महाअभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्चको अादेश, प्रधानन्यायाधीश कार्की काममा फर्किइन्

सर्वोच्च अदालतले सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजालसले शुक्रबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको हो।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल गर्न नपाइने संविधानको व्यवस्थाअनुसार उक्त प्रस्ताव फैसला नआएसम्मका लागि रोकिने भएको छ।

कार्कीको पदावधि एक महिना मात्र बाँकी रहेको अवस्थामा सर्वोच्चको यस्तो आदेश दिएको हो। सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुन सक्ने कानुनी बाटो खुला भएको छ।

सर्वोच्चको आदेशपछि महाअभियोग प्रस्ताव संसद दर्ता गर्ने दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतामाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको छ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा प्रधान न्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव लगिएको थियो। वैशाख १७ मा कांग्रेस-माओवादीका २४९ जना सांसदले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

अधिवक्ता सुनिलरञ्जन सिंह र कन्चनकृष्ण न्यौपानेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सभामुख, संसद सचिवालयका महासचिवलाई विपक्षी बनाइ बुधबार सर्वोच्चमा रिट दर्ता दायर गरेका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीशमाथि अदालतमा विचाराधीन मुद्दामा चित्त नबुझी कपोल्कल्पित आरोप लगाइ महाभियोग लगाउनु न्यायपालिकामाथि ठाडो हस्तक्षेप न्यायमूर्तीको मानमर्दन भएको अारोप रिटमा लगाइएको थियो।

यसैबीच प्रधान न्यायाधीश सुशीला कार्कीले आफ्नो काम थालेकी छन्। सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेपछि उनले नीजि निवास बालुवाटरबाट शुक्रबार नै केही प्रशासनीक काम गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

सर्वोच्चका सह-प्रवक्ता विश्वराज पौडेलका अनुसार कार्कीले अदालतको आदेश बमोजिम जिम्मेवारी सम्हाल्दै दुई वटा टिप्पणीमा सदर गरेकी छन्। न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजालसले शुक्रबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुन सक्ने कानुनी बाटो खुला गरेको थियो।

 

राजबन्दी लाहुराम चौधरीको घरजग्गा लिलाममा, थारु अगुवाहरुद्वारा बचाउ अभियानको सुरुवात

लखन चौधरी/धनगढी।
कैलाली कारागारमा बन्दी जीवन बिताईरहेका नेता लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन अभियान सुरु गरिएको छ। व्यापारिक प्रायोजनको लागि लिएको ऋण जेलमा परेपछि उनले समयमा तिर्न नसकेपछि धितो स्वरुप राखिएको घरजग्गा लिलामको प्रक्रियामा पुगेको छ। धनगढीस्थित एनआइसी एसिया बैंकमा सावाँ, ब्याज सहित एकमुष्ट ऋण चुक्ता तथा धितो लिलाम सम्बन्धी ३५ दिने सूचना निस्केपछि लिलाम हुनबाट जोगाउन अभियान थालिएको हो। Continue reading “राजबन्दी लाहुराम चौधरीको घरजग्गा लिलाममा, थारु अगुवाहरुद्वारा बचाउ अभियानको सुरुवात”

चितनवको रत्‍ननगर र कालिका नगरमा विजय गच्छदार नेतृत्व पार्टीबाट उम्मेदवारी

चितवनको रत्ननगर र कालिका नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ। सो पार्टीबाट रत्ननगर नगरपालिकाको मेयरमा कृष्ण चौधरी र उपमेयरमा धन्जु महतोले उम्मेदवारी दिएका हुन्। रत्ननगरमा ठूला, साना र स्वतन्त्र गरी मेयरमा १२ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ। Continue reading “चितनवको रत्‍ननगर र कालिका नगरमा विजय गच्छदार नेतृत्व पार्टीबाट उम्मेदवारी”

