पूर्वसांसद भगवती चौधरीले भनिन्- ‘मधेसी र थारुको पार्टी हो एमाले’

इनरुवा पुगेको एमाले अभियानमा त्यहाँ आयोजित सभालाई एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले सम्बोधन गरे । सम्बोधनका क्रममा एमाले नेता पण्डितले मधेसी मोर्चालाई मधेसी जनताको ठेक्का नलिन चेतावनी दिए । Continue reading “पूर्वसांसद भगवती चौधरीले भनिन्- ‘मधेसी र थारुको पार्टी हो एमाले’”

थारु टिसर्ट बजारमा

थारु टिसर्ट बजारमा आएको छ। थारुको संस्कृति झल्किने टिसर्ट बजार ल्याउने काम रोविन चौधरीले गरेका छन्। थारु विद्यार्थीको हकहितका लागि काम गर्दै आएका उनले थारु टिसर्ट बजारमा ल्याएका हुन्। पियोर कटर र डिजिटल प्रिन्ट गरिएको उक्त टिसर्ट पुरुष महिला दुवैका लागि उपलब्ध भएको उनले जानकारी दिए। Continue reading “थारु टिसर्ट बजारमा”

सप्तरीमा एमाले-मोर्चा आमनेसामने, कार्यक्रम बिथोल्न यातायात ठप्प

एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन्। सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन्। उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए। अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग गरेर भएपनि तनाव हुन नदिने बताए। Continue reading “सप्तरीमा एमाले-मोर्चा आमनेसामने, कार्यक्रम बिथोल्न यातायात ठप्प”

पत्रकार महासंघको कैलाली शाखामा दस जना थारु प्रतिनिधि विजयी

नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा जगत साउँद निर्वाचित भएका छन्। उनले प्रतिद्वण्द्वी हिक्मत रावलभन्दा २२ मत बढी ल्याएर विजय हासिल गरेका हुन्। Continue reading “पत्रकार महासंघको कैलाली शाखामा दस जना थारु प्रतिनिधि विजयी”

कृषिमन्त्री चौधरीको निर्णय रोक्न सर्वाेच्चको आदेश

कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक युवराज पाण्डेलाई बिनाकारण निलम्बन गर्ने कृषिमन्त्री गौरीशंकर चौधरीको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ। आफ्नो अनुचित दबाब नमानेकै भरमा मन्त्री चौधरीले पाण्डेलाई निलम्बन गरेको भन्दै अदालतमा परेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। Continue reading “कृषिमन्त्री चौधरीको निर्णय रोक्न सर्वाेच्चको आदेश”

नेपाल विश्व सम्बन्ध परिषदको कार्यकारी सदस्यमा सांसद चौधरी चयन

नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी नेपाल विश्व सम्बन्ध परिषदको कार्यकारी सदस्य चयन भएका छन्। शनिबार सम्पन्न भेलाले पर्साका सांसद चौधरी कार्यकारी सदस्य चयन भएका हुन्। नेपालले अन्य राष्ट्रहरुसँगको सम्बन्ध सुदृढीकरणका लागि यो परिषद्ले काम गर्दै आएको छ। Continue reading “नेपाल विश्व सम्बन्ध परिषदको कार्यकारी सदस्यमा सांसद चौधरी चयन”

कैलालीकी भलिबल स्टार नेविका र मोरङका फुटबलर चन्दनबीच लगनगाँठो

नेपाली राष्ट्रिय टोली तथा एपिएफल भलिबल टोलीकी सदस्य नेविका चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। एपीएफ क्लबमै आबद्ध फुटबलर मोरङका चन्दन सरदार र नेविकाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो। Continue reading “कैलालीकी भलिबल स्टार नेविका र मोरङका फुटबलर चन्दनबीच लगनगाँठो”

चितवनमा फगुवा महोत्सव मनाइने, ‘समत’ पनि जलाइने

कारी महतो, चितवन।

चितवनमा ऐतिहासिक रुपमा प्रथम फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ। २०७३ फागुन २७ र २८ गतेका दिन रत्ननगर नगरपालिका वडा नं. १७ सिसुवार (सौराहा)को चौरमा सम्पूर्ण थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरिने महोत्सवका सदस्य सचिव शिवनारायण चौधरीले बताए।

थारु समुदायको महान चाड फगुवामा फागु पूर्णिमाको बेलुका हरेक थारु गाउँमा चीर बनाएर जलाउने गरिन्छ। त्यसलाई थारु भाषामा ‘समत लेसे’ भनिन्छ। त्यसको अर्को दिन सबेरै समत पोलेको खरानी उडाउने र खरानीकै टीका लगाएर फगुवा मनाउने गरिन्छ। त्यस दिनलाई धुरहेरी भनिन्छ।

