विश्व सिकलसेल दिवस : कैलालीबाट २ सय ८७ जनाले लिए सिकलसेलको सिफारिस

उन्नति चौधरी/धनगढी।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले २ सय ८७ जना बिरामीलाई सिकलसेल प्रभावितको सिफारिस दिएको बताइएको छ। विश्व सिकलसेल दिवसको अवसरमा सोमबार धनगढीमा सिकलसेल नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरक्षक कैलाश चौधरीले सो तथ्यांक सार्वजनिक गरेका हुन्। Continue reading “विश्व सिकलसेल दिवस : कैलालीबाट २ सय ८७ जनाले लिए सिकलसेलको सिफारिस”

पाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी

भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको अन्तरमा पराजित गर्दै उपाधि जितेको हो। यससँगै पाकिस्तानले समूह चरणमा बेहोरेको १ सय २४ रनको हारको बदला समेत लिएको छ। Continue reading “पाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी”

कपिलवस्तुमा बम विस्फोट हुँदा दुई थारुसहित ८ जना घाइते

कपिलवस्तुको वाणगंगा नगरपालिकाको गजेहडामा अज्ञात समूहले एक शक्तिशाली बम विस्फोट गराएको छ। वाणगंगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय देखि डेढसय मिटर पर गजेहडा चोकमा दिउसो साढे १ बजे बम विस्फोट भएको थियो। Continue reading “कपिलवस्तुमा बम विस्फोट हुँदा दुई थारुसहित ८ जना घाइते”

थाकस देउखुरीका सल्लाहकार चौधरीको निधन

साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनको बुबा टीकाराम चौधरीको ६४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो। २०१० कात्तिक १२ गते हालको लमही नपा–४, छुटकी घुम्ना, देउखुरीमा जन्मनु भएको उनलाई मुटु र दमको समस्या थियो। Continue reading “थाकस देउखुरीका सल्लाहकार चौधरीको निधन”

कैलाली, कपिलवस्तु र सप्तरीबाट राजपाका थारु नेताहरु पक्राउ

चुनावलाई सक्रिय बहिस्कारको गरेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले आइतवारको उम्मेदवारी मनोनयन विथोल्ने उदेश्यले गरको बन्दका क्रममा बिभिन्नबाट पक्राउ परेका छन्। राजपा आफैँले आइतवार बिज्ञप्ति जारी गरी विभिन्न जिल्लाहरुबाट ४ सय ५८ जना पक्राउ गरिएको जनाएको छ। Continue reading “कैलाली, कपिलवस्तु र सप्तरीबाट राजपाका थारु नेताहरु पक्राउ”

यसरी जलाइएको थियो रेशम चौधरीका रिसोर्ट, एफएम र थ्रपै थारुका घरहरु

भदौ ८ गते कर्फ्युकाबीच जलाइएका थारुका घरहरुको क्षतिपूर्ति स्वरुप सरकारले स्थानीय प्रशासनमार्फत् पीडितलाई रकम वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी कैलालीका गोविन्द रिजालले पीडितहरुलाई चेक वितरण गरेका थिए। Continue reading “यसरी जलाइएको थियो रेशम चौधरीका रिसोर्ट, एफएम र थ्रपै थारुका घरहरु”

थारु सांसदको स्वीकारोक्ति : थरुहट आन्दोलन मधेस आन्दोलनमा विलय

मधेसबाट सुरु भएको ‘एक मधेस एक प्रदेश’ आन्दोलनविरुद्ध पश्चिम तराईबाट उदाएको ‘थरूहट’ आन्दोलन अन्ततः मधेसकै आडमा निर्भर हुन पुगेको छ। नेतृत्वमा आएको ‘छिन्नभिन्न’ले अधिक कमजोर बनेको थरूहटले आफ्नो एकल आन्दोलनको सामर्थ्य पूर्णरूपमा गुमाइसकेको छ। अन्ततः ‘मधेसको आड’ उसको आन्दोलनको एकमात्रै विकल्प जस्तै बनिसकेको छ।

