थारु भाषामा पठनपाठनको मागसहित थारु साहित्यिक मेलाबाट आठ बुँदे घोषणापत्र जारी

थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाब दिनेलगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु साहित्यक मेलाको दोस्रो संस्करण सम्पन्न भएको छ। समापनको दिन थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्थाबारे अन्तर संवाद गरियो। Continue reading “थारु भाषामा पठनपाठनको मागसहित थारु साहित्यिक मेलाबाट आठ बुँदे घोषणापत्र जारी”

सुशीला लेखीको नेतृत्वमा इटहरीमा गठन भयो महिला सभा

थारु महिला सभाको इटहरी उपमहानगरपालिका कमिटीमा सुशीला लेखीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। सभाको सुनसरी अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा भएको पहिलो अधिवेशनले लेखी नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति बनेको हो। Continue reading “सुशीला लेखीको नेतृत्वमा इटहरीमा गठन भयो महिला सभा”

नयाँ शक्तिका संयोजक बाबुराम र सांसद गंगा चौधरीलगायत नेतामाथि प्रहरीको दुर्व्यवहार

निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद गंगा चौधरीलगायतका नेताहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको बताएका छन् । २ नम्बर गण हुँदै प्रहरी क्लब पुर्‍याएका नेताहरुलाई प्रहरीले साँझ नेताहरुलाई रिहा गरेका थिए । तर, नयाँ शक्तिका संयोजक भट्टराईले आफूहरुलाई किन पक्राउ गरिएको नखुलाएको भन्दै क्लब नछाड्ने अडान राखे । Continue reading “नयाँ शक्तिका संयोजक बाबुराम र सांसद गंगा चौधरीलगायत नेतामाथि प्रहरीको दुर्व्यवहार”

थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु समुदायको बनाउन माओवादी सांसदको माग

काठमाडौं- माओवादी केन्द्रको भातृसंगठन थारु राष्ट्रिय मुक्ति मोर्चाले थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेको छ। मोर्चाका अध्यक्ष सन्तकुमार थारु नेतृत्वको टोलीले शनिबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। Continue reading “थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु समुदायको बनाउन माओवादी सांसदको माग”

निर्वाचन आयोग घेर्न गएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पक्राउ

निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ । Continue reading “निर्वाचन आयोग घेर्न गएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पक्राउ”

मोर्चाभित्रका पाँच मधेसी दलबीच एकता प्रयास

मधेसी मोर्चामा आबद्ध पाँच दलले एकीकण प्रयास अघि बढाएका छन्। संसद्मा ५ सिट भएको सद्भावना पार्टी, तीन–तीन सिट भएका राष्ट्रिय मधेस सद्भावना पार्टी र तराईमधेस सद्भावना पार्टी तथा एक–एक सिट भएका नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण प्रयास थालिएको ती दलका नेताले बताएका छन्। Continue reading “मोर्चाभित्रका पाँच मधेसी दलबीच एकता प्रयास”

दुर्घटनामा दाङका राम चौधरी र वीरबल चौधरीसहित पाँच जनको मृत्यु

जीतनारायण थनेत/नवलपरासी।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । Continue reading “दुर्घटनामा दाङका राम चौधरी र वीरबल चौधरीसहित पाँच जनको मृत्यु”

कैलालीको पटेला गाउँमा थारु साहित्यिक मेलाको भब्य उद्‍घाटन

कैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक बहससँगै थारु साँस्कृतिको पनि प्रस्तुती रहेको थियो। थारु लेखक संघको आयोजना र कैलालीको सयोगमा सञ्चालन थारु साहित्यिक मेलाको दोस्रो संस्करणक मुख्य वक्ता भाषाविद् पदम राई र लेखक रामलाल जोशी रहेका थिए। Continue reading “कैलालीको पटेला गाउँमा थारु साहित्यिक मेलाको भब्य उद्‍घाटन”

म्यादी प्रहरीमा भर्ती हुन आएका बाँकेका टोलबहादुर चौधरीको मृत्यु

म्यादी प्रहरी हुन आएका बाँके बैजापुरका टोलबहादुर थारुको मृत्यु भएको छ । एक किलोमिटर दौड सकेर पुसअफ गर्ने क्रममा थारु बेहोस भएका थिए । उनलाई प्रहरीले अस्पताल पुर्याएपनि बचाउन सकेनन् । बाँकेका एसपी टेकप्रसाद राईका अनुसार, एक किलोमिटरको दौड सकेर केहीबेरको आराम पछि सेटअफ, पुसअफमा लगिएको थियो । Continue reading “म्यादी प्रहरीमा भर्ती हुन आएका बाँकेका टोलबहादुर चौधरीको मृत्यु”

धरापमा थारुको प्रथाजन्य कानुन

सिताराम चौधरी।
थारु जातिको परिचय
थारु जाति नेपालको मूलवासी तथा तराईका भूमिपुत्र हुन । यिनीहरुको मुख्य पेसा नै कृषि हो । नेपाल अधिराज्यको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म तराई तथा भित्रि मधेसका समतल फाँटहरुमा प्राचीनकालदेखि बसोबास गर्दै आएका छन् । थारु जातिको प्रमुख विशेषता भनेको सोझोपन र इमान्दारिता हो । यिनीहरु जालझेल गर्न जान्दैनन् । थारु जाति मिहनेती भएकाले आफ्नो बहुबलमा विश्वास गर्छन् । त्यसैको फलस्वरुप नेपालको तराई तथा भित्रि मधेसका हरियाफाँटमा प्राचीनकालदेखि अन्न उत्पादन गरेर देशको आर्थिक मेरुडण्दमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । Continue reading “धरापमा थारुको प्रथाजन्य कानुन”