थरुहट नेता मीनराज चौधरीले थरुहट आन्दोलनमा आधारित किताब सार्वजनिक गर्ने भएका छन्। उनीद्वारा लिखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धी’नामक किताब बिहीबार राजधानीमा विमोचन हुनेछ। Continue reading “मीनराज चौधरीको ‘थरुहट आन्दोलन’ किताब लोकार्पण हुने”
Author: admin
नयाँ शक्तिका गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरीमाथि सांघातिक आक्रमण
नयाँ शक्ति पार्टी नेपालको तर्फबाट दाङको राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मा माथि सोमबार राति सांघातिक आक्रमण भएको छ। Continue reading “नयाँ शक्तिका गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरीमाथि सांघातिक आक्रमण”
जेब्रा क्रसिङमै मारिइन् २३ वर्षीया रविना चौधरी
जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला बसले ठक्कर दिँदा राजधानीको बसुन्धारामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी निवासी २३ वर्षीया रविना चौधरी रहेको प्रहरीले जनाएको छ। Continue reading “जेब्रा क्रसिङमै मारिइन् २३ वर्षीया रविना चौधरी”
चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, शेरबहादुर आज प्रधानमन्त्री बन्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका-संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ। सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए। Continue reading “चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, शेरबहादुर आज प्रधानमन्त्री बन्ने”
आमा, मलाई नमार ! (पाठक पत्र)
संसार कस्तो रहेछ यही सोच राखेर संसारमा आउने चाहना राखेर मायालु जोडी रोजेकी थिएँ। उनमा माया ममता धेरै देखेँ मैले। सबैलाई माया गर्ने यो जोडीलाई देख्दा लाग्थ्यो, यो जोडीको कोखबाट यी दुईको मायाको चिनो भएर धर्तीमा पाइला टेकुँ। मेरा आखाँले यो जोडीलाई पहिलोपटक नमन गर्नेछु। अनि आफ्नो बनाउनेछु। यी दुईको जोडीलाई झनै कसिलो बनाइदिनेछु। Continue reading “आमा, मलाई नमार ! (पाठक पत्र)”
कपिलवस्तुमा २१ वर्षीया शिवकुमारी थारु बनिन् ‘सेलिब्रिटी उम्मेदवार’
जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर भएपछि नगरमा उनको चर्चाले चुनावी माहौल फेरिएको छ । एमालेले शिवराज नगरपालिकाको मेयरमा जिल्लाका बरिष्ठ नेता नेत्रराज अधिकारीलाई उम्मेदवार बनाएको छ । Continue reading “कपिलवस्तुमा २१ वर्षीया शिवकुमारी थारु बनिन् ‘सेलिब्रिटी उम्मेदवार’”
प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको उम्मदेवारी दर्ता
नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन्। सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छन्। Continue reading “प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको उम्मदेवारी दर्ता”
सञ्चार क्षेत्रमा नयाँ भविस्य खोज्दै पत्रकार सन्तकुमार चौधरी
कारी महतो/चितवन।
चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि. सञ्चालनमा ल्याएका छन्। पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा रहेको फेवा विकास बैंकसँगैको भित्रि सटरमा उनले सो मिडिया प्रा.लि.को अफिस एक हप्ता अगाडि मात्र उद्घािटन गरेका हुन्। पूर्वी चितवनका पत्रकारहरुको आग्रहबमोजिम उनले भरतपुरमा कार्यालय स्थापना गरी पूर्वी चितवनमै राखेका छन्।
