अखण्ड संघीय नेपालको अवधारणा बोकेको गच्छदार पार्टीको घोषणा पत्र (पूर्ण पाठसहित)

नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ ।

स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो । Continue reading “अखण्ड संघीय नेपालको अवधारणा बोकेको गच्छदार पार्टीको घोषणा पत्र (पूर्ण पाठसहित)”

नेपाल लोकतान्त्रिक फोरममा चार पार्टी गाभिए

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीमा राष्ट्रिय जनता पार्टीसहित चार वटा दल गाभिएका छन् । आइतबार चारै पार्टीका अध्यक्षले विज्ञप्ति जारी गरी आफ्नो पार्टी लोकतान्त्रिक फोरममा एकीकरण भएको घोषणा गरेका हुन् । Continue reading “नेपाल लोकतान्त्रिक फोरममा चार पार्टी गाभिए”

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरी सागर चौधरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा नवलपरासी रामग्रामका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय सागर चौधरी रहेको प्रहरीले जनाएको छ। उनी सवार लु२५प ५७७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। Continue reading “मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरी सागर चौधरीको मृत्यु”

न्युयोर्कमा आदिवासी सम्मेलन : आदिवासीका सबाल सम्बोधन हुनुपर्ने उपाध्यक्ष चौधरीको जोड

न्युयोर्क- संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आदिवासी मामिलासम्बन्धी स्थायी मञ्चको सम्मेलन सम्पन्न भएको छ। २४ अप्रिल २०१७ देखि सुरु भएको सम्मेलन ५ मे २०१७ मा विशेष समारोहका साथ सम्पन्न भएको हो। सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग कूटनीतिक छलफल गरेका थिए।

उनले विभिन्न राष्ट्रका कूटनीतिक वुद्धिजबीबी, राजदूत, मन्त्री, राष्ट्र प्रमुख, युएनडीपी, आइएलओ, युएनएफपिए, डब्लुएचओलगायत प्रतिनिधीहरुसँग अन्तर्क्रिया गरी आदिवासी जनजातिका सबाल र मुद्दालाई प्रभावकारी तरीकाले सम्बोन्धन गर्न आह्वान गरे।

सम्मेलनमा उपाध्यक्ष चौधरीले आइएलओ १६९ लाई पुनः निरन्तरता दिन नेपाल सरकारसँग पहल गर्नुका साथै कार्यान्वयन गर्नमा जोड दिएका थिए। दुई हप्ते सम्मेलनको मुख्य उद्देश्य ‘संयुक्त राष्ट्र संघिय आदिवासी मावन अधिकारका लागि घोषणा पत्र’ को १० वर्षे उत्सव रहेको थियो।

सम्मेलनमा संयुक्त राष्ट्र संघको १९३ सदस्य राष्ट्रबाट राष्ट्र प्रमुख, मन्त्री, उच्च स्तरीय सरकारी अधिकारी आदिवासी अगुवा, पत्रकार, सामाजिक अभियन्ता लगायत दुई हजार भन्दा बढीको सहभागिता थियो।

खैरहनी नगरका मेयर उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको गाडीमा पेट्रोल बम प्रहार

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।  Continue reading “खैरहनी नगरका मेयर उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको गाडीमा पेट्रोल बम प्रहार”

उपेन्द्र यादवलाई कारबाही, गठबन्धनको अध्यक्षबाट हटाइयो

संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।

मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ ।

संघीय फोरम स्थानीय चुनावमा गएपछि कारबाही गरिएको नेताहरुले बताएका छन् । मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हाउने निर्णय गरिएको छ ।’

चुनावमा फोरमको सहभागितासँगै राजपा नेपालका नेताहरुले मधेसी मोर्चाको औचित्य सकिएको टिप्पणी गर्न थालेका थिए । तर, संघीय समाजवादी फोरमले भने संविधान संशोधन गर्ने सरकारी प्रतिवद्धता अनुसार आफूहरु चुनावमा गएको बताएको छ । र, फोरम अध्यक्ष यादवले अझै मधेसी मोर्चाको औचित्य समाप्त नभएको बताउने गरेका छन् ।

