नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरु घोषणा गरेको छ। धनगढीमा शनिबार आमसभा गरेर माओवादीले पार्टी नगरका उम्मेदवारको टीम सार्वजनिक गरेको हो । माओवादीले मेयर, उपमेयरसहित उपमहानगरपालिकाको एक वडाबाहेक सबै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरु सार्वजनिक गरेको छ । Continue reading “बर्दिया र कैलालीमा माओवादी उम्मेदवारको टुंगो, यी हुन् थारु उम्मेदवार”
Author: admin
यी हुन् एमाले कैलालीका थारु उम्मेदवारहरु
नेकपा (एमाले) कैलालीको शुक्रवार बसेको सचिवालय बैठकले कैलालीका १३ वटै तहका एक सय २६ वडाका उम्मेदवार तय गरको छ । जिल्ला अध्यक्ष दीर्घ सोडारीको र वैकल्पिक केन्द्रीय सदस्य तथा कैलाली इञ्चार्ज झपट रावलको नेतृत्वमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो । Continue reading “यी हुन् एमाले कैलालीका थारु उम्मेदवारहरु”
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न मोर्चा सहमत, आन्दोलनका सबै कार्यक्रम फिर्ता
सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । वार्तामा सहभागी कांग्रेस नेता तथा मन्त्री रमेश लेखकका अनुसार दुई चरणमा निर्वाचन गर्ने सहमति भएको छ। वैशाख ३१ गतेका लागि तोकिएको दिन निर्वाचन हुनेछ भने केही ठाउँमा जेठमा अर्को मितिमा निर्वाचन हुनेछ। Continue reading “स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न मोर्चा सहमत, आन्दोलनका सबै कार्यक्रम फिर्ता”
टीकापुर घटनाका कैदी परिवारलाई थाकस युएईले आर्थिक सहयोग गर्ने
काठमाडौं- थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।
युएईमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राजबन्दी परिवारहरुमा आर्थिक अवस्था नाजुक भएको र उनीहरुका छोराछोरीहरुको पढाईमा असर परिरहेको भन्दै आर्थिक सहयोगको घोषणा गरेको अध्यक्ष किशोर चौधरीले जानकारी दिए।
समितिले आर्थिक संकलनका लागि सहकोषाध्यक्ष धर्मराज महतोलाई जिम्मेवारी दिएको छ। समितिले युएईमा बसोबास गर्ने प्रवासी नेपालीहरुलाई आर्थिक सहयोगको अपिलसमेत गरेको छ।
‘अभिभावक नहुनुको पीडा हामी सबैले बुझ्छौं। पैसाका कारण पीडित परिवारका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस्। उनीहरुले दुई छाक खान पाउन्,’ अध्यक्ष किशोर चौधरीले भने।
उनले सबैलाई सबैलाई आफ्नो गच्छअनुसार सहयोग गरिदिन अपिलसमेत गरेका छन्। ‘हाम्रो सानो सहयोगले उनीहरुको जीवन सरल बन्न सक्छ। त्यसका लागि हामी अग्रसर हुनैपर्छ,’ उनले भने।
मधेसी मोर्चा चुनावमा जान तयार
मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र मोर्चाबीच भएको वार्तामा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो। संविधान संशोधनको नयाँ प्रस्तावमा केही कुरामा परिमार्जन गर्ने र चुनाबमा सबैले भाग लिने विषयमा मोर्चासँग सहमतिमा आएको हो। Continue reading “मधेसी मोर्चा चुनावमा जान तयार”
संविधान संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन
मधेसी मोर्चा र सरकारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार संविधान संशोधनका लागि बुँदागत छलफल गरी सहमति जुटाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा सत्तारुढ दल र मोर्चाका नेताहरु छन्। Continue reading “संविधान संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन”
सप्तरी घटना छानबिनको मागसहित ब्रिटिस संसदमा प्रस्ताव
बेलायती सांसद एन् क्लाउडीले संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने भन्दै ब्रिटिस संसदमा प्रस्ताव दर्ता गराएकी छन् । उनले फागुन २३ गते सप्तरीमा प्रहरी गोलीले पाँचजना मारिनु र अन्य थुप्रै घाइते हुनुले तराई मधेसमा अहिलेकै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा जान नेपाल सरकारलाई आग्रह गर्नुपर्ने प्रस्ताव गरेकी हुन् । क्लाउडी लेबर पार्टीकी सांसद हुन् । उनी साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्छिन् । Continue reading “सप्तरी घटना छानबिनको मागसहित ब्रिटिस संसदमा प्रस्ताव”
आयुष चौधरी र अभय चौधरीको कभर डान्सले पायो एक लाख पुरस्कार
गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता आज बुधवार सार्वजनिक भएको छ | प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो । Continue reading “आयुष चौधरी र अभय चौधरीको कभर डान्सले पायो एक लाख पुरस्कार”
गच्छदार पार्टी र थरुहट पार्टीको एकता घोषणा [यस्तो छ संयुक्त विज्ञप्ती]
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ। राजधानीमा आयोजित एकता घोषणा कार्यक्रममा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकता भएको घोषणा गरिएको थियो। Continue reading “गच्छदार पार्टी र थरुहट पार्टीको एकता घोषणा [यस्तो छ संयुक्त विज्ञप्ती]”
विजय गच्छदार पार्टीका उपाध्यक्ष गोविन्द चौधरीसहित तीन जना राजपामा प्रवेश
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष्य गोविन्द चौधरी राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनीसहित फोरमका केन्द्रीय सदस्यद्वय रामआश्रय चौधरी र सन्तलाल चौधरी पनि राजपामा प्रवेश गरेका छन् । मधेस केन्द्रित पाँच दल मिलेर बनेको राजपाको एकता घोषणा भने आज दिउँसो काठमाडौंमा हुँदैछ । Continue reading “विजय गच्छदार पार्टीका उपाध्यक्ष गोविन्द चौधरीसहित तीन जना राजपामा प्रवेश”