थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले सरकारले स्थानीय तहको निर्वाचनको नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदमा सोमबार सम्बोधन गर्दै सांसद दहितले सरकारले स्थानीय तहको निर्वाचन हुन नसक्ने थाहा पाउँदापाउँदै पनि निर्वाचन गर्ने ढोल पिटिरहेको बताए। ‘मन नलागी लगानी खाएको खानाले कब्जियत हुन्छ। हुनैनसक्ने स्थानीय तहको निर्वाचन गर्छु गर्छु भनेर सरकारले नाटक बन्द गर्नुपर्छ,’ उनले भने। Continue reading “सांसद दहितकाे चेतावनी- `टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म कुनै चुनाव हुँदैन´”
Author: admin
थरुहट कैलालीमा कांग्रेसको चुनाबी अभियान, देउवाले भने- ‘थारुलाई थिचोमिचो पारियो’
कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसलाई छाडेर देश नबन्ने बताउँदै देश निर्माणमा सबै जातजाति र भाषाभाषीलाई एकजुट हुन आग्रह गरेका छन् । कैलालीको अत्तरियाबाट कांग्रेसले आइतबार सुरु गरेको देशव्यापी चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले प्रतिपक्षी दल एमाले हिमाल, पहाड र मधेसमा झगडा चर्काउने षड्यन्त्रमा लागेको आरोप लगाए । Continue reading “थरुहट कैलालीमा कांग्रेसको चुनाबी अभियान, देउवाले भने- ‘थारुलाई थिचोमिचो पारियो’”
संघीय समाजवादीका थारु नेतालाई बलदेव चौधरीले एमालेमा भित्र्याए
स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेशको लहर नै चलेको छ । यसैक्रममा त्रियुगा नगरपालिका–१ जोगिदहमा पार्टी प्रवेश कार्यक्रममा थारु समुदायका २९ जना संघीय समाजवादी फोरम नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । Continue reading “संघीय समाजवादीका थारु नेतालाई बलदेव चौधरीले एमालेमा भित्र्याए”
मुना चौधरीको किताब जयवर्धन सलहेश विमोचन
मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश सिरहामा विमोचन भएको छ। सिरहाको भोटियाटोलमा जन्मिएकी मुनाले आफ्नो जन्मथलोमै किताबको विमोचन गरेकी हुन्। Continue reading “मुना चौधरीको किताब जयवर्धन सलहेश विमोचन”
दाङमा मेयरका थारु आकांक्षीहरु, घोराही उपमहानगरमा शान्तादेखि नरुलाल चौधरीसम्मको चर्चा
सन्तोष दहित/दाङ।
१९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दाङमा उपमहानगरपालिकाको मेयरदेखि गाउँपालिकाको अध्यक्ष पदमा दर्जनभन्दा बढी थारु नेताहरुको चर्चा हु नथालेको छ। थारु बहुल्य रहेको गाउँपालिका, नगरपालिकामा थारु नेताहरुको नाम आउनु स्भाविक भएको नेताहरुले बताउँछन्। दाङको कुल जनसंख्याको ३३ प्रतिशत थारु समुदायको बसोबास छ। त्यसैले पनि थारु नेताहरुको नाम बढी चर्चामा आइरहेको थारु अगुवाहरुको भनाई छ। जनसंख्याको हिसाबले पनि यहाँका पार्टीहरुले ३३ प्रतिशत थारु नेताहरुलाई टिकट दिनुपर्ने बताउँछन्। Continue reading “दाङमा मेयरका थारु आकांक्षीहरु, घोराही उपमहानगरमा शान्तादेखि नरुलाल चौधरीसम्मको चर्चा”
१२ वर्षीया रोदन चौधरीको ‘पहिल कदम’ विमोचन
अविनाश चौधरी।