संघीय गठवन्धनमा अब संघीय समाजवादी फोरम नेपाल नरहने समेत नेताहरुले बताएका छन् ।

राजपा नेपालको कार्यालयमा बसेको बैठकले महन्थ ठाकुरलाई नयाँ अध्यक्ष चयन गरेको छ । गठवन्धनले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पुर्‍याउन र संघर्षका कार्यक्रम अगाडि बढाउने नेताहरुले बताएका छन् । साथै तत्काल संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उसको चेतावनी छ ।
मधेसी मोर्चामा आवद्ध ६ दलले मिलेर हालै मात्र राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । तर, राजपा नेपाल पहिलो चरणको चुनावमा सहभागी छैन । संघीय समाजवादी फोरमले नयाँ शक्तिसँग गठवन्धन गरेको छ र उम्मेदवारी दिएको छ ।

थरुहट नेताको अग्निपरीक्षा : थारुको अस्तित्व बचाउँला ?

सिताराम चौधरी।
पटक पटक अरुको लागि लडेको थारुहरु पहिलोपटक आफ्नो लागि लडे। जुन लडाईँले थारुलाई पहिचानवादी जातिको परिचय दियो। राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा थारुलाई चिनायो। प्रचण्ड सरकारले थारुलगायत ९२ जातजाति र समुदायलाई मधेसी सूचीकरण गरेको विरुद्धमा २०६५ फागुन १८ गते थरुहट तराईलगायत काठमाडौं उपत्यकामा विशाल मसाल जुलुससहित आन्दोलनको शंख फुकियो। आन्दोलनले यति ठूलो रुप लियो कि आन्दोलनको नेतृत्व गर्ने नेताहरुले कल्पनासमेत गरेका थिएनन्। आन्दोलन सोचेको भन्दा सशक्त भयो। Continue reading “थरुहट नेताको अग्निपरीक्षा : थारुको अस्तित्व बचाउँला ?”

अधिकारको लडाइँ लड्दा घरजग्गै लिलाम !

दिल बहादुर चौधरी
मेरो घर जग्गा बचाउन पहल गरिदिनु पर्यो सर, सर मेरो घर जग्गा लिलाम भयो भने मेरो परिवार (श्रीमती) चिन्ताले मर्छिन् सर।’ कारागारमा भेट्न जाँदा अनुनय बिनय गर्छन् उनी। आँखामा आँशु छचल्किएको कुरा आवाजबाट थाहा हुन्छ, मेरो आँखा पनि रसाउँ। ‘थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग मनको कुरा राखुँ भन्छु, उहाँहरु फोन उठाउनु हुन्न, म कोसँग मनको कुरा साटुँ सर, तपाईं आउनुहुन्छ  मन अलि हल्का हुन्छ, राहत मिल्छ, मेरो कुरा साथीहरुलाई सुनाइदिनु पर्यो सर, माधवलाईजीलाई भनिदिनुपर्‍यो, मेरो घर जग्गा बचाइदिन पहल गरिदिनु पर्यो सर।’ कुरा हो थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको। बि.स. २०७२ सालमा ‘थरुहट आन्दोलन’ चरम चुलीमा पुगेको थियो। थारु कल्याणकारिणी सभाका सभापति भएका कारण सदरमुकाम धनगढीको आन्दोलन उनकै नेतृत्वमा भइरहेको थियो। टीकापुर क्षेत्रका नेतृत्व रेशम चौधरीले सम्हालेका थिए। सरकारको बर्बर दमनका कारण ०७२ भाद्र ४ गते दुर्गौली गाविसको तोरैयापुरमा प्रहरी, अखण्डे, थारुहरु बिचमा घण्टौ झडप भएको थियो, भाग्यवश त्यो दिन मान्छे मरेन, नभए साह्रै अनर्थ हुनसक्थ्यो। फेरि पनि राज्यकै बलमिच्याई र दमनले भदौ ७ गते ‘टीकापुरमा अप्रत्याशित, अकल्पनीय थारु विद्रोह’ भएरै छाड्यो। विद्रोहमा ८ प्रहरीको ज्यान गयो। हत्या आरोपमा प्रहरीले आन्दोलनमा गएका र नगएका २५ थारुहरुलाई पक्राउ गरी कारागारमा राख्यो। तिनै २५ जनामा परे लाहुराम चौधरी (२ जना बालक अहिले त्यहाँ छैनन्)। जिल्लाको पूर्वी छेउमा रहेको टीकापुरमा घटना घट्यो, जिल्लाको सबभन्दा पश्चिम छेउमा रहेको धनगढीमा शान्तिपूर्ण आन्दोलन गरिरहेका थाकस कैलालीका सभापति लाहुराम चौधरी समातिए, जेल चलान गरिए।