हालः उनले त्यहीँबाटै टेलिभिजन कार्यक्रमहरु उत्पादन, इडिटिङ, मिक्सिङ जस्ता कामहरु गर्ने गरेका छन्। त्यसो त उनी गैंडाकोटमा रहेको मुकुन्दसेन टेलिभिजनमा स्टेशन मेनेजरको रुपमा काम गर्नुका साथै काठमाडौंबाट सञ्चालनमा आएको जनता टेलिभिजनको चितवन ब्युरो प्रमुखको रुपमा काम गरिरहेका छन्। त्यस अगाडि उनी न्युज २४ मा चितवन ब्युरो प्रमुख र नेपाल वानको दिल्लीस्थित मुख्य कार्यालयमा रहेर काम गरेको अनुभव छ।
स्थानीय टेलिभिजन तथा पत्रपत्रिकाहरुमा समेत काम गरेको राम्रो अनुभव छ यिनीसँग। पन्ध्र वर्ष अगाडि चितवनको पारदर्शी दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार चौधरीको आफ्नै प्रकाशनमा नारायणी सेरोफेरो साप्ताहिक पत्रिकाको प्रधान सम्पादक भएर काम गरे। अबका दिनमा मिडिया क्षेत्रमा रुचि राख्ने तथा केहि गर्न चाहने युवाहरुलाई सहयोग गर्नका लागि आफ्नै लगानीमा प्राइम ब्रोडकास्टीङ मिडिया प्रालि सञ्चालनमा ल्याएका हुन्।
निकट भविष्यमा टेलिभिजन, एफएम, अनलाइन मिडिया सञ्चालन लगायत पत्रपत्रिका प्रकाशन गर्ने उद्देश्यले कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरेर सञ्चारक्षेत्रलाई व्यवसायिक बनाउने अभियानमा जुटेका छन्। प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि.का लागि पत्रकार सन्तकुमार चौधरी हाल ठूला लगानीकर्ताको खोजीमा रहेका छन्। उनी भन्छन्, ‘म एक्लो ज्यान त जहाँ पनि काम पाउन सक्छु तर अहिले सम्मको अनुभव आफ्नो लागि मात्र प्रयोग नगरी अन्य युवाहरुका लागि पनि केहि गर्ने प्लेटफर्म बनाउने र केही युवाहरुलाई रोजगारी दिने गरी केहि गर्नुपर्छ भन्ने भावनाले मिडिया प्रा लि स्थापना गरेको हुँ।’
पत्रकार चौधरी समाचार लेखनमा अब्बल छन्। खोजी समाचार लेख्नमा बढी रुचि राख्ने गर्छन्। लेखनसँगै समाचारवाचन, अन्तरवार्ता लिनु, कार्यालयको आन्तरिक व्यवस्थापनमा जुटनु उनको दैनिकी बनेको छ। उसो त उनी समाचार लेखनसँगै भिजुअल मिडियामा बढी जानकार छन्। भिजुअल सम्पादनमा समेत उनको राम्रो ज्ञान छ। भिजुअल मिडियामा राम्रो ज्ञानभएरपनि आर्थीक अभावका कारण उनले आफ्ना दर्शनलाई प्रयोगमा ल्याउन सकेका छैनन्।
लगानीकर्ताको अभावमा हाल उनी प्राइम ब्रोडकास्टीङ मिडिया प्रालिवाट टिभी कार्यक्रमहरु उत्पादनलाई प्राथमिकतामा राखेपनि त्यो बाहेक बृत्तचित्र निर्माण, टेलिसिरियल सम्पादन लगायतका काम समेत गर्ने गरेका छन्। गुणस्तरिय प्रविधिको प्रयोगलाई बढावा दिँदै आएका पत्रकार चौधरीले स्वदेशमै रोजगारीको सम्भावना देखेका छन्। पछिल्लो पटक च्याउँ झै उमि्रदै गएको संचारगृहको विषयमा भने उनको प्रतिकृया बेग्लै छ। संचारको विषयमा ज्ञान नभएकाले पनि संचारक्षेत्रमा थोरै लगानी गरेर मालिक बन्ने परिपार्टीले न संचारगृह फस्टायो न त संचारकर्मीहरु व्यवसायीक नै बन्न सके। लामो समयको अनुभव पछि मिडिया प्रालि दर्ता गरेर संचारमा भविस्य खोज्न थालेका चितवनका पुराना पत्रकार सन्तकुमार चौधरीलाई ठूला लगानीकर्ताहरुको सहयोग आवश्यक छ। उनले सोचे जस्तै लगानीकर्ता भेट्न सके कम्तीमा ५० भन्दाबढी युवाहरुले स्वदेशमै रोजगारी पाउने उनको दाबी छ।
मिस नेपालको स्टेजमा वर्षा लेखी [फोटो फिचर]
मिस नेपाल इन्टरनेशन २०१६ की विजेता वर्षा लेखीले यसवर्षकी मिस इन्टरनेशनल निती शाहलाई क्राउन लगाइदिएकी छन्। Continue reading “मिस नेपालको स्टेजमा वर्षा लेखी [फोटो फिचर]”
निकिता चन्दकले जितिन् मिस नेपालको ताज
यस वर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्। उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्। Continue reading “निकिता चन्दकले जितिन् मिस नेपालको ताज”