दहितको पिएचडी शोधले भन्छ- ‘बुद्ध थारु समुदायको कुलमा जन्मिएका हुन्’

गौतम बुद्ध, कुन समुदायका थिए र हुन्? भन्ने लामो र अप्ठयारा बिबादहरुलाई टुंगाउँदै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले हालै बिद्याबारिधी (पिएचडी) सम्पन्न गरेका छन्। सांसद दहितले शाक्य मुनी ‘सिदार्थ गौतम थारु समुदायका पुत्र’ भएको विभिन्न कोणबाट प्रमाणित गरेकाले उनले बिद्याबारिधि अर्थात पिएचडी प्राप्त गरेका हुन्। गत असोज ६ गते सांसद दहितले लुम्बिनी विश्वबिद्यालयबाट बिद्याबारिधीको प्रमाण पत्र लिइसकेका छन्। Continue reading “दहितको पिएचडी शोधले भन्छ- ‘बुद्ध थारु समुदायको कुलमा जन्मिएका हुन्’”

एमालेमा २३ जना थारु-मधेसी मनोनीत, शान्ता र मञ्जु चौधरी वैकल्पिक केन्द्रीय सदस्य

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २३ जनालाई मनोनीत गरेको हो। Continue reading “एमालेमा २३ जना थारु-मधेसी मनोनीत, शान्ता र मञ्जु चौधरी वैकल्पिक केन्द्रीय सदस्य”

एमाले सांसदमाथि मोर्चाका कार्यकर्ताद्वारा ढुंगा प्रहार, एमालेको अभियानविरुद्ध लाठी जुलुस् निकाल्ने तयारी

मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे। Continue reading “एमाले सांसदमाथि मोर्चाका कार्यकर्ताद्वारा ढुंगा प्रहार, एमालेको अभियानविरुद्ध लाठी जुलुस् निकाल्ने तयारी”

थारुका पार्टीसहित ७४ दल निर्वाचन आयोगमा दर्ता

निर्वाचनको विरोध गर्ने थारुका पार्टीहरुले पनि स्थानीय तहको चुनावमा सहभागिता जनाउन दल दर्ता गरेका छन्। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, भानुराम चौधरी अध्यक्ष रहेको थरुहट तराई पार्टी नेपाल, रुक्मिणी चौधरी नेतृत्वको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले दल दर्ता गरेका हुन्। Continue reading “थारुका पार्टीसहित ७४ दल निर्वाचन आयोगमा दर्ता”

कक्षा ११ को परीक्षा सर्‍यो, अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका कारण परीक्षा पछि सारिएको बोर्डले जनाएको छ। वैशाख २४ गतेदेखि हुने भनिएको उक्त परीक्षा अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। Continue reading “कक्षा ११ को परीक्षा सर्‍यो, अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुने”

चुनावको विरोधमा थरुहट थारुवानको मसाल जुलुस, झापा र कञ्चनपुरमा आज एकसाथ विरोधसभा

स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले मसाल जुलुस प्रदर्शन गरेको छ। बिहीबार साँझ राजधानीको सिनामंगलदेखि पुरानो बानेश्वरसम्म समितिले मसाल जुलुस प्रदर्शन गरेको हो। प्रदर्शनमा थारु कल्याणकारिणी सभा र त्यससँग सम्बद्ध भातृसंस्थाहरुमा आबद्ध पदाधिकारीको सहभागिता थियो। सहभागीहरुले निर्वाचन तुरुन्त स्थगित गर्नुपर्ने, टीकापुर घटनाका जेलबन्दीलाई रिहा गर्नपर्नेलगायत नारा लगाएका थिए। Continue reading “चुनावको विरोधमा थरुहट थारुवानको मसाल जुलुस, झापा र कञ्चनपुरमा आज एकसाथ विरोधसभा”

थारु बहुमुखी क्याम्पससहित तीन थारु स्ववियु सभापतिमा विजयी

रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका शम्भु थारु विजयी भएका छन्। उक्त क्याम्पसमा सचिव पदबाहेक सवै पद अनेरास्ववियुले कब्जा गरेको छ । सचिव पद भने अखिल क्रान्तीकारीले आफ्नो पोल्टामा पारेको छ। अखिल क्रान्तीकारीको तर्फबाट खेम बहादु कुँवर विजयी भएका छन्। Continue reading “थारु बहुमुखी क्याम्पससहित तीन थारु स्ववियु सभापतिमा विजयी”

थरुहट आन्दोलन : अब के गर्ने ?

सीएन थारु।

थरुहट आन्दोलन दश वर्ष पार गरेको छ। राष्ट्रिय मुक्ति आन्दोलनको एक अंश ठहर भएको थरुहट आन्दोलन टीकापुर, कैलालीमा २०७२ साल भाद्र ७ गते घटेको घटना पश्चात फरक ढङ्गले व्याख्या हुने गरेको छ । अपराधिक मनोदशाबाट टीकापुर घटना हुन पुगेको ठहर गर्दै शासकवर्गले थारु राष्ट्रियताको जग मानिएको भल्मन्सा-महतवा-बडघर प्रणालीको निरन्तरता क्रमभङ्ग गर्नका लागि कि गैरथारुलाई समेत बडघर बनाउन दवाव दिने काम गर्न थाले अथवा महतवा-बडघरलाई मुद्दा लगाई हतोत्साह बनाउन कोशिश गरे । यसले थारुको सामाजिक प्रतिरोधात्मक क्षमता कमजोर भएको देखाउँछ जबकी दश वर्ष चलेको थरुहट आन्दोलनले सशक्त बनाउँदै लग्नुपर्ने हो । यसर्थ थरुहट आन्दोलनको समीक्षा गर्न अनिवार्य भइसके । यससँगै नेतृत्वको समेत आत्मसमीक्षा जरुरी छ । Continue reading “थरुहट आन्दोलन : अब के गर्ने ?”

५ बुँदे मागसहित जनजाति महासंघद्वारा आन्दोलन सुरु

नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन सुरु गरेको छ। महासंघले बिहीबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलन सुरु गरेको हो। Continue reading “५ बुँदे मागसहित जनजाति महासंघद्वारा आन्दोलन सुरु”

रुपन्देहीका नोखईप्रसाद चौधरीलाई समाजले दिएको ‘डिप्रेसन’

कमला चौधरी/काठमाडौं।  

हेर्दा हट्टाकट्टा, मिजासिला स्वाभावका, सामान्य नै देखिने ५१ वर्षीय नोखईप्रसाद थारु मानसिक रुपले रोगी छन्। विगत पच्चिस वर्षदेखि उनलाई मानसिक रोगले सताएको हो। उनका बुबाआमा पुस्तौदेखि जमिनदारकोमा हलिया बसेका कारण सम्पत्ति जगेर्ना गर्न सकेनन्। गरिबी, त्यसैले पढ्न पाएनन्। उनका बाआमा जमिन्दारकोमा हलिया बसे त्यही काम गर्दैगर्दा जन्मेका नोखई पनि त्यही काम गर्दै हुर्के। घर थिएन हलिया काम गर्ने खाने बस्ने गर्दैगर्दा उनी विद्यालय जान पाएनन्। यसरी साहुकै काम गर्ने, साहुकै घरमा सुत्ने, लत्ताकपडा उसैले दिएको लगाउने यसरी नै दैनिकी विताए। जवान भए, विहे गरे। उनका परिवारमा श्रीमती, तीन छोरा र दुई छोरी छन्। Continue reading “रुपन्देहीका नोखईप्रसाद चौधरीलाई समाजले दिएको ‘डिप्रेसन’”