकाको पछिल्लो मतगणना अनुसार सुरुदेखि अग्रता थालेको लोकतान्त्रिक फोरमलाई पछि पार्दै माओवादी केन्द्र अग्रस्थानमा पुगेको छ। मेयरमा माओवादी केन्द्र फोरम भन्दा १०३ मतले अघि रहेको छ। Continue reading “टीकापुरमा लोकतान्त्रिक फोरमलाई पछि पार्दै मेयरमा माओवादी उपमेयरमा कांग्रेस अगाडि”

कैलालीमा लोकतान्त्रिक फोरमको विजयी सुरुवात, प्रदीप चौधरी बने जानकी गाउँपालिका प्रमुख

लोकतान्त्रिक फोरमले कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा जितेको छ। फोरमका तर्फबाट अध्यक्षमा प्रदीप चौधरी र उपाध्यक्षमा उमा महतौ विजयी भएका छन्। Continue reading “कैलालीमा लोकतान्त्रिक फोरमको विजयी सुरुवात, प्रदीप चौधरी बने जानकी गाउँपालिका प्रमुख”

कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन्। जर्मनीमा आयोजित एक समारोहमा उर्मिलाले इन्टरनेशनल ह्युमन राइट्स अवार्डबाट सम्मानित भएकी हुन्।  Continue reading “कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित”

टीकापुरमा लोकतान्त्रिक फोरमलाई माओवादीको टक्कर

माओवादी केन्द्रले पछिल्ला वडाहरुमा लगातार जित हात पारेपछि टीकापुरको नतिजा फरक आउने आँकलन गर्न थालिएको छ। वडा नं. ७, ८ र ९ मा माओवादी केन्द्रले राम्रो मत पाएपछि नेपाल लोकतान्त्रिक फोरमसँगको मतान्तर २ सय ४ मा घटाएको छ। त्यस्तै उपमेयरमा पनि माओवादीले लोकतान्त्रिक फोरमसँग जम्मा ९४ मतले कम छ। Continue reading “टीकापुरमा लोकतान्त्रिक फोरमलाई माओवादीको टक्कर”

बर्दियाको मधुवनमा गणेश र शोभारानी थारु विजयी

बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा गणेश क्षेत्री र उपाध्यक्षमा शोभारानी थारु विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले ८ हजार ४३१ मत पाएका छन् । उनले एमालेका उम्मेदवार दुर्गा बहादुर ओलीलाई २ हजार ५ सय ८ मत अन्तरले हराए । ओलीको पक्षमा ५ हजार ९२३ मत परेको थियो ।

यसैगरी उपाध्यक्षमा निर्वाचित माओवादीकै शोभारानी थारुले एमाले उम्मेदवार हिरा चौधरीलाई १ हजार ५ सय ८१ मत अन्तरले हराएकी छन् । शोभारानीको पक्षमा ७ हजार ५२३ मत पर्दा हिराले ५ हजार ९४२ मत पाइन् ।

मधुवन नगरपालिकामा माओवादी केन्द्रले १, २, ४ र ७ नम्बर वडा जितेको छ । एमालेले ६, ८ र ९ तथा कांग्रेसले ३ र ५ नम्बर वडा जितेका निर्वाचन अधिकृत भिमबहादुर कुँवरले जानकारी दिए ।

बर्दियाको बारबर्दियामा दुर्गाबहादुर थारु बने मेयर

बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् । विजयी दुर्गाबहादुरले २ हजार ३ सय ९७ मत अन्तरले एमाले उम्मेदवार रामबहादुर चौधरीलाई हराएका छन् । Continue reading “बर्दियाको बारबर्दियामा दुर्गाबहादुर थारु बने मेयर”

राना थारु समुदायका पहिलो निर्वाचित प्रमुख, जो चुनाव जित्‍नकै लागि माओवादीमा प्रवेश गरे

उनले करिब साढे तीन दशक राष्ट्रिय जनमोर्चाको राजनीति गरे । कृषि पेसासँगै राजनीतिमा लागे पनि कहिल्यै सार्वजनिक पदमा बसेनन् । यसअघिका विभिन्न चुनावमा लड्ने इच्छा पनि देखाएनन् । यसपटक ३ महिनाअघि मात्रै चुनाव लड्नकै लागि जनमोर्चा छाडेर माओवादी केन्द्रमा आएका ५० वर्षीय मदनसेन बडायक कञ्चनपुरको लालझाडी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । उनी राना थारू समुदायबाट गाउँपालिका अध्यक्ष बन्ने पहिलो व्यक्तिमा दरिए । Continue reading “राना थारु समुदायका पहिलो निर्वाचित प्रमुख, जो चुनाव जित्‍नकै लागि माओवादीमा प्रवेश गरे”

कपिलवस्तुको विजयनगरमा गोपालबहादुर र लक्ष्मीकुमारी चौधरी विजयी

कपिलवस्तुको विजयनगर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी विजयी भएका हुन् । थापाले ३ हजार ५१२ र चौधरीले ३ हजार १६१ मत पाएको निर्वाचन अधिकृत थानेश्वर घिमिरेले जानकारी दिए ।

विजयनगरमा दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवारहरु रहे । स्वतन्त्र उम्मेदवार जानकी प्रसाद यादवले ३ हजार २८४ र अश्वीनी कुमार चाईले १ हजार ९०२ मत पाएका छन् ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ४५१ र उपाध्यक्षका उम्मेदवार ४४५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । विजयनगरमा १, २, ३ र ६ नम्बर वडामा एमालेको पूरै प्यानल विजयी भएको छ । वडा नम्बर ४ मा अध्यक्ष र दलित महिला सदस्य गुमाएको एमालेले ७ नम्बर वडामा अध्यक्ष पदमात्र जितेको छ । ५ नम्बर वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

रुपन्देहीको शुद्धोधनमा किशुनचन्द्र चौधरी विजयी

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् । Continue reading “रुपन्देहीको शुद्धोधनमा किशुनचन्द्र चौधरी विजयी”