बाह्र वर्षीया बालिका रोदनसिंह चौधरीद्वारा लिखित ‘पहिल कदम’ कविता सङ्ग्रहको यहाँ विमोचन गरिएको छ । वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले एक समारोहकाबीच उक्त कविता सङ्ग्रहको विमोचन गरे । कैलारी गाउँपालिका स्थित बसन्ताकी रोदन धनगढीमा बस्दै कक्षा पाँचदेखि कविता लेख्न सुरु गरेकी थिइन् । Continue reading “१२ वर्षीया रोदन चौधरीको ‘पहिल कदम’ विमोचन”
चन्द्रावतीको पहिलो प्रेम पत्र
मुना चौधरी।
एक दिन अचानक भाइ मोतीराम दरवार आइपुग्यो। मोतीरामलाई देख्ने वित्तिकै मैले सोधेँ, “सेना तयारी गर्न छोडेर तिमी यहाँ किन? आपन कर्तव्य बिर्सियौ?” उसले आफ्नो खल्तीबाट लिफाफा झिक्दै मेरो हातमा राख्दै भन्यो, “दाजु यो पत्र तपार्इँको नामसे आएको थियो। त्यही दिनलाई आएँ।” Continue reading “चन्द्रावतीको पहिलो प्रेम पत्र”
चिमिक्या बाज्या, चुनाव ओ जागीर [कविता]
थारु, प्रसादु।
आज अचानक चिमिक्या बाज्या बरवार ढिर हिलैती
म्वार घरक डिहुलि डव्ल पांच बरष बाद
चिमिक्कसे आखं पार्क बाबक कानम काजन का फुस्फैल,
बबा टेङ्गनार हुईल, चेहरम हल्का मुस्कान
ओ हडवडाक कल बनजाई मलिक्वा। Continue reading “चिमिक्या बाज्या, चुनाव ओ जागीर [कविता]”
थारु साहित्यबारे कैलालीमा सार्थक बहस
मदन चौधरी।
साहित्यमा थारु लोककला
थारु संस्कृतिविद् अशोक थारुले थारु साहित्यमा लोककलाको मिथक जोडिनुपर्ने बताए। जसरी खगोलशास्त्रीहरूले पृथ्वीको उत्पत्तिबारे व्याख्या गर्छन्, त्यस्तै व्याख्या थारु साहित्यमा आवश्यक भएको उनले औँल्याए। त्यस्ता व्याख्या गुरुबाबा जल्मौतीमा रहेको उनको भनाइ छ। पुस्ता हस्तान्तरण हुन नसक्दा नै अहिलेका युवाहरूले लेख्ने गजल, मुक्तकमा लोककलाको कमी देखिएको छ। त्यसका लागि गुरुबाबा जल्मौती, रामविहाग्रा, सखियालगायत लोकसाहित्य व्याख्या भएका पुस्तकहरू अध्ययन गर्नुपर्ने उनको सुझाव थियो। त्यसले लोकसाहित्यलाई आधुनिकीकरण गर्न सजिलो हुने संस्कृतविद् थारुको भनाइ छ। लोकविना जुनसुकै साहित्य अपुरो हुने उनको ठम्याइ छ।
आख्यानमा समाज चित्रण
गजलले मात्र समाजको चित्रण हुन नसक्ने मदन पुरस्कार विजेता रामलाल जोशीले बताए। उनले आठदश पंक्तिले चाहेर पनि भन्न चाहेको कुरा भन्न नसक्ने बताए। त्यसैकारण आफू आख्यानतिर ढल्किएको उनले बताए। पछिल्लो समय आख्यान लेखनमा केन्द्रित जोशीको कथासंग्रह ‘ऐना’ले मदन पुरस्कार जितेको थियो। तर, ‘ऐना’मा थारु समुदायलाई अश्लीलतासँग जोडेर बदनाम गराएको भन्दै उपस्थित थारुहरूले प्रश्न गरेका थिए। त्यसको उत्तर दिँदै जोशीले भने, ‘कथाकारको नाताले मलाई त्यस्तो लागेन। मैले त पात्र उभ्याएर समाजको चित्रण गर्न खोजेको हुँ। त्यस्ता पात्रहरूले न्याय पाउनुपर्छ भन्ने मेरो भनाइ हो।’
उनले आफू जुन परिवेशमा हुर्किएको हो, जुन समाजमा बसेको हो, त्यही परिवेश र समाजको चित्रण गर्नु स्वाभाविक भएको बताए। थारु समुदायसँग हुर्किएर उनले त्यो समाजको यथार्थ चित्रण गरेको बताए। जोशीले थारु समुदायमै केन्द्रित भएर आफ्नो अर्को आख्यान आउन लागेको घोषणा पनि गरे। हालसालै ‘रोल्पा सुइना’ कथासंग्रह प्रकाशन गरेका नवीन विभासले पनि जोशीको कुरामा सहमति जनाए। उनले भने, ‘म रोल्पाली हुँ। मैले त्यही समुदायलाई बढी चिन्दछु, बढी बुझ्दछु। त्यसैले म त्यही समाजको चित्रण गर्छु।’
मानक भाषाको सवाल
