कैलाली जेलमा नयाँ नियम, टीकापुर घटनाका कैदीलाई भेट्न पाँच मिनेटमात्र !

केही दिनयता टीकापुर राजबन्दी परिवारले आन्दोलन थालेपछि कैलाली कारागारमा नयाँ नियम लागु भएको छ । कैदीबन्दीहरुलाई भेट्न आउने मानिसहरुकै कारण भिडभाड भएको भन्दै कैलाली कारागारले नयाँ नियम लागु गरेको हो । योभन्दा पहिले भेट्ने कुनै समय सीमा नरहे पनि हाललाई पाँच मिनेट भित्रै भेटघाट गरिसक्नु पर्ने नियम लागु गरिएको छ ।

कारागारमा रहेका थरुहट नेता लक्ष्मण थारूले आफूहरुलाई नै लक्षित गरी समय सीमा निर्धारण गरेको दुखेसो सुनाए । केही दिनयता आफूहरुले कारागार भित्रबाट र परिवारजनले सडकबाटै आन्दोलनसहित विज्ञप्ती सार्वजनिक गर्दै गएपछि कडाई गरेको जिकिर गरे ।
तर कारागारको कुनै पनि नियमले आफुहरुको कलम र आवाजलाई बन्द गर्न नसक्ले नेता थारुले चुनौती दिए ।

तर कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले केन्द्रीय कारागारबाट कारागार व्यवस्थापन तथा कैदी र थुनुवाहरुको व्यवस्थापन गर्न परिपत्र आएपछि भेट्ने समयमा केही हेरफेर भएको जानकारी दिए । स्थानीय तह निर्वाचन नजिकिए संगै कैदी बन्दीहरुलाई भेट्ने मानिसहरुले गर्दा भिडभाड भैरहेकोले भेट्ने समयमा हेरफेर भएको उनले बताए ।

प्रजिअ रिजालले भने, ‘कैलाली कारागारको क्षमता १२५ जनाको छ, तर यहाँ पाँच सय वढी कैदी बन्दी रहेका छन् । यो भन्दा पहिले भेट्ने समय नतोकिएकै कारण भिडभोड हुँदै गएपछि समान्य हेरफेर भएको हो ।’ यद्यपि कैलाली र कञ्चनपुरवाहेक अन्य जिल्लाबाट भेट्न आउनेलाई कुनै समय सीमा बाध्यकारी नहुने कारागार कैलालीले जनाएको छ ।

पाँच मधेसी पार्टीको एकतापछि राजपा बन्यो मधेसकै ठूलो पार्टी

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता गरी ‘राष्ट्रिय जनता पार्टी’ बन्ने निश्चित भएको छ। लामो बहसपछि एकताको घोषणा र दलको नाममा सहमति गरेका पाँच दल आजै दिउँसो एकता घोषणा गर्ने तयारीमा छन्। एकता प्रक्रियामा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र फोरम गणतान्त्रिक सहभागी छन्। Continue reading “पाँच मधेसी पार्टीको एकतापछि राजपा बन्यो मधेसकै ठूलो पार्टी”

टीकापुर राजबन्दी परिवारलाई एमालेको हप्की, कांग्रेस-माओवादीको सान्त्वना

लखन चौधरी/धनगढी

टीकापुर राजबन्दी परिवारहरुले कैलालीका राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुमाथि लगाइएको झुठ मुद्दा तत्काल खारेज गरी रिहाई गरिनुपर्ने माग राखी राजबन्दी परिवारले बुधबार जिल्लास्थित प्रमुख राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका हुन्। टोलीले खासगरी सबभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ज्ञापनपत्र बुझायो। Continue reading “टीकापुर राजबन्दी परिवारलाई एमालेको हप्की, कांग्रेस-माओवादीको सान्त्वना”

थारु फिल्म ‘हटाइ कुहिरा’की हिरोइन दीपाश्री, भन्छिन्- ‘थरुनी पात्रको रुपमा खेल्न मजा आयो’

