नश्लवादी मिडियाहरुले रमदैया, पार्वतीहरुको आँशु किन देख्दैनन्? [विचार]

इन्द्रेणी थारु
टिकापुर घटना आफैँमा दुःखद घटना हो, अत्यन्त दुःखद घटना। टिकापुर घटनालाई केवल घटनाको रुपमा मात्रै लिइनु हुँदैन, दुर्घटना मान्नुपर्ने हुन्छ जबसम्म नेपालको सम्माननीय अदालतले टिकापुर घटना सुनियोजित रुपमा घटाइएको हो भनि पुष्टि गर्दैन वा फैसला गर्दैन। २०७२ भदौ ७ गते घटेको टिकापुर घटना झण्डै २ वर्ष पुग्न लागिसक्यो, आजसम्म अदालतले कसैलाई दोषी भनि फैसला गर्न सकेको छैन। तर आफ्नो काम कर्तव्य बिर्सिएर मनगढन्ते रुपमा केही एकपक्षीय मिडियाहरुले थुनामा बन्दी जीवन बिताइरहेकाहरुलाई दोषी भनि हल्ला पिटिरहेका छन्। अदालतले नगरेको फैसला आफैँले गर्दैछन्। केही यस्ता मिडियाहरुको चर्तिकला देखेर थोरै हाँसोसहित कम्ती रिस उठ्दैन धेरैलाई। Continue reading “नश्लवादी मिडियाहरुले रमदैया, पार्वतीहरुको आँशु किन देख्दैनन्? [विचार]”

नेपालको राजनीतिक आन्तरिक भएको भन्दै भारतीय राजदूतले टिप्पणी गर्न मानेनन्

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको राजनीतिप्रति कुनै टिप्पणी नगर्ने बताएका छन् । नेपालको राजनीतिक आन्तरिक मामिला भएको भन्दै उनले यसमा आफू बोल्न नमिल्ने बताए । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजदूत पुरीले भने, ‘नेपालको राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिनँ ।’ Continue reading “नेपालको राजनीतिक आन्तरिक भएको भन्दै भारतीय राजदूतले टिप्पणी गर्न मानेनन्”

प्रधानमन्त्री दाहालद्वारा राजीनामा, नैतिकताको खडेरी तोड्ने दृढ संकल्प

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे ।  Continue reading “प्रधानमन्त्री दाहालद्वारा राजीनामा, नैतिकताको खडेरी तोड्ने दृढ संकल्प”

‘तोहर बोली बा मोटइल’मा कृष्ण र रीमा चौधरीको रोमान्स

थारु फिल्म भौंराको अर्को गीत पनि सार्वजनिक भएको छ। नन्दुराज चौधरीले निर्माण गरेको फिल्मको तोहर बोली बा मोटइल शीर्षक गीत सार्वजनिक भएको हो। रामकुमार कठरिया र समीक्षा चौधरीको स्वर रहेको गीतमा शब्द र संगीत रामकुमार कठरियाले नै दिएका छन्। चम्पन साँस्कृति सांस्कृतिक समूहको यो पहिलो कथानक फिल्म हो।

आन्दोलन गर्ने कि चुनावमा जाने भन्दै राजपा अन्योलमा

मधेसमा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयबारे राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद देखिएको छ । स्थानीय तहको संख्या आफूले मागेजति नबढे पनि दोस्रो चरणको चुनावमा भाग लिनुपर्ने एकथरी नेताको अडान छ भने अर्काथरी यो निर्णय कार्यान्वयनमा आशंका गर्दै आन्दोलनमा जानुपर्ने जिकिर गरिरहेका छन् । Continue reading “आन्दोलन गर्ने कि चुनावमा जाने भन्दै राजपा अन्योलमा”

कञ्चनपुरमा राना थारु समुदायकी १२ वर्षीया बालिका बालत्कृत

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए । Continue reading “कञ्चनपुरमा राना थारु समुदायकी १२ वर्षीया बालिका बालत्कृत”

ट्रकको ठक्करबाट बुद्धिराज चौधरीको मृत्यु

मंगलबार साँझ साँढे ६ बजेतिर कोहलपुर चप्परगौडीमा ट्रकको ठक्कबाट एक वृद्धको मृत्यु भएको छ। कोहलपुरबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख ८६०७ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर खड्गवारका ५० बर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको हो। Continue reading “ट्रकको ठक्करबाट बुद्धिराज चौधरीको मृत्यु”

टीकापुर घटना राजनीतिक होइन भने देउवा, ओली र दाहाललाई पनि जेल हाल : लेखी

राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखीले प्रमुख दलका शीर्ष नेताहरुलाई जेल हाल्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा प्रेस मञ्च नेपालले गरेको पत्रकार सम्मेलनमा लेखीले यस्तो बताएका हुन्। Continue reading “टीकापुर घटना राजनीतिक होइन भने देउवा, ओली र दाहाललाई पनि जेल हाल : लेखी”

कांग्रेस, एमाले, माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरममा प्रवेश

बर्दियाको विभिन्न क्षेत्रमा रहेका एमाले, कांग्रेस र माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका छन्। बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा उनीहरुलाई मीनराज चौधरीलगायत केन्द्रीय नेताहरुले पार्टी प्रवेश गराएका थिए। Continue reading “कांग्रेस, एमाले, माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरममा प्रवेश”

निर्वाचित भएकै दिन लालमणि चौधरीले गरे सरसफाई

खैरहनी नगरपालिकाको मेयरमा निर्वाचित लालमणी चौधरी, उपमेयर सुनिता थपलियासहित कार्यकर्ताहरुले खैरहनी माध्यमिक विद्यालयको परिसर सरसफाई गरेका छन् । निर्वाचनदेखी मतगणना सम्म विद्यालयमा भएको फोहोर थुप्रीएपछि मेयर लालमणी चौधरीले कार्यकर्ताहरुसंगै सरसफाई गरेका हुन् । Continue reading “निर्वाचित भएकै दिन लालमणि चौधरीले गरे सरसफाई”