थारु बाहुल्य रहेको चितनवको खैरहनी नगरपालिकामा तीन थारुको भीडन्त

थारु बाहुल्य रहेको चितवनको खैरहनी नगरपालिकामा मेयरमा ११ जना र उपमेयरमा ८ जनाको उम्मेदवारी दिएका छन्। कूल ३३ हजार मतदाता रहेको खैरहनी नगरपालिकामा थारु समुदायबाट नेपाली कांग्रेसका राजेन्द्र चौधरी, नेकपा एमालेका लालमणि चौधरी र नेपाल लोकतान्त्रिक फोरमबाट चुडामणि चौधरीले मेयरका लागि उम्मेदवारी दिएका छन्। खैरहनीमा यिनै तीन उम्मेदवारको बलियो सम्भावना रहेको बताइएको छ। Continue reading “थारु बाहुल्य रहेको चितनवको खैरहनी नगरपालिकामा तीन थारुको भीडन्त”

रुक्मिणी चौधरीसहित एक सिटे पार्टीको संघीय मोर्चा गठन

संसदमा प्रतिनिधित्व गर्ने एकसिटे साना दलहरूले मोर्चा गठन गरेका छन् । सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) कि अध्यक्ष रुक्मिणी चौधरी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आर.के. खम्बुले ‘संघीय मोर्चा’ गठनको घोषणा गरेका हुन् । Continue reading “रुक्मिणी चौधरीसहित एक सिटे पार्टीको संघीय मोर्चा गठन”

रुक्मिणी नेतृत्वको थरुहटबाट भरतपुर महानगरमा मेयरको उम्मेदवारी

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च थरुहटबाट उम्मेदवारी दर्ता भएको छ। सो पार्टीबाट जीवनराम महतोले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। महतोसँगै भरतपुर महानगरमा १५ जना मेयर र १२ जना उपमेयरमा उम्मेदवारी दिएका छन्। जसअनुसार मेयरमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। Continue reading “रुक्मिणी नेतृत्वको थरुहटबाट भरतपुर महानगरमा मेयरको उम्मेदवारी”

रामराज चौधरी नेतृत्वमा थारु कानुनी ब्यवसायी सभा गठन

थारु कल्याणकारिणी सभाले थारु कानुनी ब्यवसायी सभा तदर्थ समिति गठन गरेको छ। सभाको केन्द्रीय कर्यालयमा प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रामराज चौधरीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति बनाएको हो। Continue reading “रामराज चौधरी नेतृत्वमा थारु कानुनी ब्यवसायी सभा गठन”

राप्रपाले समर्थन फिर्ता लिएपछि गच्छदार-यादव फकाउँदै प्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन्।
दाहालले सोमबार साँझ यादव र गच्छदारलाई प्रधानमन्त्रीनिवास बालुवाटार बोलाई पछिल्लो राजनीतिक स्थितिबारे छलफल गरेका थिए। प्रधानमन्त्रीले यादव र गच्छदारसँग छुट्टाछुट्टै भेट गरेका थिए। प्रधानमन्त्रीलाई भेट्न यादवसँगै फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए। Continue reading “राप्रपाले समर्थन फिर्ता लिएपछि गच्छदार-यादव फकाउँदै प्रधानमन्त्री”

विजय गच्छदार नेतृत्वको पार्टीद्वारा छुट्टै संशोधन प्रस्ताव [पूर्ण पाठ]

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनले थरुहट तराई पार्टी नेपालका गोपाल दहित, दलित जनजाति पार्टी नेपालकी यशोदा लामा र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र फोरम लोकतान्त्रिककै रामजनम चौधरी, सुबोधकुमार प्याकुरेल र जितेन्द्र देव यादवको समर्थनमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

उनले संविधानको धारा ३, ५ र ९ मा संशोधन प्रस्ताव दर्ता गरेका हुन्।

यस्तो छ सत्तारुढ र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव

व्यवस्थापिका–संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ । Continue reading “यस्तो छ सत्तारुढ र मधेसी मोर्चाको संयुक्त संशोधन प्रस्ताव”