भदौ ८ गतेको टीकापुर घटनामा रेशम चौधरीपछि बढी क्षति शिवनारायण चौधरीको भएको थियो। निरु ट्रेडर्सका सञ्चालक चौधरीको करोडौंको इलेक्ट्रोनिक्स सामान र तीन तल्ले घरमा आगजनी गरिएको थियो। भदौ ८ गतेको साँझ उनको घरमा करिब ४० जनाको संख्यामा आएको समूहले उनको घरमा तोडफोड तथा आगजनी गरेको थियो। समूहमा अखण्ड पक्षधरमात्र थिएनन्, बर्दिधारी र सिभिल प्रहरीको पनि उपस्थिति थियो। इलाका प्रहरीका हाकिमकै उपस्थितिमा घरमा आगजनी गरेर जीउँदै मार्ने प्रयास गरेको चौधरीको भनाई छ। Continue reading “निरु ट्रेडर्सका सञ्चालक भन्छन्- ‘४० जनाकाे समूह अाएर मेराे घरमा अागाे लगायाे’”
Author: admin
टीकापुर घटनापछि प्रहरी दमन : प्रहरीको कुटाइबाट बिरामीको ज्यान गयो तर मिडियाले देखेनन्
टीकापुर घटना एकपटक फेरि चर्चामा आएको छ। सरकारले उक्त घटनालाई राजनीतक मुद्दा भनी फिर्ता प्रक्रिया अगाडि बढाएपछि सञ्चारमाध्यममा यसको ब्यापक विरोध भएको हो। करिब दुई वर्षअघि २०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा एक बालक र ७ सुरक्षाकर्मीको ज्यान गएको थियो। घटना कसले किन गराएको भन्ने प्रमाणित अझै भइसकेको छैन। तर सोही घटनामा दुई नाबालगसहित २५ जना थारुहरुलाई अभियुक्त बनाइएको छ। उनीहरु अहिले पनि कैलाली कारागारमा जेल जीवन बिताइरहेका छन्। Continue reading “टीकापुर घटनापछि प्रहरी दमन : प्रहरीको कुटाइबाट बिरामीको ज्यान गयो तर मिडियाले देखेनन्”
गच्छदार-यादवबीच चुनाबी तालमेलको तयारी, योगेन्द्र भन्छन्, ‘पार्टी एकीकरणको कुरा पनि भइरहेको छ’
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अन्तिम तयारी गरेका छन्।उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबीच निर्वाचनमा तालमेल गर्नेबारे पटक–पटक छलफल समेत भइसकेको छ। Continue reading “गच्छदार-यादवबीच चुनाबी तालमेलको तयारी, योगेन्द्र भन्छन्, ‘पार्टी एकीकरणको कुरा पनि भइरहेको छ’”
यसरी लुट्यो मेघा अस्पतालले बिरामीको सर्वश्व [भिडियोसहित]
ऋषि चौधरी
अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए। Continue reading “यसरी लुट्यो मेघा अस्पतालले बिरामीको सर्वश्व [भिडियोसहित]”
घोराही उपमहानगरपालिकाको मेयरमा एमालेबाट नरुलाल चौधरीको नाम टुंगो
नेकपा एमालेले दोस्रो चरणमा निर्वाचन हुन लागेका ५ नम्बर प्रदेश अन्तर्गत ४ ओटा उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । Continue reading “घोराही उपमहानगरपालिकाको मेयरमा एमालेबाट नरुलाल चौधरीको नाम टुंगो”
राजपासहितको संघीय गठवन्धनद्वारा जेठ १८-१९ गते मधेस थरुहट बन्दको घोषणा, दोस्रो चरणको चुनावमा अवरोध गर्ने
राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उसले स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको भन्दै अस्वीकार भएको बताएको छ र, यथास्थितिमा चुनावमा नजाने बताएको छ । राजपा नेपाललाई चुनावमा सहभागी गराउन भन्दै सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । Continue reading “राजपासहितको संघीय गठवन्धनद्वारा जेठ १८-१९ गते मधेस थरुहट बन्दको घोषणा, दोस्रो चरणको चुनावमा अवरोध गर्ने”
स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । तर, त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले स्थानीय तह निर्वाचन ऐन अनुसार चुनावको मिति तोकिएपछि संख्या र सीमा हेरफेर गर्न नमिल्ने जनाएको छ । Continue reading “स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश”
थारु मतदाता भन्छन्- ‘अहिले खुट्टामै ढोग्छन्, जितेपछि वास्ता गर्दैनन्’
वीरेन्द्रनगर–१० नयाँगाउँकी ५६ वर्षीया स्यानी चौधरी सोमबार खाना खाइवरी घाँस काट्न जाने तयारीमा थिइन् । मेलापातका लागि तयार भइरहँदा उनको घरमा भोट माग्नेको लर्को लाग्न थाल्यो । एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारहरू एकपछि अर्को गर्दै दैलोमा आइपुगे । एमाले टोलीलाई बिदा गरेर बसेकी उनले भनिन्, ‘हेर्नुस् त नेताका कुरा सुन्दासुन्दा आफ्नै काम चौपट्ट भयो । बेलुका भैंसीलाई के खुवाउने होला ?’ Continue reading “थारु मतदाता भन्छन्- ‘अहिले खुट्टामै ढोग्छन्, जितेपछि वास्ता गर्दैनन्’”
माओवादी केन्द्रले टुंगो लगायो दाङको उम्मेदवार, घोराही उपमहानगरको उपप्रमुखमा सीता चौधरी
आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ।
जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिए। माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओली, घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी र लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई उम्मेदवार बनाइएको छ।
यसैगरी बबई गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार, दंगीशरण गाउँपालिकाका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सीता बस्नेत, बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती तथा राप्ती गाउँपालिकाका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ।
त्यस्तै राजपुर गाउँपालिकाका प्रमुखमा श्यामबहादुर झाँक्री र उपप्रमुखमा पुष्पा यादव तथा गढवा गाउँपालिकाको अध्यक्षमा लुमाकान्त न्यौपाने र उपाध्यक्षमा रमा चौधरीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ।
देउवा सरकारमा सहभागी नहुने राजपाको निर्णय
राष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ। बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो। प्रधानमन्त्री दाहालले बुधबार राजीनामा दिइसकेका छन् र अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ। Continue reading “देउवा सरकारमा सहभागी नहुने राजपाको निर्णय”