कृष्णराज सर्वहारी
सुन साइली गीत अहिले चर्चामा छ । र, चर्चामा छिन् छक्का पञ्जाकी निर्देशक अर्की साइली दीपाश्री निरौला । चार दिदी बहिनीमध्ये साइली उनी सानैदेखि नाच्ने शौखिन थिइन् । उनको नाच्ने शोखले परिवारले विराटनगरको बालमन्दिरको नृत्य कक्षामा भर्ना पनि गरिदिएको थियो । Continue reading “थारु फिल्म ‘हटाइ कुहिरा’की हिरोइन दीपाश्री, भन्छिन्- ‘थरुनी पात्रको रुपमा खेल्न मजा आयो’”

चुनाव कुनै हालतमा नरोकिने, गच्छदार पार्टीको पनि समर्थन

कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो। Continue reading “चुनाव कुनै हालतमा नरोकिने, गच्छदार पार्टीको पनि समर्थन”

मधेसी पार्टीसँग एकता गरेकै दिन लेखीका दुई नेता माओवादीमा प्रवेश, नेता कार्यकर्तामा तीब्र असन्तुष्टि

राजकुमार लेखीले एक्लौटी निर्णय गरेर मधेसी पार्टीसँग एकता गरेको भन्दै जिल्ला नेता र कार्यकर्तालाई तीब्र असन्तुष्टि देखिएको छ। उनीहरुले लेखीको एक्लो निर्णयको बन्दी आफूहरु नहुने र कुनै हालतमा मधेसी पार्टीमा नजाने बताएका छन्। मंगलबार राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीसँग एकीकरण गरेलगत्तै सिरहाका रामचन्द्र चौधरी र खड्गनारायण चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। ती दुबैले नेताले पनि केन्द्रीय कार्यसमितिमा छलफल नचलाइ एक्लौटी निर्णय गरेको आरोप लगाए। Continue reading “मधेसी पार्टीसँग एकता गरेकै दिन लेखीका दुई नेता माओवादीमा प्रवेश, नेता कार्यकर्तामा तीब्र असन्तुष्टि”

टीकापुर राजबन्दी परिवार पनि आन्दोलित, वैशाख १२ गते धनगढीमा बिशाल आमसभा

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले संघीय गठबन्धनको आन्दोलन कार्यक्रमलाई एक्यबद्धता जनाउँदै अन्य कार्यक्रम पनि सार्वजनिक गरेको छ। समितिको कैलालीमा बसेको बैठकले टीकापुर घटनामा कैदी बनाइएका परिवारले पनि आन्दोलन थाल्ने जनाएको छ। उनीहरुले विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाउनुको साथै आन्दोलनमा हम्मिने समितिका प्रवक्ता माधव थारुले जानकारी दिए। Continue reading “टीकापुर राजबन्दी परिवार पनि आन्दोलित, वैशाख १२ गते धनगढीमा बिशाल आमसभा”

लेखीलाई प्रश्न- ‘यो पार्टी एकीकरण हो कि पार्टी प्रवेश’ [फोटोसहित]

राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ। मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा पार्टी एकीकरण भएको घोषणा गरिएको हो। कार्यक्रममा दुबै पार्टीका अध्यक्षले दस बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा दुबै पार्टीका अध्यक्षल थारु मधेसी शक्ति एक भएको उद्‍घोष गरे। Continue reading “लेखीलाई प्रश्न- ‘यो पार्टी एकीकरण हो कि पार्टी प्रवेश’ [फोटोसहित]”

थरुहट राज्य स्थापनासहित महतो र लेखीबीच दस बुँदे सहमति

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ। मंगलबार पार्टी एकता कार्यक्रममा महतो र लेखीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमति पत्रमा थरुहट राज्य स्थापनाका लागि संघर्ष गर्ने, सीमांकनसहितको संविधान संशोधनका लागि सरकार र दलहरुलाई बाध्य पार्ने उल्लेख छ। Continue reading “थरुहट राज्य स्थापनासहित महतो र लेखीबीच दस बुँदे सहमति”

घुम्टो प्रथाकी सिकार बुहारी

मुना चौधरी
एउटा घरमा हामी बास माग्यौँ। उनीहरूले हामीलाई बास दिन स्वीकारे पनि। हामी त्यहीँ बास बस्यौँ। उनीहरूलाई हामी धेरै टाढाबाट आएका छौं र हाम्रो गनतव्यस्थल पुग्न अझ आधा दिन लाग्ने कुरा पनि बताएका थियौं। Continue reading “घुम्टो प्रथाकी सिकार बुहारी”