कारी महतो/चितवन।
भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेठ ४ गते राती करीब १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गर्ने मुख्य अभियुक्त तथा योजनाकार कृष्ण शाही ठकुरीलाई भारतको दिल्लीबाट पक्राउ गरी आज भरतपुर जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको छ । Continue reading “गंगासागर महतोलाई गोली हानी हत्या गर्ने मुख्य अभियुक्त दिल्लीबाट पक्राउ”
Author: admin
रामजनमको गाउँपालिकामा कांग्रेसको छलाङ
नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार रामकृष्ण चौधरी लोकतान्त्रि फोरमका उम्मेदवार बिरुप्रसाद चौधरी भन्दा ३६१ मतले अघि रहेका छन। बिरुप्रसाद रामजनमका दाई हुन्।
हालसम्म गणना भएको मध्ये १३ हजार ५७९ मत मध्ये रामकृष्णले २ हजार ८२७ र बिरुप्रसादले २ हजार ४६६ मत प्राप्त गरेका छन। जोशीपुरमा वडा नं. ७ को करिव १ हजार ९ सय मत गणना भैरहेको निर्वाचन अधिकृत जीवनाथ पोखरेलले जानकारी दिएका छन।
उपाध्यक्षमा समेत लोकतान्त्रिक फोरमका सांसद जनकराज चौधरीकी श्रीमती किरण चौधरी कांग्रेसकी गीता कठरियाभन्दा मतान्तरमा पछि रहेको बताइएको छ।
जोशीपुरका ५ वटा वडामा काँग्रेसले वडाध्यक्षमा जितेको छ। वडा नं. १ मा विधि चौधरी, २ मा हेमलाल चौधरी, ३ मा इश्वर कठरिया, ५ मा देशराज चौधरी र ६ मा नथ्थुप्रसाद डगौरा विजयी भएको निर्वाचन अधिकृत पोखरेलले बताए। वडा नं. ४ मा फोरमका वडाध्यक्ष लखन चौधरी विजयी भएका छन।
मतपरिणामको दोस्रो दिन : मेयर-प्रमुखमा २१ र उपमेयर-उपम्मुखमा २७ जना थारु उम्मेदवारले अग्रता लिँदै
स्थानीय तह दोस्रो चरण मत परिणामको दोस्रो दिन मेयर/प्रमुखमा २१ जना थारु उम्मेदवारले अग्रता लिएका छन् भने उपमेयर/पप्रमुखमा २७ जना थारु उम्मेदवारले अग्रता लिएका छन्। कञ्चनपुरदेखि पूर्व मोरङसम्म थारु उम्मेदवारले विभिन्न स्थानीय तहमा अग्रता लिएका हुन्। सबैभन्दा बढी कैलाली, बर्दिया, दाङ, कपिलवस्तु, सुनसरीलगायतमा थारु उम्मेदवारले अग्रता लिएका हुन्। हेर्नुस् सूची। Continue reading “मतपरिणामको दोस्रो दिन : मेयर-प्रमुखमा २१ र उपमेयर-उपम्मुखमा २७ जना थारु उम्मेदवारले अग्रता लिँदै”
नवलपरासीको त्रिवेणी सुस्तामा एमालेका रामप्रसाद र इन्द्रकुमारी थरुनी विजयी
नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् । Continue reading “नवलपरासीको त्रिवेणी सुस्तामा एमालेका रामप्रसाद र इन्द्रकुमारी थरुनी विजयी”
कैलारी गाउँपालिका-१ मा माओवादीका बालकृष्ण चौधरीको प्यानलै विजयी
कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका बालकृष्ण चौधरी विजयी भएका छन्। ६८५ मतसहित उनको प्यानल नै विजय भएको हो। Continue reading “कैलारी गाउँपालिका-१ मा माओवादीका बालकृष्ण चौधरीको प्यानलै विजयी”
गच्छदारको वडामा कांगेस र एमाले विजयी
इटहरी- नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारको गृह नगर सुनसरीको दुहवीका दुईवटा वडामा नेपाली कांग्रेस र एमालेका वडाअध्यक्ष विजयी भएका छन्। वडा नं. २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्जुनकमुार विश्ववास बिजयी भएका छन्।
उनले २८३ मत ल्याएर बिजयी भएका हुन्। लोकतान्त्रिक फोरमका ललितकुमार चौधरीले २७० मत ल्याए। वडा नं. २ बाट बाँकी सदस्य भने लोकतान्त्रिक फोरमले जितेको छ। वडा नं. १ मा एमालेका अजुल हुसेनसहित सबै सदस्यमा एमालेका बिजयी भएका छन्। मेयर र उपमेयरमा अहिलेसम्मको गणनामा लोकतान्त्रिक फोरमकै उम्मेदवारको अग्रता छ। लोकतान्त्रिक फोरमलाई एमालेले पछ्याई रहेको छ।
बराह नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठको प्यानल विजयी भएको छ।
बर्जु गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार सुरेन्द्र मेहताले ६८८ मत ल्याएर अग्रता कामय गरेका छन्। बर्जुको वडा नं. १ मा माओवादीका श्यामकुमार गुरुङ्ले ५६३ मत ल्याएर बिजयी भए। उनीसहित वडा नं. १ बाट अन्य सदस्यको पूरै प्यानल माओवादीका केन्द्रका बिजयी भए।
घोराहीमा नरुलाल चौधरी र लमहीमा जोगराज चौधरीको अग्रता कायमै
सुरुवाती चरणबाटै अग्रता कायम गरेको नेकपा एमालेले दाङका दुई उपमहानगरपालिकामा मतान्तर फराकिलो पार्दै लगेको छ। घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २ हजार ५४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका भुपवहादुर डाँगीको मत १ हजार १ सय ८६ छ। Continue reading “घोराहीमा नरुलाल चौधरी र लमहीमा जोगराज चौधरीको अग्रता कायमै”
रामजनमको क्षेत्रमा लोकतान्त्रिक फोरमले अग्रता लियो, टीकापुरको अग्रता कायमै
नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार उनको पार्टीले अग्रता लिएको छ। यसअघि संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिइरहेका थिए। Continue reading “रामजनमको क्षेत्रमा लोकतान्त्रिक फोरमले अग्रता लियो, टीकापुरको अग्रता कायमै”
३० वटा स्थानीय तहमा थारु उम्मेदवारको अग्रता, ठूला दलसँग टक्कर लिँदै लोकतान्त्रिक फोरम
स्थानीय तह दोस्रो चरणको निर्वाचन बुधबार सम्पन्न भएको छ। निर्वाचन थरुहट क्षेत्रसहित प्रदेश नम्बर १, ५ र ७ को ३३४ तहमा भएको थियो। बिहीबारको पछिल्लो मत परिणामअनुसार ३० वटा स्थानीय तहमा थारु समुदायका उम्मेदवारले अग्रता लिएका छन्। जसमध्ये १७ जना मेयर/प्रमुख छन् भने १७ जनै उपमेयर/उप्रमुख छन्। Continue reading “३० वटा स्थानीय तहमा थारु उम्मेदवारको अग्रता, ठूला दलसँग टक्कर लिँदै लोकतान्त्रिक फोरम”
टीकापुरमा अग्रता बढाउँदै नेपाल लोकतान्त्रिक फोरमका लौटन र सुदेशनी चौधरी
टीकापुर नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार लौटन चौधरीले १०३० मत पाएका छन्। लोकतान्त्रिक फोरमले टीकापुरमा उपमेयर पदमा पनि अग्रता लिएको छ। उपमेयरका उम्मेदवार सुदेशनी चौधरीले ९८० मत प्राप्त गरेकी छन्। Continue reading “टीकापुरमा अग्रता बढाउँदै नेपाल लोकतान्त्रिक फोरमका लौटन र सुदेशनी चौधरी”