यतिबेला उनको नाममा जमिन छैन। श्रीमति सोन कुमारी देवी चौधरीको नाममा धनगढी ३ बरहरा गाउँमा १ कट्ठा जग्गा र सोही जग्गामा पक्की घर छ। सोही घर उनले एनआइसी एशिया बैंक धनगढीमा धितो राखी १५ लाख ऋण लिई श्रीमतिकै नाउँमा ‘अजगर काष्ठ हस्तकला उद्योग’ सञ्चालन गरेका थिए। जेल चलान पछि उनको ब्यबसाय चौपट हुन पुग्यो। फर्निचर राखिएको घरको भाडा तिर्न नसक्दा उनको फर्निचर त्यसैमा गयो। यताउताबाट सरसहयोग लिएर ३ लाख तिरिसकिएको र ब्याजसहित १२ लाख तिर्न बाँकी छ। १२ लाखको नियमित ब्याज तिर्न नसकेका कारण बैंकले उनको धनगढी उपमहानगरपालिकामा रहेको १ कट्ठासहितको घर जग्गा लिलाम गर्न लागेको छ। घर जग्गा लिलाम हुन थालेपछि उनी चिन्तित छन्। अधिकारको लागि जेल गएकोमा उनी एकातिर गर्व महसुस गर्छन् भने श्रीमती र छोरा घरबारविहीन हुन लाग्दा छटपटीमा छन्।

लिलामको सूचना प्रकाशन भएपछि उनले थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग फोन सम्पर्क गर्न प्रयास गरे, तर सम्पर्क गर्न सकेनन्। थरुहट संयुक्त संघर्ष समितिका प्रबक्ता माधव थारुलाई फोन गरेको तर नउठाएको उनले मसँग दुःखेसो पोखे। फोन किन उठेन थाहा भएन, तर माधव तपाईंको विषयमा धेरै चिन्तित छन्, बिहान धेरै साथीहरुसँग तपाईंको बारेमा कुरा गरेको देखें भनेपछि उनी राहत महसुस गरे।
उनको यो समस्या कहिले समाधान हुन्छ, थाहा छैन, किन कि राज्य, सरकार, थारुहरुलाई दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने गर्छ। थारु, मधेसी, जनजातिसँग गर्ने उसको ब्यवहार फरक छ। ऊ चाहन्छ कुनै माईका लालले निरङ्कुशताको विरुद्धमा लड्ने, आवाज उठाउने साहस नगरुन् र सत्ताको आयु लम्बिदै जाओस्। यही कपटी सोंच र षड्यन्त्रका कारण हक अधिकारका लागि आवाज उठाएबापत कांग्रेस र एमालेको तत्कालीन सरकारले थारुहरुलाई जेल कोच्यो र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सरकारले त्यसलाई निरन्तरता दिइरहेको छ। निरङ्कुश राज्यमा यस्तो हुन्छ। राणाकालमा पनि अधिकारको लागि आवाज उठाउनेको हविगत यही हुन्थ्यो।

निरङ्कुश शासकको त स्वाभाविक गुण यही हुन्छ। सकेसम्म उसले जनतालाई अधिकार दिन चाहँदैन। राजबन्दीहरुलाई छोडियो, मुद्दा फिर्ता लिइयो भने उनीहरु फेरि अधिकारको लागि आवाज उठाउँछन् र आफूले खाइपाई आएको बढी अधिकार संकटमा पर्छ भन्ने कुरा उनीहरुलाई थाहा छ। त्यसैले अधिकारको लागि उठिरहेको आवाजलाई दमन गर्नु, ऊ आफ्नो दायित्व सम्झन्छ। त्यही दायित्व उसले निर्वाह गरिरहेको छ र थारुहरुको आँखामा धुलो झोंकिरहेको छ। तर आन्दोलन हाँकिरहेका दलहरु पनि यतिबेला गम्भीर नदेखिएका कारण समस्या सतहमा आएको छ। समस्याले कैलालीलाई बढी पिरोलेको छ।