‘थरूहट आन्दोलन अब मधेससँगको सहकार्यबिना टुंगोमा पुग्न पक्कै सक्दैन,’ थरुहट आन्दोलनका अगुवा तथा फोरम लोकतान्त्रिकका सचेतक योगेन्द्र थारूले भने, ‘थरुहट आन्दोलनले उठाएका मुद्दाहरूको निष्कर्षमा पुग्ने हो भने मधेस आन्दोलनसँगको सहकार्य अनिवार्यजस्तै बनिसकेको छ।’

यसर्थ थरूहटले मधेसमा आन्दोलतरत राष्ट्रिय जनता पार्टी नेपाले थालेको आन्दोलनलाई जायज देखेको छ। साथै सोही आन्दोलनमा ‘विलय’ भएर मधेस आन्दोलनको आडमा आफ्ना मुद्दा स्थापित गराउने योजना थरूहटले बुनेको छ। राजपाकै अडानसरह निर्वाचनअघि ‘सहमति’ हुनुपर्ने थरूहटले पनि दुई नम्बर प्रदेशमा निर्वाचन सारिनु सकारात्मक देखेको छैन। ‘सबै समस्या समाधान गरेर निर्वाचन एकैपटक गरिनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो,’ सांसद चौधरीले भने, ‘यसर्थ राजपाले उठाएको आन्दोलनको बिषयमा थरूहट पूर्ण सहमत छ।’

थरूहटले संविधान संशोधन र स्थानीय तहको संख्या थपलाई मुख्य मागका रूपमा प्रस्तुत गरेको छ। संविधान संशोधन गरेरमात्रै निर्वाचन गरिनुपर्ने अडानलाई कायमै राखेको थरूहटले यो बिषयमा सहमति नहुँदासम्म निर्वाचनको पक्षमा जान नसकिने बताउँदै आएको छ।

यसैगरी जनसंख्याका आधारमा स्थानीय तह थप गरिनुपर्ने मुद्दालाई प्रमुख रूपमा उठाएको छ। ‘स्थानीय तह थप भयो भने स्थानीय तहका जनताका लागि हरेक दृष्टिले फलदायी हुने कुरा हो,’ थरूहट आन्दोलनकी अर्की अगुवा तथा सांसद रुक्मिणी चौधरीले प्रश्न गरिन्, ‘जनताकै हितका लागि हामीले बोलेको कुरा किन नसुन्ने? यो मुद्दा के थारू समुदायको मात्रै हो?’
तथापी यी माग पूरा गर्न थरूहट एक्लै सक्षम छैन। अन्ततः उही माग उठाउँदै आएको राजपा थरूहटको बलियो आड बनिदिएको छ। ‘उहाँ (राजपा) र थरूहटकाबीच यी मुद्दा साझा बनेका छन्,’ उनले भनिन्, ‘तर बाँकी मुद्दामा हामी फरक छौँ।’ राजपासँगको सहकार्यमा आन्दोलन गरेर थारु मुद्दा स्थापित गर्न चाहेको थरूहटले यसका लागि औपचारिक निर्णयको पहलसमेत गरिरहेको छ।

मधेस मुद्दालाई मात्रै उठान गर्दै आएका राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पनि थरूहठको मुद्दालाईसमेत उठाएर आन्दोलन गर्ने जनाउ दिनुलाई पनि मधेस आन्दोलनमा थरूहट पनि मिसिने बलियो आँकलन गर्न सकिन्छ।
कित्ताकित्तामा निर्वाचन गरेर विखण्डनको बिजारोपण गर्न खोजिएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटकी अध्यक्षसमेत रहेकी रुक्मिणीले भनिन् ‘दुई नम्बरमा मात्रै होइन, तराईको पूरै भूभागमा निर्वाचन एकैपटक गरिनुपर्छ।’
वर्तमान सरकारले थरूहटका मुद्दा सम्वोधन गर्ने लिखित सहमतिसमेत गरेको उल्लेख गर्दै त्यो सहमति कार्यान्वयनको पर्खाइमा पनि आफू रहेको बताइन्। संविधान संशोधन, स्थानीय तहको संख्या थप, तथा थरूहट आन्दोलनका पीडितलाई राहत दिएर तीन बुँदे सहमति आफूसँग भएको उनको भनाइ छ।

मधेसको निर्भरतामा रहेको थरूहट आफू विलय भएकै कारण एकल आन्दोलनबाट पूर्णरूपमा असक्षम भएको यो आन्दोलनकै अगुवा स्वयं बताउँछन्। आन्दोलनकी अगुवामध्येकी सांसद गंगा थारूले भनिन्, ‘सरकारमा जानका लागि खुट्टा उठाउँने प्रवृत्तिकै कारण थरूहट आन्दोलन विलय भएको हो।’

फोरम लोकतान्त्रिकका सचेतक योगेन्द्र चौधरीप्रति इंगित गर्दै उनले थपिन्, ‘थारू मुद्दाको कुराचाहिँ गर्ने, अनि सरकारवादी भएपछि कसरी आन्दोलन सफल बन्छ?’ एकल आन्दोलन सफल हुन नसक्ने भएकै कारण मधेश आन्दोलनसँगको सहकार्य गंगाले पनि आवश्यक देख्छिन्।

केही मुद्दा समान रहेकाले पनि आन्दोलनमा सहकार्य उपयुक्त हुने उनको बुझाइ छ। ‘उहाँहरूले सहकार्य गरेर आन्दोलनमा जाने बिषयमा पहल थाल्नु पर्थ्यो,’ गंगाले भनिन्, ‘तर मसँग अहिलेसम्म उहाँहरूले संयुक्त आन्दोलनका बिषयमा कुराकानी गर्नुभएको छैन।’

एक मधेस प्रदेशको माग राख्दै मधेसमा गरिएको आन्दोलनले तराईबासी थारूलाईसमेत मधेसमा गाभ्ने नियोजित षड्यन्त्र हुन थालेको भन्दै २०६४ देखि थरूहट आन्दोलनको उदय भएको थियो। एक मधेश प्रदेशको आन्दोलनलाई काउन्टर गर्न थरूहट क्षेत्र पश्चिम तराईबाट थरूहट स्वायत्त प्रदेशको मागसहित आन्दोलन थालिएको थियो।

नागरिक दैनिकबाट साभार

चुनावमा गएर थारु नेताहरु अधिकारविहीन संविधान स्वीकारे : लेखी

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकुमार लेखीले थारु मधेसी नेताहरु चुनावमा सहभागी भएर अधिकारविहीन संविधान स्वीकारेको बताएका छन्। राजपाको नवलपरासीमा आयोजित कार्यक्रम बिथोलिएपछि त्यसको सप्तरीमा विरोध प्रदर्शन गर्दै उनले थारु मधेसीहरु सानो सानो लोभमा परेको बताए। Continue reading “चुनावमा गएर थारु नेताहरु अधिकारविहीन संविधान स्वीकारे : लेखी”

विराटनगरको दोस्रो ठूलो शक्ति लोकतान्त्रिक फोरमले चौथो शक्ति एमालेसँग चुनावी तालमेल गर्ने

विराटनगर महानगरपालिकामा नेकपा (एमाले) र फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल हुने भएको छ। एमालेले महानगरप्रमुख र लोकतान्त्रिक फोरमले उपप्रमुख पदमा तालमेल गरेका हुन्। एमालेका तर्फबाट मेयरमा विनोद ढकाल र लोकतान्त्रिक फोरमका तर्फबाट उपमयेरमा सुची चौधरीले साझा उम्मदेवारी दिने दुई दलले औपचारिक सहमति गरेका छन् । Continue reading “विराटनगरको दोस्रो ठूलो शक्ति लोकतान्त्रिक फोरमले चौथो शक्ति एमालेसँग चुनावी तालमेल गर्ने”

थारु बाहुल जिल्ला कैलालीमा नेपाल लोकतान्त्रिक पार्टीको जनमत कति?

अविनाश चौधरी/धनगढी।

नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले मुद्दा र विचार मिल्ने पार्टीहरुसँग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुनसक्ने बताएका छन्। कैलालीको उम्मेदवार घोषणा कार्यक्रममा उनले भने, ‘तालमेल गर्नेकी भनेर नयाँ शक्तिसंग एक चरणको कुरो भएको छ। तर, निर्णय भएको छैन। मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्न सकिने केन्द्रको निर्णय रहेकाले तालमेल गर्न सकिन्छ।’ Continue reading “थारु बाहुल जिल्ला कैलालीमा नेपाल लोकतान्त्रिक पार्टीको जनमत कति?”