प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते हुने

प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते (अप्रिल १४) हुने भएको छ। दुबईको जेबल पार्कमा हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। दुबईमा रहेका थारुहरुको साझा संस्था बनेको प्रवासी थारु समाजले विभिन्न समाजिक काम पनि गर्दै आएको छ। यो संस्थाले थारुहरुको नयाँ वर्ष माघी पनि प्रवासमै मनाउँदै आएको छ। संस्था नेपालका कलालकारहरुलाई पनि प्रवर्द्धन गर्न कार्यक्रममा सहभागी गराउँदै आएको छ। Continue reading “प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते हुने”

थारु साहित्यिक मेलाको तयारी तीब्र, आयोजक पटेलावासी उत्साहित

लखन चौधरी/धनगढी।

आफ्नै गाउँमा राष्ट्रिय स्तरको कार्यक्रम हुने भएपछि धनगढी उपमहानगरपालिका–७ पटेलावासी उत्साहित भएका छन्। उपमहानगर क्षेत्रभित्रै विकासको दृष्टिकोणले निकै पछाडि परेका पटेलाबासी आफ्नै ठाउँमा राष्ट्रिय थारु साहित्यिक मेला हुने भएपछि उत्साहित भएका हुन्। Continue reading “थारु साहित्यिक मेलाको तयारी तीब्र, आयोजक पटेलावासी उत्साहित”

थरुहटबासीलाई सम्बोधन गर्न बाबुराम भट्टराई धनगढीमा

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धनगढीमा पुगेका छन्। नयाँ शक्ति नेपालको आइतबार धनगढीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न उनी शनिबार नै धनगढी पुगेका हुन्। उक्त पार्टीको हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान अन्तरगत धनगढीमा आमसभाको आयोजना भैरहेको कैलाली जिल्ला संयोजक कृष्णकुमार चौधरी कुन्दनले बताए। Continue reading “थरुहटबासीलाई सम्बोधन गर्न बाबुराम भट्टराई धनगढीमा”

थारु महिलाद्वारा चिरै भजहरमा स्थानीय विदाको माग

लखन चौधरी/धनगढी।

थारु समुदायको महिलाहरुले मनाउँदै आइएको चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गरिएको छ। नारी स्वतन्त्रको प्रतीकको रुपमा लिने चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गर्दै थारु महिलाहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको ध्यानाकर्षण गराएका छन्। संखी सञ्जाल कैलालीले प्रमुख जिल्ला अधिकारी रिजाललाई मागपत्र बुझाउँदै स्थानीय विदाको माग गरेको हो। Continue reading “थारु महिलाद्वारा चिरै भजहरमा स्थानीय विदाको माग”

राष्ट्रिय थारु संग्रहालयको गेट शिलान्यास

नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय थारु संग्रहालय अध्ययन केन्द्रको मुख्य गेटको बिहीबार शिलान्यास गरिएको छ। संग्रहालयका अध्यक्ष कुलचन्द्र महतो, थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतो, राष्ट्रिय थारु संग्रहालय संरक्षण अभियानका संयोजक नेत्र नारायण थनेत र राष्ट्रिय थारु संग्रहालयका संस्थापक अध्यक्ष तथा पूर्वसांसद मझिलाल थारु थनेतले संयुक्तरुपमा शिलान्यास गरेका हुन्। Continue reading “राष्ट्रिय थारु संग्रहालयको गेट शिलान्यास”

सांसद चौधरीको बुबाको पुण्य तिथिमा शोकसभा

नेकपा एमालेका सांसद वैजनाथ चौधरीका पिता स्वर्गीय तेतरप्रसाद चौधरीको १३औँ दिनको पुण्य तिथिमा नेकपा एमाले परासी जिल्ला संगठन कमिटिले श्रद्धान्जली सभा सम्पन्न गरेको छ। चौधरीको निवास सरावल गाउँपालिका वडा नं. २ स्थित तिलकपुर मगरमुडाहामा भएको श्रद्धान्जली सभा जिल्ला सहसंयोजक थानप्रसाद गैरेको अध्यक्षता तथा केन्द्रीय सदस्य लिला गिरीको प्रमुख आतिथ्यमा भएको थियो। Continue reading “सांसद चौधरीको बुबाको पुण्य तिथिमा शोकसभा”

गैंडाको आक्रमणबाट नवलपरासीमा कुमारीदेवी महतोको मृत्यु

नवलपरासीको कावासोतीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। नमूना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। Continue reading “गैंडाको आक्रमणबाट नवलपरासीमा कुमारीदेवी महतोको मृत्यु”

दुर्घटनामा परेकी एमाले सांसदको निधन

एमाले सांसद दुलारी देवीको बिहीबार साँझ उपचारक्रममा निधन भएको छ। भारतको सीमावर्ती बजार सीतामाढीमा दुर्घटनामा परी गम्भीर घाइते उनको ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भएको परिवारले जनाएको छ। Continue reading “दुर्घटनामा परेकी एमाले सांसदको निधन”

जनताको स्वशासन र सुविधालाई लत्याएर घोषणा गरिएको चुनाव मान्दैनौं : रुक्मिणी चौधरी

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले स्थानीय निकायको चुनाव र स्थानीय निकयको पुनःसंरचनाको विरोध गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले जनताको स्वशासन र सुविधालाई लत्याएर चुनाव घोषणा गरेको भन्दै विरोध जनाएको हो।

‘संघीय व्यवस्थामा स्थानीय तह स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्रहरु, प्रादेशिक सरकारको मातहत हुनुपर्नेमा संघीय व्यवस्थाको मर्म र भावना विपरीत घोषणा गरिएको स्थानीय निर्वाचनप्रति पार्टीको पूर्ण असहमति छ,’ पार्टी अध्यक्ष रुक्मिणी चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

थारु लोककला र परम्परागत सिपलाई प्रवर्द्धन गर्दै सांसद

थारु सीपलाई प्रवर्द्धन र महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ दाङको सिसहनियामा तालिम आयोजना भएको छ। सांसद गंगा थारुको संसदीय कोषबाट १२ दिने सिपमुलक तालिम आयोजना भएको हो। Continue reading “थारु लोककला र परम्परागत सिपलाई प्रवर्द्धन गर्दै सांसद”