१६ वर्षे तनमय चौधरीको अविष्कार : विद्युतीय साइकलदेखि इजी कार्टसम्म

लखन चौधरी/धनगढी।
धनगढी उपमहानगरपालिका–५ तारानगरका १६ वर्षीय तनमय चौधरीको एकपाछि अर्को वैज्ञानिक अविष्कारको कदम क्रमिकरुपमा थपिँदै गएको छ। धनगढीस्थित एक्सिस विद्याश्राममा कक्षा १० मा अध्ययनरत चौधरीको नयाँ नयाँ र अटो इन्जिनीयरिङ क्षेत्रमै नयाँ आयाम थप्न सकिने अविष्कारका यन्त्रहरु थपिदै गएका हुन्। Continue reading “१६ वर्षे तनमय चौधरीको अविष्कार : विद्युतीय साइकलदेखि इजी कार्टसम्म”

जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा ‘प्रदेश मधेस सरकार’

जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले ‘प्रदेश मधेस सरकार’को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले ‘प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्। Continue reading “जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा ‘प्रदेश मधेस सरकार’”

आदिवासी जनजाति पत्रकार महासंघको सुनसरी अध्यक्षमा धिरेन्द्र चौधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी शाखाको दोस्रो अधिवेशनबाट धिरेन्द्र चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएका छन्। रामधुनी नगरपालिको क्षेत्रीय कृषि तालिम केन्द्र,झुम्कामा भएको अधिवेशनले १३ जना कार्यसमितिको गठन गर्दै दुई जना सदस्य मनोनीतसमेत गरेको छ।

त्यस्तै उपाध्यक्षमा बिनय प्रधान, सचिवमा शिशिर राई, महिला सहसचिवमा सुप्रिया राई, पुरुष सहसचविमा निशान चौधरी, कोषाध्यक्षमा कुशल कुरुङवाङ निर्वाचित भए। त्यस्तै सदस्यहरुमा नबिन चौधरी, बिजय राई, कमला चौधरी, प्रेमा राई, एलएल गच्छदार, बिक्रम सुब्बा, इशा माद्यम निर्वाचित भए।

त्यस्तै केन्द्रीय पार्षदमा हर्ष सुब्बा, यम प्रधान, जनक ऋशि राई, स्वर्णिम सम्बाहाफे फोम्बो, सुनिल चौधरी, कुलदिप चौधरी, भोजराज श्रेष्ठ, बिनय राजवैशी, सुक्देव चौधरी, दीब्या चौधरी, आदर्श आलेमगर, गोपाल देवान, नबिन गुरुङ चयन भए। त्यस्तै प्रदेश पार्षदमा सुम्निमा चाम्लिङ, सिंहबहादुर मादेन र सञ्जु राई छन् । प्रदेश पर्यवेक्षकमा राजकुमारी चौधरी र टीना चोङबाङ छन्।

महासंघका अध्यक्ष जनक ऋशि राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष भैरव आङ्गलाको सहभागिता थियो। उनले नयाँ कार्यसमितिले अदिवासी पत्रकारहरुको क्षमता बिकास तथा ग्रामिण क्षेत्रमा रहेका पत्रकारलाई खोजिखोजी ल्याउनुपर्ने बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खडकाले आदिवासी पत्रकारहरुसँग एक इन्च पनि तलमाथि नगरी सहकार्य रहने बताए। कार्यक्रममा हर्ष सुब्बा, यम प्रधान, रामराज चौधरी, तेजनारायण चौधरी, केशिलाल चौधरी, राजकुमार चौधरी, केदार श्रेष्ठ, कुलदिप चौधरी, बौआलाल चौधरीलगायतका वक्ताले आदिवासीहरुको माग मुद्दाप्रति शसक्तरुपमा कलम चलाउनुपर्नेमा जोड दिए।

फिल्म ‘समर लभ’मा भारती मोडल रेवती क्षेत्री

भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्।  Continue reading “फिल्म ‘समर लभ’मा भारती मोडल रेवती क्षेत्री”

स्थानीय निर्वाचनको विरोध गर्दै आएको मोर्चाद्वारा संसद बैठक बहिष्कार

व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिएनन् । Continue reading “स्थानीय निर्वाचनको विरोध गर्दै आएको मोर्चाद्वारा संसद बैठक बहिष्कार”

आमाको प्रेरणाले समाजिक काममा लगेकी भगवती चौधरी

भगवती चौधरी आमा र परिवारको प्रेरणाका कारण म २०४८ सालदेखि नै सामाजिक काममा सक्रिय भए । एसएसलसी परीक्षा दिएपछि आफू जन्मेको गाउँ र समाजमा केही केही सुधार गर्नुपर्छ भन्ने लागिरह्यो । जसका कारण मलाई समाज रूपान्तरणको पक्षमा उभ्याएको हो । २०५१ साल जतिबेला तराईका धेरै महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक कारणले पछाडि परे, त्यतिमात्र होइन, पछाडि पारिए । उनीहरूमा घरेलु सीप थिए, तर आफूमा भएका सीप र कलालाई बाहिर ल्याउनका लागि आर्थिक, सामाजिक साथ थिएन । धेरै महिलाहरू घरेलु हिंसाका सिकार भएका थिए । उनीहरूलाई यो वा त्यो मामिलामा घरेलु हिंसाका सिकार भइरहेका थिए । तराईमा अझै पनि घरेलु हिंसा कायमै छ । Continue reading “आमाको प्रेरणाले समाजिक काममा लगेकी भगवती चौधरी”

मोटरसाइकलको ठक्करबाट मोरङमा रामविलास चौधरीको मृत्यु

मोरङमा मोटरसाइकलको ठक्करबाट गएराति कोसी हरैचा– ४ बस्ने रामविलास चौधरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी– ६ मा गएराति १० बजे उनलाई को ५ प ८१३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । Continue reading “मोटरसाइकलको ठक्करबाट मोरङमा रामविलास चौधरीको मृत्यु”

विजय गच्छदारलाई कांग्रेसमा ल्याउने प्रयास

सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा ल्याउनेबारे छलफल अघि बढाएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउनसके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् । Continue reading “विजय गच्छदारलाई कांग्रेसमा ल्याउने प्रयास”

एसियन आदिवासीको मुद्दालाई सशक्तरुपले उठाउनुपर्ने उपाध्यक्ष चौधरीको जोड

संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले एसियाका आदिवासीहरुको मुद्दालाई सशक्तरुपले उठान गर्नुपर्ने बताएका छन्। एसिया इन्डिजिनियस पिपल्स प्याक्टको आयोजनामा थाइल्यान्डमा भएको बैठकमा उनले एसियन राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग गरेको सन्धि सम्झौता, विश्वब्यापी मानवअधिकार अध्यावधि समीक्षालाई न्युयोर्क र स्विट्जरल्यान्डमा आयोजना हुने सम्मेलनमा विशेष प्राथमिकता दिनुपर्ने बताए। Continue reading “एसियन आदिवासीको मुद्दालाई सशक्तरुपले उठाउनुपर्ने उपाध्यक्ष चौधरीको जोड”