टीकापुर घटनामा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले टीकापुरलगायतका घटनाका आरोपितको मुद्दा सरकारले फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सरकारले के कारणले मुद्दा फिर्ता लिने तयारी गरेको हो, कारण पेस गर्न सोमबार आदेश जारी गरेको हो। Continue reading “टीकापुर घटनामा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी”

गच्छदार नेतृत्व कार्यदलको सिफारिसमा बिराटनगर र विरगञ्जलाई महानगर बनाउने घोषणा, २३ स्थानीय तह पनि थपियो

सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ। सरकारले तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ। Continue reading “गच्छदार नेतृत्व कार्यदलको सिफारिसमा बिराटनगर र विरगञ्जलाई महानगर बनाउने घोषणा, २३ स्थानीय तह पनि थपियो”

स्थानीय तहको निर्वाचनमा एनपिस अवार्ड बिजेताद्वय कौशिला र वसन्ती चौधरीको उम्मेदवारी

लखन चौधरी/धनगढी।

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एनपिस अवार्ड बिजेताद्वय कौशिला चौधरी र वसन्ती चौधरीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन्। मुक्त कमैया पुनःस्थापना, महिला हिंसा तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल दुबै जनाले नयाँ शक्ति नेपालको तर्फबाट कैलाली जिल्लाको फरक-फरक स्थानीय तहबाट उम्मेवारी दिएका छन्। Continue reading “स्थानीय तहको निर्वाचनमा एनपिस अवार्ड बिजेताद्वय कौशिला र वसन्ती चौधरीको उम्मेदवारी”

थारु बाहुल्य रहेको खैरहनी नगरमा एमालेका पूर्वसभासद् लालमणि चौधरी मेयरमा निर्वाचित

चितवनको खैरहनी नगरपालिकामा मेयर-उपमेयरसहित नेकपा एमालेले बहुमत वडामा आफ्नो बर्चश्व कायम गरेको छ। मेयरमा नेकपा एमालेका पूर्वसभासद लालमणी चौधरी १० हजार ७१७ मत मत प्राप्त गरी बिजयी भएका छन्। उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया १० हजार ७५१ मतका साथ बिजयी भएकी छन्। Continue reading “थारु बाहुल्य रहेको खैरहनी नगरमा एमालेका पूर्वसभासद् लालमणि चौधरी मेयरमा निर्वाचित”

माडीको मुहार फेर्ने उपमेयर ताराकुमारी महतोको सपना

उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिए । अहिले उपप्रमुखको कुर्सीमा पगे । Continue reading “माडीको मुहार फेर्ने उपमेयर ताराकुमारी महतोको सपना”

थारु नागरिक समाजको प्रश्न- ‘टीकापुरमा थारुको घरमा लुटपाट र आगजनी गर्ने खोइ पक्राउ परेको?’

टीकपुर घटनालाई लिएर अहिले भइरहेको टीकाटीप्पणीप्रति थारु नागरिक समाज कैलालीले ध्यानाकर्षण जनाएको छ। संयोजक दिलबहादुर चौधरीद्वारा जारी विज्ञप्तीमा टीकापुरमा प्रहरीको ज्यान जानु र मधेस आन्दोलनमा ६० जना निर्दोष नागरिकको ज्यान जानु दुःखद भएको उल्लेख छ। Continue reading “थारु नागरिक समाजको प्रश्न- ‘टीकापुरमा थारुको घरमा लुटपाट र आगजनी गर्ने खोइ पक्राउ परेको?’”

टीकापुर मुद्दा फिर्तासँग जोडिएका प्रश्न

दिपेन्द्र झा।
अदालतमा विचाराधिन मुद्दामा के बोलुँजस्तो लागेर टीकापुर घटनाको मुद्दा फिर्ता सन्दर्भमा सरकारले गरेको निर्णयपश्चात्त मौन बसेको थिएँ। फेरि आफैंले मुद्दाको एक पक्ष भएर बहस गरेकोले पनि केही नबोलौं भनी चुप्पी साँधेको थिएँ। त्यसमा पनि गत हप्तामात्रै कैलाली कारागारमा रहेका घर जग्गा लिलाम हुन थालेका लाहुराम चौधरी, बीरबहादुर चौधरी र परिवारलाई छाक टार्न गाह्रो भएका विश्राम चौधरीको अनुहार सम्झें। त्यसकारण केही नलेखी बस्न सकिनँ। मेरो आफनै अध्ययनको पुष्ठभूमि मानव अधिकार कानून भएकोले। Continue reading “टीकापुर मुद्दा फिर्तासँग जोडिएका प्रश्न”

थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता गर्न कार्यविधि संशोधन गरिँदै

सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए। यसअघिको कार्यविधिलाई संशोधन गरी मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।  Continue reading “थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता गर्न कार्यविधि संशोधन गरिँदै”

२० वर्षपछि स्थानीय निर्वाचन हुँदै, निर्धक्क भएर भोट खसाल्न आह्वान

मुलुकमा स्थानीय निर्वाचन २० वर्षपछि आइतबार (आज) हुँदैछ । पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय सरकारको जनप्रतिनिधि छान्न मतदान प्रक्रियामा सहभागी हुन सबै मतदातालाई आग्रह गरेका छन् । उनले सुरक्षाको भरपर्दो व्यवस्थासमेत गरिएकाले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अपिल गरेका छन् । Continue reading “२० वर्षपछि स्थानीय निर्वाचन हुँदै, निर्धक्क भएर भोट खसाल्न आह्वान”

कैलाली फूलबारीका छविलाल चौधरीको कोरियामा मृत्यु

इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न आएका दुई नेपाली कामदारको बंगुर फार्मको ट्यांकी सफा गर्नेक्रममा मृत्यु भएको छ । ख्यगंसान बुक्दोको थेगु सहरबाट करिब एक घण्टाको दूरीमा पर्ने एक बंगुर फार्ममा काम गर्दै आएका स्याङ्जा मनकामना मोर्दी १ निवासी तेजबहादुर गुरुङ र कैलाली फूलबारी २० का छविलाल चौधरीको निधन भएको सोल दूतावासका कार्यवाहक राजदूत किरण शाक्यले बताए । Continue reading “कैलाली फूलबारीका छविलाल चौधरीको कोरियामा मृत्यु”