जिब्रोले जे बोल्छ, त्यही लेख्नुपर्ने भाषाशास्त्रको मान्यताअनुरूप आगन्तुक शब्दबाहेक थारुले आफ्नो उच्चारण अनुसारको शब्द लेख्नुपर्ने भाषाविद्हरूको जोड छ। बोली अनुसारको शब्द लेखिएमा त्यही नै थारु मानक भाषा बन्ने भनाइ उनीहरूको छ। संस्कृतिविद् अशोक थारुले जिब्रोले शब्दलाई नै लेख्न आवश्यक रहेको बताउँदै प्राथमिक शिक्षामा थारु समुदायका बालबालिकामा मानसिक असर परिरहेको बताए। नेपाली भाषाको जबर्जस्त प्रभावका कारण थारु भाषामा मानक बन्न नसकेको बताउँदै उनले शिक्षकहरूले सजाय दिएर थारु बालबालिकालाई दन्त्य उच्चारण गराउँदा पछि गएर ती बालबालिकाले ‘टमाटर’लाई ‘तमातर’ भन्ने मानसिकताको विकास भएको बताए। त्यही भएर थारुको मौलिक भाषालाई राष्ट्रिय शिक्षा नीतिले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, भाषाविद् पद्म राईले भाषाविद्का रूपमा सुझाव जसरी दिइए पनि त्यसलाई प्रयोगमा ल्याउने काम मान्छेहरूको भएको बताए।
२०७३ साउन १, २ र ३ गते दाङको घोराहीमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानको आयोजनामा डंगौरा थारु भाषाको वर्ण पहिचान गोष्ठी भएको थियो। सो गोष्ठीले थारुमा १२ वटा स्वर वर्ण, २५ वटा व्यञ्जन वर्ण, महाप्राण व्यञ्जन वर्ण चार वटा प्रस्ताव गरेको थियो। त्यस्तै, ११ वटा थारु भाषामा उच्चारण नहुने वर्णलाई प्रयोग नगर्ने प्रस्ताव पनि गरेको थियो।
साहित्यमा थारु महिला
सम्भवतः थारु साहित्यको इतिहासमै पहिलो पटक यस्तो बहस गराइएको थियो। ‘जीवनका वक्ररेखाहरू’का लेखिका बालिका चौधरी र गजलकार रविना चौधरीसँग अहिलेका जल्दाबल्दा लेखक इन्दु थारुले बहस गराएकी थिइन्।
गजलकार रविना चौधरीले थारु साहित्यमा पनि पुरुषहरूले महिलालाई मजाकको विषय बनाउने गरेको बताइन्। उनले पुरुषले लेख्ने हरेक गजल, मुक्तकमा महिलालाई होच्याउने, निचा देखाउने र कुनै वस्तुसँग तुलना गर्ने गरेको अरोप लगाइन्। उनले थारु महिलालाई जति घरमा पीडा दिन्छन्, त्योभन्दा बढी पीडा पुरुष साहित्यकारको होच्याउने प्रवृत्तिले दिने गरेको बताइन्। त्यसैले त्यो ‘ट्रेन्ड’ सुधार्नुपर्ने उनको भनाइ छ।
समाजिक सञ्जालमा पनि अश्लीलता झल्काउने मुक्तक र गजलमा थारु महिलाकै फोटो टाँस्ने प्रवृत्ति मौलाएको रविनाको आरोप छ। ‘आफूलाई गजलकार वा साहित्यकार भन्न रुचाउनेले यस्तो प्रवृत्ति रोक्नुको सट्टा यसमा झन् अग्रसर भएको देख्दा उदेक लाग्छ,’ उनले भनिन्।
बालिका चौधरीले पुरुष प्रधान समाजले पुरुषकै गुनगान गाउने बताइन्। ‘केही राम्रै गरिहाले पनि समाजले गलत भने परिवारले पनि त्यसलाई गलत मान्छ,’ उनले भनिन्, ‘किनकि यहाँ व्यक्तिको होइन, समाजको कुरा सुन्ने चलन छ।’
एउटा किताब लेखेकै कारण परिवारमा खटपट परेको मौन स्वीकृति जनाउँदै बालिका चौधरीले परिवारकै मान्छेले आफ्नो किताब जलाएको बताइन्। ‘किताब लेखेकै कारण परिवारमा बोलचाल बन्द हुन्छ भने महिलाहरू कसरी साहित्यमा लाग्न सक्छन्?’ उनको प्रश्न थियो। परिवारिक झमेलाका कारणले पनि महिलाहरू साहित्य लेखनमा आउन नसकेको उनको भनाइ थियो।
‘पुरुषहरूले आफ्नो श्रीमतीकै बारेमा लेख्दा पनि केही नहुने तर एउटा महिलाले केही लेख्यो भन्दैमा परिवारमै तनाव सिर्जना हुनु समाजको उपज हो,’ बालिकाले भनिन्, ‘किनकि, समाजले नै हामी र हाम्रो परिवारलाई मिसगाइड गरिरहेको हुन्छ।’
राजनीतिक दस्तावेजीकरण खोइ?