समत (चीर) सम्बन्धि विभिन्न किंवदन्तीहरु छन्। हिन्दू धर्ममा यसलाई होलिका दहनको रुपमा लिइन्छ तर थारु समुदायमा यसको बेग्लै महत्व छ। थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इनरप्रसाद महतोका अनुसार जितिया पर्वमा ब्रतालु महिला दिदीबहिनीहरुले ब्रत बसेर बेलुका जितवाहनको कथा सुन्ने गर्छन् र त्यस कथामा चिलो र सेरो दुई दिदीबहिनीहरु बीच विवाद बढ्दै गएपछि ती दुईमध्ये सत्य वा असत्यको पक्षमा को को छन् ? भनेर परीक्षण गर्नका लागि अग्निपरीक्षाको रुपमा फगुवा पर्वमा ‘समत’ बनाएर जलाउने गरिन्छ। ‘समत’ बनाउँदा अहिले पनि त्यसको माथिल्लो भागमा साँकेतिकरुपमा चिलोको ठाट र मुनितिर सेरोको लागि सानो खाल्डो खन्ने गरिन्छ।

बुढापाकाहरुका अनुसार समत जल्ने क्रममा कुन दिशातर्फ ढल्छ, त्यसैअनुसार गुरोहरुले त्यसवर्षभरि वर्षात् हुने वा खडेरी लाग्ने अनुमान गर्दथे र सोहीअनुसारको खेतीपाती गर्ने गरिन्थ्यो।

थारु समुदायले फगुवालाई परापूर्वकालदेखि नै निकै उल्लासमय वातावरणमा आफ्नै मौलिक तरिकाले मनाउँदै आएको भएपनि केही वर्षयता युवा जगतले आफ्ना मौलिक पर्वहरुमा आयातित सँस्कृतिलाई बढावा दिने गरेकाले संस्कृति संरक्षणका साथै युवाहरुमा हस्तान्तरण गर्नका लागि सबै एकजुट भई फगुवा महोत्सव आयोजना गर्न लागेको कुरा महोत्सव मूल आयोजक समितिका सहसंयोजक तथा थारु साँस्कृतिक संग्रहालय बछौलीका अध्यक्ष वीरेन्द्र महतोले बताए।

साँस्कृतिक महोत्सवका लागि कुनै सरकारी निकायले सहयोग नगरेकोमा दुःख व्यक्त गर्दै आर्थिक समितिका संयोजक सजना महतोले आदिवासी जनजातिका लागि आउने बजेट यस्तै कार्यक्रमहरुका लागि पनि विनियोजन गर्नका सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। उनले भने, ‘हरेक वर्ष नगरपालिकाको बजेट फ्रिज भएको सुनिन्छ तर साँस्कृतिक महोत्सवका लागि बजेट माग्न जाँदा नगरपालिकाले दिनै मन्दैनन्।’

फगुवा महोत्सव सम्पन्न गर्नका लागि मागर महतोको संयोजकत्वमा १ सय ११ सदस्यीय मूल आयोजक समिति र १९ वटा उपसमिति गठन गरिएको छ। यसवर्ष फागुन २९ गते समत र ३० गते धुरहेरी भएपनि त्यसको दुईदिन अगाडि नै फगुवा साँस्कृतिक महोत्सव आयोजना गरिएको र अर्को वर्ष यसलाई निरन्तरता दिने कुरा मूल संयोजक मागर महतोले बताए।

महोत्सवको दुवै दिन थारु साँस्कृतिक नाचगीतका साथै थप मनोरञ्जनका लागि आधुनिक गायक कलाकारहरुको समेत प्रस्तुती पस्किने कुरा साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक दिपेस चौधरीले बताए। दुवै दिन लोकगायक मिलन लामा, संजय चौधरी, मनोज महतो लगायतका गायकहरुको प्रस्तुति रहनुका साथै अन्तिम समयमा डिजे गीत संगीतमा पार्टी डान्सको समेत व्यवस्था गर्ने जनाएका छन्।

महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशका साथै थारु खाना बिक्री वितरण गर्नेहरुलाई पनि निःशुल्क स्थान दिइने आयोजक समितिले जनाएका छन्।

संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित

संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित भएका छन्। क्यानाडा सरकारको आयोजनामा ओटावाको क्यानेडियन म्युजियममा चलिरहेको बैठकले चौधरीलाई एसियाबाट निर्वाचित गरेको हो। Continue reading “संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित”

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

अपहरणमा परेका तीन व्यक्तिलाई उद्धार गर्ने क्रममा स्वयम्भूमा गोली चलेको छ। प्रहरीले दुई दिनअघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो। Continue reading “स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान”