मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । बुधबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन्। Continue reading “तीन पार्टीको एकीकरणपछि गच्छदार पार्टीको नाम फेरियो, अब पाँचौं ठूलो दल”
Author: admin
माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो सार्वजनिक
पपगायक संजय चौधरीले थारु भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गत माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन्। Continue reading “माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो सार्वजनिक”
मुना चौधरीको उपन्यास ‘जयवर्धन सलहेश’ विमोचन हुँदै, अनलाइन बुकिङ गर्न सकिने
मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश चैत २७ गते विमोचन हुने भएको छ। सिरहाको पकडियागढ लहानमा किताबको विमोचन हुने लेखिका चौधरीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयबाट एम एड गरेकी मुना हाल शिक्षण पेसामा आबद्ध छिन्। Continue reading “मुना चौधरीको उपन्यास ‘जयवर्धन सलहेश’ विमोचन हुँदै, अनलाइन बुकिङ गर्न सकिने”
गच्छदारको अर्को सफलता, फोरम लोकतान्त्रिक र दुई सांसद भएको राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता हुने
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ । तर, पार्टीको नाम र पद बाँडफाँडबारे टुंगो लाग्न बाँकी छ । स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो । ‘एकथरीले भोलि नै घोषणा गरौं भनेका छन्, केहीले अलिपछि गरौैं भनेका छौं’ जनमुक्ति पार्टीका अध्यक्ष एवं संसद थापाले भने, स्थानीय चुनावअघि नै एकता हुन्छ ।’ Continue reading “गच्छदारको अर्को सफलता, फोरम लोकतान्त्रिक र दुई सांसद भएको राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता हुने”
थारु महिलाहरुले धनगढीमा मनाए भब्य चिरै भजहर [फोटो फिचर]
प्रेम दहित/धनगढी।
कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै हो,’ उनले भने। उनले समुदायका चालचलन र संस्कृतिहरु भाबी पुस्तामा हस्तान्तरण हुनुपर्ने बताए। Continue reading “थारु महिलाहरुले धनगढीमा मनाए भब्य चिरै भजहर [फोटो फिचर]”
एनपिस विजेता वसन्ती चौधरीलाई सखी सञ्जालको सम्मान
मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरीलाई सखी सञ्जालले सम्मान गरेको छ। थारु महिलाहरुको स्वतन्त्रताको पर्वको रुपमा चिनिने चिरै भजहरको अवसरमा धनगढीमा सोमबार आयोजित कार्यक्रममा एनपिस अवार्ड विजेता वसन्ती चौधरी सम्मानित भएकी हुन्। Continue reading “एनपिस विजेता वसन्ती चौधरीलाई सखी सञ्जालको सम्मान”
थारु कल्याणकारिणी सभाको भवन शिलान्यास, ६७ लाख लागतमा तयार हुने
कारी महतो/रत्ननगर।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको इतिहासमा मात्र नभएर विश्वको कुनै देशमा यति धेरै अधिकार भएको स्थानीय तह छैन, माओवादीसँगै हिँडेर सयौं थारु समुदायको बलिदानीको परिणाम हो यो,’ उनले भने। Continue reading “थारु कल्याणकारिणी सभाको भवन शिलान्यास, ६७ लाख लागतमा तयार हुने”
गच्छदारलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धतासहित नयाँ शक्तिका नेताहरु फोरम लोकतान्त्रिकमा प्रवेश
स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी समालेका ३५ जनाभन्दा बढीले सो पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् । Continue reading “गच्छदारलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धतासहित नयाँ शक्तिका नेताहरु फोरम लोकतान्त्रिकमा प्रवेश”
कैलालीका महिलाले आज धनगढीमा चिरै भजहर मनाउँदै
सखी सञ्जाल कैलालीको आयोजनामा आज धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुँदैछ। थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष इन्दु थारुले बताइन्।
धनगढीको थारु छात्राबासमा आज बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन हुने उनले बताइन्। कार्यक्रममा प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द्र रिजाल र महिला विकास कार्यालयका प्रमुख पूजा काफ्लेलाई विशिष्ट अतिथि बनाइएको सखी सञ्जालले जनाएको छ।
यो पर्वको दिन अविवाहित महिला (छोरी) घरबाट केही टाढा रहेको बगियामा गएर दिनभर पौराणिक खेल (छुर, कोइली दिदी, कौरी नुकावर) खेल्ने र नाँचगान गर्दै रमाइलो गरि मनाउने गर्छन्।
त्यसदिन परिवारका सदस्य भने मिठा–मिठा परिकार बनाई छोरीहरुलाई पुर्याई खुवाउने चलन रहेको सञ्जालका अध्यक्ष थारुले बताइन्। ‘यो दिन महिलालाई स्वतन्त्रता दिएको हुन्छ। त्यसैगरी यस पर्वमा दिदीबहिनी बाटो छेक्ने र बटुवाले आफ्नो स्वइच्छा दान गर्ने चलन छ,’ उनले भनिन्।
कन्या स्वतन्त्रताको पर्व चिरैं/चरैं [पर्व विश्लेषण]
दिलबहादुर चौधरी।
नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो । यसको मतलब अरु जिल्लामा यस्तो छँदैछैन भन्न खोजेको हैन, फेरी पनि कैलालीमा केहि त्यस्ता थारुहरुका थर छन्, चाडपर्व छन्, जुन अरु जिल्लामा छैन भन्दा फरक नपर्ला । तपाई कञ्चनपुरमा जानुहुन्छ भने चौधरी, राना थारु पाउनुहुन्छ भने कैलालीमा चौधरी, राना र कठरिया थारु पाउनुहुन्छ । धेरै जिल्लामा नमनाउने त्यौहार तपाई कैलालीमा आउनुहुन्छ भने मज्जाले देख्न सक्नुहुन्छ, त्यसमा रमाउन सक्नुहुन्छ । त्यस्तै मध्येको एउटा त्यौहार हो, चिरै त्यौहार । त्यसैले आउनुस् चिरैं त्यौहारबारे यहाँ सानो चर्चा गरौं । Continue reading “कन्या स्वतन्त्रताको पर्व चिरैं/चरैं [पर्व विश्लेषण]”