चकमेली साहित्यिक शृङ्खला उसरल

सागर कुश्मी/धनगढी।

थारु भाषा साहित्यहे नियमित मासिक साहित्यिक शृङ्खला भाग ४ चकमेली बजार धनगढीमे उसरल बा । थारु युवा श्रष्टाके सक्रिय सहभागिता होके टमान विधाके साहित्य वाचन करके साहित्य शृङ्खला उसरल हो । कार्यक्रममे जंग्रार साहित्यिक बखेरीके संयोजक सोम डेमनडौरा फोन मार्फत आपन डम्डार रचना वाचन करले रहिट । उहाँ आपन श्रृङ्गारिक मुक्तक सुनाके कार्यक्रमहे चौकस बनैले रहिट । Continue reading “चकमेली साहित्यिक शृङ्खला उसरल”

थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सर्वहारीलाई पितृशोक

थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवं अन्नपूर्ण न्युज टुडेका समाचार सम्पादक कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनका पिता टीकाराम चौधरीको ६२ वर्षको उमेर शुक्रबार साँझ निधन भएको हो। उनी मुटुरोगले ग्रसित थिए।  Continue reading “थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सर्वहारीलाई पितृशोक”

टीकापुर पीडितलाई सरकारको क्षतिपूर्ति : रेशम चौधरीलाई १ करोड ७४ लाख, सांसद चौधरीलाई ५० लाख

लखन चौधरी/कैलाली।
जिल्ला प्रशासन कार्यालय कैलाली शुक्रबारदेखि टीकापुर घटनाका आगजनी पीडितहरुलाई राहत क्षतिपुर्ति रकम वितरण सुरु गरेको छ।
इलाका प्रशासन कार्यालयमार्फत पहिलो दिन ४० जना पीडित परिवारलाई रकम वितरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। Continue reading “टीकापुर पीडितलाई सरकारको क्षतिपूर्ति : रेशम चौधरीलाई १ करोड ७४ लाख, सांसद चौधरीलाई ५० लाख”

झुम्कामा थारु भाषाको तीन दिने रेडियो उद्घोषण तालिम सुरु

सुनिल चौधरी/झुम्का।
थारु पत्रकार उत्पादन गर्ने उद्देश्यले थारु पत्रकार संघ सुनसरीले रामधुनीको झुम्कामा तीन दिने रेडियो उद्घोष तालिम सुरु गरेको छ । थारु समुदायको कला संस्कृति, भेषभुसा मिडियामा आउन नसकेको अवस्थामा संघले प्रारम्भिक चरणमा रेडियो उद्घोष तालिम सुरु गरेको हो ।
थारु भाषामै उद्घोष कला सिपका लागि रामधुनी, इटहरी, इनरुवा, बक्लौरीलगायत ठाउँबाट ४० जना सहभागी छन् । तालिममा बढी महिलाहरुको सहभागिता छ । आफ्नै भाषामा उद्घोषण तालिम लिन पाउँदा उत्साहित हुँदै सहभागीहरुले सञ्चार क्षेत्रमै कार्यक्षेत्र बनाउने बताएका छन् । उद्घोषण गर्न रेडियोमा थारु कार्यक्रम सञ्चालकहरु कुलदिप चौधरी, सुनिल चौधरी, एलएन गच्छदार, धिरेन्द्र चौधरी र कानुन ब्यवसायी रामराज चौधरीले उनीहरुलाई प्रशिक्षण दिनेछन् । Continue reading “झुम्कामा थारु भाषाको तीन दिने रेडियो उद्घोषण तालिम सुरु”

राजपाले चुनाव बहिस्कारको आन्दोलन जारी राख्ने, असार ४ गते बन्दको घोषणा

राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ । राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो । Continue reading “राजपाले चुनाव बहिस्कारको आन्दोलन जारी राख्ने, असार ४ गते बन्दको घोषणा”

गच्छदार पार्टीले टुंग्यायो कैलालीको उम्मेदवार, टीकपुरको मेयरमा लौटन चौधरी

राम दहित/कैलाली।

नेपाल लोकतान्त्रिक फोरमले कैलालीमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीका सअअध्यक्ष भानुराम चौधरीलगायत नेताहरुले कैलालीको १३ तहमध्ये ११ वटामा उम्मेदवारको टुंगो लगाएको हो। असार १४ गते हुने चुनावको लागि पार्टीले धनगढी उपमहानगरपालिकाको मेयरमा प्रेम विसी र उपमेयरमा दुर्गा कुस्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। Continue reading “गच्छदार पार्टीले टुंग्यायो कैलालीको उम्मेदवार, टीकपुरको मेयरमा लौटन चौधरी”

एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गरेको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए । Continue reading “एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट”

गंगासागर चौधरीको हत्या र गोलीकाण्डबारे उब्जिएका प्रश्न

कारी महतो/चितवन
भरतपुर महानगरपालिका वडा नं. २५ मा जेठ ४ गते राति भएको लुटपाट र गोलीकाण्डमा संलग्न दुई जनाविरुद्ध आज चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा मृतककी आमा सहुनी कुमारी थरुनीले जाहेरी दिएकी हुन्। घटनामा संलग्न भई अपराध गरेको आरोपमा भरतपुर नगरपालिका वडा नं. २७ का अन्दाजी ३८ वर्षीय कृष्ण परियार र रुरु नगरपालिका वडा नं. २ का अन्दाजी २० वर्षीय सितल सुनार भनिने झक बहादुर सुनारलाई जाहेरीवालाले मुद्दा दर्ता गराएकी हुन्। Continue reading “गंगासागर चौधरीको हत्या र गोलीकाण्डबारे उब्जिएका प्रश्न”

कांग्रेसका महासमिति सदस्य ललन चौधरी माओवादीमा प्रवेश

नेपाली कांग्रेसका महासमिति सदस्य ललन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार पूर्वप्रधानमन्त्री एवं मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा एक कार्यक्रमबीच चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । चौधरी कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय खेलकूद विभागको नेता हुन् ।

उनी २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर मानिन्छन् । जनकपुर क्षेत्रमा जिउँदो सहिदको नामले चिनिने चौधरी ‘माओवादी नीति र प्रचण्डको नेतृत्व क्षमताबाट प्रभावित भएर आफू माओवादी केन्द्रमा प्रवेश गरेको’बताएका दाहालको सचिवालयले जनाएको छ ।

माओवादीमा प्रवेश गराउादै माओवादी केन्द्रका अध्यक्ष दाहालले ललन चौधरीको माओवादी आन्दोलनमा प्रवेशले जनकपुर क्षेत्रमा नयाँ उत्साह र गति पैदा गर्ने विश्वास व्यक्त गरे । चौधरीले लोकतान्त्रिक आन्दोलनका क्रममा पाँच वर्ष लामो जेल जीवन बिताएका थिए ।

दुई नम्बर प्रदेशको निर्वाचन स्थगित, १, ५ र ७ मा असार १४ मै हुने

सरकारले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने भएको छ। सत्तारुढ दल र राजपाबीच बिहिबार सिंहदरबारमा भएको छलफलपछि दुई नम्बर प्रदेशमा आगामी १४ गते हुने निर्वाचन स्थगित भएको हो। Continue reading “दुई नम्बर प्रदेशको निर्वाचन स्थगित, १, ५ र ७ मा असार १४ मै हुने”