रेशम चौधरीको एफएम र रिसोर्टबाट इट्टासमेत लुटिँदै

फूलवारी एफएम र रिसोर्टबाट भौतिक समाग्रीहरु चोरी भएको आरोप रेशम चौधरीले लगाएका छन्। टीकापुर घटनापछि निर्वासन जीवन बिताउँदै आएका उनले त्यहाँको इट्टाहरु लुटिएको बताए। उनले दिनदहाडै इट्टा लुटिए पनि कसैले संरक्षण नगरिदिएको उल्लेख गरेका छन्। Continue reading “रेशम चौधरीको एफएम र रिसोर्टबाट इट्टासमेत लुटिँदै”

अश्चल थारु र विजय चौधरी यु-१९ विश्वकप क्रिकेटका लागि छनोट

आइसिसी यु–१९ विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको छ। आइसिसीको एसिया विकास प्रमुख बैकटपति राजु, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ टोलीका प्रशिक्षक विनोदकुमार दासले खेलाडी छनोट गरेका हुन्। Continue reading “अश्चल थारु र विजय चौधरी यु-१९ विश्वकप क्रिकेटका लागि छनोट”

थारू आयोगमा थारू समुदायकै व्यक्ति सदस्य हुने !

संघीय संविधानअनुसार ऐनविहीन रहेका ६ आयोगमा सम्बन्धित समुदायका व्यक्ति मात्रै सदस्य वा पदाधिकारी बन्न पाउने प्रस्ताव गरिएको छ। दलित, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोगमा सम्बन्धित क्षेत्र वा समुदायका व्यक्ति मात्रै पदाधिकारी रहन पाउने कानुनी व्यवस्था गर्न गृहकार्य अघि बढाइएको हो। Continue reading “थारू आयोगमा थारू समुदायकै व्यक्ति सदस्य हुने !”

नाइटिङ्गेल स्कुलमा विद्यार्थीहरुले देखाए प्रतिभा

ललितपुरको कुपण्डोलमा क्षेत्रस्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको हो। Continue reading “नाइटिङ्गेल स्कुलमा विद्यार्थीहरुले देखाए प्रतिभा”

जोखन रत्गैयाँ, एक थारू योद्धा

मदन चौधरी।
वि.सं २०५९ साल जेठ २९ गते। साँझको समय। कैलालीको लालबोझी गाउँलाई शाही सेनाले एकाएक नियन्त्रणमा लियो। शाही सेनाले घेराबन्दी गरेपछि जोखन रत्गैयाँ थारू अलमलमा परे। उनी घेराबन्दी तोड्ने अनेकन जुक्ति निकाले। बहुसंख्यक सेनाको अगाडि उनको कुनै जुक्तिले काम गरेन। तर उनी समर्पण गर्ने मनसाय पनि बनाएनन्। दुश्मनका अगाडि कहिल्यै झुक्न नजानेका उनी शाही सेनाको घेराबन्दी तोड्ने प्रयास गरे। त्यसैबेला उनीमाथि सेनाको निशाना सोझियो।  उनको प्राणपखेरु उड्यो। Continue reading “जोखन रत्गैयाँ, एक थारू योद्धा”

चुनाव बिथोल्न राजपाद्वारा आम हड्तालसहित आन्दोलन घोषणा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।

उम्मेद्वारहरूकाे मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएकाे छ । त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएकाे छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न अाइतबार बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए । तर, सरकारले मागहरु पूरा गरेको खण्डमा आफूहरु सहमतिमा आउन तयार रहेको राजपा नेता महतोले संकेत गरे ।

आइतबार बिजुली बजारमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा महतोले भने-‘ हामी परिस्थिस्थितिलाई हेरि राखेका छौं, अब वार्ता कति गरीराख्ने ? सरकारले हाम्रा मागहरु पूरा गरोस् ।’ राजपा नेता जितेन्द्र सोनलले अान्दोलनका कार्यक्रमहरू पत्रकारलार्इ वाचन गरेर सुनाएका थिए ।

अत्यन्तै छोटो पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ राजेन्द्र महतोले दिए भने महन्थ ठाकुर खासै बोलेनन् । पत्रकार सम्मेलनमा नेताहरू केही गम्भीर र हतास मुद्रामा देखिएका थिए ।

राजपा चुनावमा सहभागी भए २ नम्बर प्रदेशको चुनाव सार्न सकिन्छ : गच्छदार

उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् । आइतबार बिराटनगर विमानस्थलमा पत्रकारुहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले तेस्रो चरणमा चुनाव गर्न सकिने संकेत गरेका हुन् । तर, यसका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक पर्ने उनले बताए ।

राजपालाई चुनावमा भाग लिने वातावरण तयार गर्न प्राविधिक र कानुनी कुराहरुलाई परिमार्जन गर्न सरकार तयार रहेको उनले बताए । राजपा चुनावमा भाग लिने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशको हकमा तेस्रो चरणमा चुनाव गराउने सम्भावना रहने उनले बताए ।

तर, दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गराउनका लागि सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने गच्छदारले संकेत गरे । स्थानीय तहको संख्या बढाउने विषयमा सर्वोच्च अदालतमा परेको निवेदनमाथि अदालतले सम्वोधन गरेको खण्डमा मात्रै २ नम्बर प्रदेशको चुनाव सार्न सकिने उनको भनाइ छ ।

स्थानीय तहको संख्या थप गर्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेकाले राजपाले भनेजस्तो गरी तत्कालै यस विषयमा निर्णय लिन नसकिने गच्छदारले बताए । सीमांकनको विषयमा पनि अदालतले निर्णय दिएमात्रै केही गर्न सकिने उनको भनाइ छ ।

उपप्रधानमन्त्री गच्छदारले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको हकमा भने राजपाले भनेजसरी चुनावको मिति सार्न असम्भव रहेको बताए ।

स्नेही राजकुमारी चन्द्रालाई सलहेशको प्रेम पत्र

मुना चौधरी।

स्नेही राजकुमारी चन्द्रा !

संसारमा जन्मिनु दु:ख हो । यो संसार नै एउटा दु:खको सागर हो । संसारमा भएका दु:खहरू तिमीलाई कम लाग्यो र! तिमीले अर्को दु:ख प्रेममा डुबुल्कि मार्न खोज्यौ ? प्रेम शरीरबाट होस् कि आत्माबाट प्रेम जहाँ जुन रूपले भए पनि आत्मा दुख्नुका साथै हाम्रा इन्द्रीयहरूले दु:ख पाउँछन् । Continue reading “स्नेही राजकुमारी चन्द्रालाई सलहेशको प्रेम पत्र”

बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको निधन

नागेन्द्र चौधरी/बारा।

बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको कलैयास्थित आफ्नै निवासमा निधन भएको हो। Continue reading “बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको निधन”

एपीएफलाई केएनपीको उपाधि, सरस्वती चौधरी बेस्ट प्लेयर घोषित

न्युडायमण्ड एकेडेमीलाई हराउँदै एपीएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भयो । Continue reading “एपीएफलाई केएनपीको उपाधि, सरस्वती चौधरी बेस्ट प्लेयर घोषित”