कांग्रेससँग पार्टी एकीकरण हुने हल्ला निराधार होः गच्छदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् । फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो।’ Continue reading “कांग्रेससँग पार्टी एकीकरण हुने हल्ला निराधार होः गच्छदार”

राष्ट्रिय दल हुन तीन प्रतिशत मतसहित प्रत्यक्ष सिट जित्नैपर्ने

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नल्याउने र प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। संसद्द्वारा बुधबार पारित राजनीतिक दलसम्बन्धी विधेयकमा ‘प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गर्ने’ व्यवस्था छ। ‘राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३’ विधेयक बुधबार संसद्ले पारित गरेको हो। Continue reading “राष्ट्रिय दल हुन तीन प्रतिशत मतसहित प्रत्यक्ष सिट जित्नैपर्ने”

कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको खतिवडाले बताए । आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।

आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमूलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

अनलाइन फारम भर्न https://eoers.epsnepal.gov.np/ मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

पत्रकार महासंघ बारा शाखामा ‘काठ’ राजनीति, अध्यक्षले भने, ‘श्रमजीवी पत्रकारको मर्यादामाथि कुठाराघात’

नागेन्द्र चौधरी/बारा।

नेपाल पत्रकार महासंघ बारा शाखाले आफूहरुविरुद्ध भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ। शाखाका अध्यक्ष कमलकुमार उपाध्यायद्वारा मंगलबार जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउनेगरी संस्थाकै सदस्यहरुबाट समाचार लेख्ने र प्रकाशित गर्ने कार्यले पत्रकारहरुको व्यवसायिक मर्यादामाथि ठूलो धावा बोल्ने कार्य भएको महासंघ बारा शाखाको ठहर छ।’ Continue reading “पत्रकार महासंघ बारा शाखामा ‘काठ’ राजनीति, अध्यक्षले भने, ‘श्रमजीवी पत्रकारको मर्यादामाथि कुठाराघात’”

मिस नेपाल बन्न चाहनुहुन्छ? आवेदन खुल्यो

मिस नेपालको २०१७ को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो। Continue reading “मिस नेपाल बन्न चाहनुहुन्छ? आवेदन खुल्यो”

थारु फिल्म भौँराको गीत सार्वजनिक

थारु फिल्म भौँराको गीत युट्युबमा सार्वजनिक भएको छ। चम्पन साँस्कृति समूहको ब्यानरमा बनेको फिल्मलाई यसअघि नै राजधानी, दाङ, कैलालीलगायतका ठाउँमा च्यारिटी गरिएको थियो। Continue reading “थारु फिल्म भौँराको गीत सार्वजनिक”

थारु साहित्य मेलाको तालिका सार्वजनिक, पद्म राई र रामलाल जोशी विशेष वक्ता

थारु लेखक संघले आयोजना गर्ने थारु साहित्य मेलाको दोस्रो संस्करण कैलालीमा हुने भएको छ । चैत १९ र २० गते हुने मेलामा भाषाविद् पद्म राई र मदन पुरस्कार विजेता तथा ऐनाका लेखक रामलाल जोशी मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । भाषाविद् राईसँग थारु मानक भाषा र लेखक जोशीसँग गजल तथा कथा लेखनबारे अन्तरसम्बाद हुने संघका अध्यक्ष कृष्णराज सर्वाहरीले जानकारी दिए । Continue reading “थारु साहित्य मेलाको तालिका सार्वजनिक, पद्म राई र रामलाल जोशी विशेष वक्ता”

पत्रकार महासंघको छैठौं जिल्ला अधिवेशन १९ गते हुने

नागेन्द्र चौधरी/बारा।
नेपाल पत्रकार महासंघ बारा शाखाको छैठौं जिल्ला अधिवेशन यही चैत १९ गते शनिबार हुने भएको छ । पत्रकार महासंघ बारा शाखाको आइतबार सम्पन्न भएको बैठकले अधिवेशन १९ गते गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष कमल कुमार उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको तयारीको सबै जिम्मेवारी पनि अध्यक्ष उपाध्यायलाई नै दिने निर्णय गरेको छ ।

यसरी नै बैठकले बाराका अग्रज पत्रकार उमेशलाल दास मुख्य निर्वाचन अधिकृत रहने गरी पत्रकार दुर्गा प्रसाद गौतम र बार एशोसिएन बाराका एकजना कानुन ब्यवसायी प्रतिनिधि रहने गरी तीन सदस्यीय निर्वाचन समित पनि गठन गरेको छ ।

बैठकले जिल्लामा रहेका सबै पत्रकारहरुको संगठनहरुसंग अध्यक्ष उपाध्यायले चैत १० गतेसम्म सहमति र सहकार्य कार्यान्वयनका लागि तथा नयां सदस्यताका लागि समन्वय गर्ने र सचिव जयनारायण यादव र कोषाध्यक्ष भैयाराम साहको सांगठनिक तथा आर्थिक प्रतिवेदन समेत तयार पर्ने निर्णय गरेको छ ।

शाखाका सबै साधारण सदस्यहरुले चैत १५ गतेसम्म सदस्यता नवीकरण गरिसक्नु तथा महासंघको चुनाव सफल बनाउनका लागि जिल्लाका सुरक्षा निकायसंग पनि समन्वय गर्ने निर्णय बैठकले गरेको अध्यक्ष कमल कुमार उपाध्यायले जानकारी दिए ।

गच्छदारले भने- ‘कांग्रेसले मेरो आवश्यकता महसुस गर्नु खुसीको कुरा हो’

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले वर्तमान राजनीति समस्या समाधानका लागि सरकारसित आफूले रोडम्याप मागेको बताए। ‘समस्या समाधानको एजेन्डा मागेको छु,’ उनले भने, ‘सरकारको तर्फबाट त्यो आएपछि मात्रै हाम्रो सहभागिता हुन्छ।’ Continue reading “गच्छदारले भने- ‘कांग्रेसले मेरो आवश्यकता महसुस गर्नु खुसीको कुरा हो’”

दाङमा सीमाको जंगे पिलर सारिएको सांसद योगेन्द्र चौधरीको दाबी

दाङ जिल्लाको देउखुरी उपत्यकास्थित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल सीमानाकाभन्दा ४० किलोमिटर टाढा निस्फिक्री बसेको भन्दै संसदमा चर्को आलोचना भएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी गरे । Continue reading “दाङमा सीमाको जंगे पिलर सारिएको सांसद योगेन्द्र चौधरीको दाबी”