दाङमा थारु समुदायको मत निर्णायक, माओवादी र एमालेका थारु उम्मेदवार धेरै

स्थानीय तह निर्वाचनमा जिल्लाको आदिवासी समुदायका रुपमा रहेका थारुहरुको मत निर्णायक हुने देखिएको छ । दाङमा २९ प्रतिशत अर्थात एक लाख ६३ हजार एक सय १६ थारुहरु रहेका छन् । जिल्लामा खासगरी १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको देउखुरी क्षेत्रमा रहेका राप्ती, गढवा र लमही नगरपालिका एवं ३ र ४ नम्बर निर्वाचन क्षेत्रका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाँउपालिकामा थारुको सघन बस्ती रहेको छ । Continue reading “दाङमा थारु समुदायको मत निर्णायक, माओवादी र एमालेका थारु उम्मेदवार धेरै”

प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार

दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । Continue reading “प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार”

एमालेले पनि च्यातेको थियो मतपत्र

स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको छ। निर्वाचन आयोगले के गर्ने भन्नेबारे निर्णय लिन सकेको छैन। मतगणना मतपत्र च्यातिएपछि विवाद भएको यो नै पहिलो पटक होइन।

२०५४ सालको स्थानीय निर्वाचनमा यहाँको साबिक अमलाचौर गाविस (हालको बानपा-१२) मा मतगणना हुँदै गर्दा एमाले प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो। काँग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको उक्त निर्वाचनमा चुनाव हार्ने निश्चित भएपछि एमाले प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो।

शुरुमा अग्रता कायम गरेको एमाले अन्तिम समयमा हार्ने निश्चित देखिएपछि एमाले बुथ प्रतिनिधिले मतपत्र च्यातेको तत्कालीन समयमा राष्ट्रिय जनमोर्चाबाट गाविस अध्यक्ष उम्मेदवार बनेका डिल्लीप्रसाद शर्मा बताउँछन्। ‘म त अलि पछि नै थिएँ, एमाले र काँग्रेसबीच प्रतिस्पर्धा थियो,’ शर्माले भने, ‘अन्य सबै वडाको मतगणना सकिएपछि ७ नम्बर वडाको मतपत्र छुट्याएर चाँङ लगाउँदा एमालेले हार्ने देखिएपछि एमालेले मतपत्र च्यातेको थियो।’

तत्कालिन समयमा एमालेका तर्फबाट गाविस अध्यक्षका उम्मेदवार बनेका खेमप्रकाश पाठकका भाइ एवं हाल एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकले त्यतिबेला मतपत्र च्यातेको काँग्रेसका अध्यक्ष उम्मेदवार कोपिलामणि शर्माले नागरिकन्युजलाई बताए।

‘६ नम्बर वडाको मत गनेर सकिँदा एमाले र मेरो मत लगभग बराबर जस्तै थियो, करिब २ सय ५० हाराहारीमा मत गन्न बाँकी थियो,’ उनले भने, ‘अन्तिम वडा ७ नम्बरको मत गन्न शुरु गर्दा मैले जित्ने पक्का देखियो। एमालेले मतपत्र च्यातेपछि पुनः मतदान भयो।’ एमाले नेता बामदेव गौतम गृहमन्त्री भएको हुँदा प्रहरीले मतपत्र च्यात्नेलाई समात्ने प्रयासम्म पनि गरेन,’ उनले थपे।

त्यतीखेर मतगणना सम्पन्न भएको वडाहरु पनि पुनः मतदान भएको थियो। ‘नाम याद भएन, तत्कालिन तथ्याङ्क कार्यालय बाग्लुङका हाकिम निर्वाचन अधिकृत हुनुहुन्थ्यो,’ उनले भने, ‘मतगणना सकिएर नजिता सार्वजनिक भएको वडाहरुको पनि घोषणा नै नगरी निर्वाचन अधिकृत हिँडेपछि सबै वडामा फेरि मतदान भएको थियो।’