थारुहरूले पछिल्लो समय थरुहट, थारुवान भनेर आन्दोलन गरिरहेका छन्। तर थारु को हुन्? भन्ने प्रश्नमा पूर्वसांसद एवं नयाँ शक्तिका कैलाली संयोजक कृष्णकुमार चौधरीले मलेरिया पचाएका, तराईका पहिलो आदिवासी थारु भएको बताए। ‘थारुहरू हरेक आन्दोलनमा सहभागी भएका छन्,’ चौधरीले भने ‘जनयुद्धकालमा धेरै थारुले शहादात प्राप्त गरे। उनीहरूको दस्तावेजीकरण किन हुन सकेन? उनीहरू साहित्यमा किन अटाएनन्?’
यी सवालमा सहभागी वक्ताहरू अलमलिएका थिए। उनीहरूले थारु आन्दोलनबारे दस्तावेजीकरण हुन नसकेको स्वीकार गरे। आगामी दिनमा यस्ता मुद्दालाई साहित्यमा पनि समेटिनुपर्ने उनीहरूको भनाइ थियो।
साहित्यिक मेलालाई राष्ट्रिय बनाउने सवाल
थारु लेखक संघको आयोजनामा अघिल्लो वर्षदेखि थारु साहित्यिक मेला आयोजना हुन थालेको हो। दाङबाट सुरु भएको यो मेला दोस्रो वर्ष कैलालीमा सम्पन्न भएको छ। तेस्रो संस्करण बर्दिया जिल्लामा हुनेछ। साहित्य मेलामा सहभागीहरू पनि दाङदेखि पश्चिमकै साहित्यकारहरूको बाहुल्य छ। यसलाई कसरी राष्ट्रिय ‘लेभल’को बनाउन सकिन्छ? वा पूर्व झापादेखि पश्चिम कञ्चनपुरका थारु साहित्यप्रेमीलाई कसरी जोड्न सकिन्छ भन्ने सवाल मेलामा उठेको थियो। यसको जवाफ दिँदै थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीले भने, ‘हामीले पोहोर साल पनि सबैलाई समेट्ने प्रयास गरेका थियौँ। यस वर्ष पनि सबैलाई आग्रह गरेकै हो। तर, सहभागी भइदिनुभएन। दूरीको हिसाबले वा समय नमिलेका कारण यस्तो भएको होला। तर, थारु साहित्यकारले यसप्रति चासो देखाउन जरुरी छ। यो मेलालाई ब्रान्डका रूपमा स्थापित गराउनु नै हाम्रो लक्ष्य रहेकाले अगामी दिनमा सबैको उपस्थिति हुनुपर्छ भन्ने जोड हो।’
पार्टी एकीकरण गर्न थरुहटले बनायो कार्यदल, रुक्मिणी र लेखी पनि आउँलान्?
थरुहट तराई पार्टी नेपालले पार्टीको विधान र पार्टीले उठाउँदै आएका माग मुद्दा मिल्ने पार्टीसँग एकीकरणमा जाने निर्णय गरेको छ। राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टी एकीकरणका लागि समितिले वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितको नेतृत्वमा पाँच सदस्यीय वार्ता तथा सम्बाद कार्यदल बनाएको छ। Continue reading “पार्टी एकीकरण गर्न थरुहटले बनायो कार्यदल, रुक्मिणी र लेखी पनि आउँलान्?”