कैलालीलाई पिरोल्नुको मूलकारण घटना कैलालीमा घट्नुले हो। जहाँ घटना घट्दछ, बढी पीडित हुने त्यहींकै मान्छे हो। कैलालीमा घटना घटदा कैलालीकै मान्छे समातिए, कैलालीकै मान्छे निर्वासित भए। कैलालीकै अगुवा र जनता यसबाट बढी प्रभावित भए। जुन स्वाभाविक हो। तर लाहुरामको उद्धारका लागि, कैलाली मात्रै अगाडि सरेर सम्भव छैन, न्यायसंगत पनि हुँदैन, किन कि लाहुराम, कैलाली जिल्लाका थाकस सभापति हुन्। उनी थाकस केन्द्र र थरुहट संयुक्त संघर्ष समितिको आह्वानमा आन्दोलनमा होमिएका हुन्। आन्दोलनकै कारण उनको यो अवस्था आएको छ। मतिको नाममा रहेको १ कट्ठा जमिनले उनलाई सुकुम्बासीको दर्जामा जानबाट रोकिरहेको छ। त्यो घरजमिन नै लिलाम भयो भने उनी सुकुम्बासीमा रुपान्तरण हुन्छन्। आन्दोलनका अगुवाई गरिरहेका ब्यक्ति नै सुकुम्बासी बन्न पुग्छन् भने दुनियाले के भन्ला? यसबारे थाकस केन्द्र गम्भीर हुन आवश्यक छ। थारु सांसदहरु, पहिचान पक्षधर दलहरु यसबारे गम्भीर हुन जरुरी छ। यत्रो संख्यामा रहेका थारु सांसदहरु, २२ जिल्लामा रहेका थारु र थाकसले चाह्यो भने १२ लाख रुपिया ठूलो रकम होइन।

त्यसैले अन्तिममा के भनौं भने थारुहरु विगत एक दशकदेखि आन्तरिक औपनिवेशिक शासनविरुद्धमा लडिरहेका छन्। अधिकारको आन्दोलन अहिले पनि सकिएको छैन। अधिकारको लागि आवाज उठाउनु लाहुले गरेको अपराध हो। त्यही अपराधका कारण उनी जेल परेका हुन्। जेल परेकै कारण उनको घर जग्गा लिलाम हुन गइरहेको छ। थरुहट आन्दोलनका एक योद्धाको घर जग्गा लिलाम भयो भने थाकस, थारु अगुवाहरु, सांसदहरु समुदायमा जान सक्ने अबस्था रहने छैन। त्यसैले उनको उद्धार गर्नु सबैको कर्तब्य बन्नुपर्छ र घर जग्गा लिलाम हुनबाट रोकिनुपर्छ। उनको यो अवस्थाले तपाईं हामीलाई मात्रै प्रभावित पारेको छैन, न्यायप्रेमी धेरैलाई दुःखित तुल्याएको छ। सहयोगका लागि तपाईं हाम्रो हात अगाडि बढ्ने वित्तिकै धेरै सहयोगी हातहरु अगाडि बढ्नेछन्। त्यसैले ढिला नगरौं, उद्धारको लागि अगाडि बढौं। धन्यवाद!

उमाकान्त चौधरी दोलखाको चुनाव कमान्डर

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन केन्द्रीय सदस्यलाई जिल्लाजिल्ला खटाएको छ । पार्टी नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबारको बैठकले वैशाख ३१ गते हुने निर्वाचनका लागि केन्द्रीय सदस्य खटाउने निर्णय गरेको हो । Continue reading “उमाकान्त चौधरी दोलखाको चुनाव कमान्डर”

वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द

सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ। Continue reading “वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द”