पहिलो पटक मतगणना बिथोलिएपछि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरी पुनः शुरु गरिएको थियो। जिल्लामा राष्ट्रिय जनमोर्चाको दबदबा भएको समयमा पुनः मतदान हुने भएपछि नेपाली काँग्रेसले एमालेसँग तालमेल गरेको थियो। ‘दुई नम्बर क्षेत्रमा राजमोको बिगबिगी भएकाले पार्टीले एमालेसँग तालमेल गर्ने निर्णय गर्यो, मैले उम्मेदवारी दिइनँ, दोस्रो पटक निर्वाचन भएपछि एमालेले चुनाव जित्यो,’ उनले भने।

पुनः भएको मतदानबाट एमालेका खेमप्रकाश शर्माले राष्ट्रिय जनमोर्चाका डिल्लीप्रसाद शर्मालाई २ सय ५० बढी मत अन्तरले पराजित भएका थिए।

नागरिकन्युजबाट साभार

भारतीय एसएसबीद्वारा केशव दहित र अन्तराम थारुलाई पक्राउ गरी जेल चलान

करिब साताअघि घरायसी सामान खरिद गर्न गएका दुई नेपाली युवालाई एसएसबीले पक्राउ गरी जेल चलान गरेको छ । झुठो मुद्दामा फसाएर जेल चलान गरेको भन्दै कुसुम्बाबजारका उद्योगी व्यवसायीले आपत्ती जनाउँदै रिहाईको माग गरेका छन् । Continue reading “भारतीय एसएसबीद्वारा केशव दहित र अन्तराम थारुलाई पक्राउ गरी जेल चलान”

तराईका दुई ठूला सहर वीरगन्ज र बिराटनगर महानगरपालिका घोषणा

सरकारले बिराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिराटनगर र वीरगञ्ज उपमहागरलाई महानगरमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।  Continue reading “तराईका दुई ठूला सहर वीरगन्ज र बिराटनगर महानगरपालिका घोषणा”

जेठ १८ र १९ गत्ते आह्वान गरिएको मधेस-थरुहट बन्द स्थगित

दोस्रो चरणको घोषित निर्वाचनको मिति पर धकेलिएपछि राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। राजपाले उम्मेदवारी दर्ता प्रभावित पार्न १८ र १९ गत्ते आह्वान गरेको बन्दको कार्यक्रम पनि स्थागित गरिएको नेता मनिष सुमनले जानकारी दिए। आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस-थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो। Continue reading “जेठ १८ र १९ गत्ते आह्वान गरिएको मधेस-थरुहट बन्द स्थगित”

स्वेता चौधरीको कारुणिक कथा, जसले सिंगो परिवार उपचार गराउँदैछिन्

आर्थिक अभावमा बाँच्न बाध्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै सरकारले गरिबका लागि ल्याएको निःशुल्क स्वास्थ्य सुविधाबाट परिवार नै वञ्चित भएका छन् । गरिबको ‘परिचयपत्र समयमै हात नपर्दा विपन्न परिवारले निःशुल्क सरकारी स्वास्थ्य सुविधा नपाएका भन्ने कुरा पनि नआएका हैनन् । Continue reading “स्वेता चौधरीको कारुणिक कथा, जसले सिंगो परिवार उपचार गराउँदैछिन्”

दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक, असार २ गते उम्मेदवार मनोनयन

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मितिमाथि बहस चलिरहँदा निर्वाचन आयोगले दोस्रो चरणको कार्यतालिका सार्वजनिक गरेको छ। संयोग नै मान्नुपर्छ दोस्रो चरणको कार्यतालिका सार्वजनिक हुँदा चुनावविरुद्ध उभिएको राष्ट्रिय जनता दलले बन्दका कार्यक्रम फिर्ता लिएको छ। Continue reading “दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक, असार २ गते उम्मेदवार मनोनयन”

काबुलमा आत्मघाति बम बिस्फोट, पाँच नेपाली घाइते

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। Continue reading “काबुलमा आत्मघाति बम बिस्फोट, पाँच नेपाली घाइते”

एमालेद्वारा बिहीबार चितनव बन्दको घोषणा

भतरपुर महानगरपालिकाको मतगणना सुचारु गर्न माग गर्दै नेकपा एमाले चितवनले बिहीबार जिल्ला बन्दको आह्वान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै एमाले चितवनले तत्काल मतगणना सुचारु गर्न दवाब दिने उद्देश्यले बन्द आह्वान गरेको जनाएको छ । Continue reading “एमालेद्वारा बिहीबार चितनव बन्दको घोषणा”