चितवनमा बन्ने भो ‘थारु भवन’, सरकारद्वारा ५५ लाख बजेट निकासा

कारी महतो/चितवन।

थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको रु ५५ लाख बजेटमा भवन बन्ने भएको छ। भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा आज भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन भएको छ। माओवादी केन्द्रका जिल्ला सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य दर्शन चौधरीको अध्यक्षतामा उक्त निर्माण समिति गठन भएको हो। Continue reading “चितवनमा बन्ने भो ‘थारु भवन’, सरकारद्वारा ५५ लाख बजेट निकासा”

भोट माग्न आउनेलाई प्रतिकार गर्ने टीकापुर राजबन्दी परिवारको चेतावनी

टीकापुर घटना घटाएको अभियोगमा जेल जीवन भोग्दै आएका कैदीबन्दीका परिवारजनहरुले सरकारद्वारा घोषित सबै चुनाव बहिष्कार गर्ने बताएका छन्। झुठा मुद्दा लगाएर आफ्ना प्रियजनहरुलाई कैद गरे पनि हालसम्म रिहाईको लागि राज्यले गम्भिरता नदेखाएको आक्रोश पोख्दै उनीहरुले कुनै पनि चुनावमा भाग नलिने बताएका हुन्। Continue reading “भोट माग्न आउनेलाई प्रतिकार गर्ने टीकापुर राजबन्दी परिवारको चेतावनी”

राजबन्दी परिवारलाई मलेसियाका थारुद्वारा आर्थिक सहयोग

रोजगारीको सिलसिलामा मलेसियामा रहेका थारु यूवाहरुले टीकापुर घटनाका राजबन्दी परिवारहरुलाई आर्थिक सहयोग गरेका छन्। मलेसियास्थित प्रवासी थारु सेवा समाजमा आवद्ध थारु यूवाहरुले पीडित परिवारका बालबालिकाहरुको पठनपाठनको लागि आर्थिक सहयोग गरेका हुन्। Continue reading “राजबन्दी परिवारलाई मलेसियाका थारुद्वारा आर्थिक सहयोग”

कमलरीबारे बनाइएको फिल्म लावाजुनीको छायाँकन सकियो

कमलरी विषयवस्तु रहेको चलचित्र लावाजुुनीको छायाँकन सकिएको छ । फागुन २२ देखि सुरु भएको लावाजुनीको छायाङ्कन आज सकिएको लेखक तथा निर्देशक केएल पीडितले जानकारी दिए । केही दृश्यको छायाँकन भने गत वर्ष नै गरिएको कुरा पनि निर्देशक पीडितले जानकारी दिए । Continue reading “कमलरीबारे बनाइएको फिल्म लावाजुनीको छायाँकन सकियो”

राजधानीमा जम्दै चम्पन साँस्कृतिक समूह

थारु संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उदय भएको चम्पन साँस्कृतिक समूहको माग बढेको छ। थारु झाँकी, थारुहरुको लोक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने समूहको रुपमा स्थापित भएको चम्पनको माग राजधानीमा बढ्दो छ। त्यसो त अघिल्लो वर्ष यही समूहले चितवनको खिचरा महोत्सवमा आफ्नो कला प्रस्तुत गरेको थियो। राजधानीमा हुने थारुहरुको माघी, जितिया पर्वमा पनि यो समूहको जोडदार प्रस्तुती रहँदै आएको छ। Continue reading “राजधानीमा जम्दै चम्पन साँस्कृतिक समूह”

भक्तिमार्ग र लिम्बुवान राजनीति

सीएन थारु।
२०७४ साल वैशाख ३१ गते नेपाल सरकारले स्थानीय तहको निर्वाचन तोकेकै दिन संघीय लिम्बुवान पार्टीको केन्द्रीय समितिको पूर्ण वैठकले समानान्तर सरकारको कार्यदिशा पारित गर्न पुगे । यो संयोग हो कि रणनीतिक प्रतिस्पर्धा ठम्याउन गाह्रौं भयो तर नेपाल सरकारको तयारी यतिवेला निर्वाचन सम्पन्न गर्न भए पनि संघीय लिम्बुवान पार्टीले समानान्तर सरकारको कार्यान्वयन कसरी गर्ने भन्ने सवाल टडकारो बनेर आयो । स्थानीय तहको निर्वाचनको तयारीमा सबैदलको सक्रियताले जनमत बनाउने काम हुनसक्छ कि भनेर उत्साहित प्रमुख दलका नेतागण आ–आफ्नो संगठन सुदृढीकरणको तयारी गर्न लाग्दा उता मधेसी मोर्चाले आन्दोलनको तयारी तिर आफुलाई केन्द्रित गर्नेछ । Continue reading “भक्तिमार्ग र लिम्बुवान राजनीति”

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । Continue reading “स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता”

थरुहट/थारुवानसहितको प्रादेशिक मोर्चद्वारा निर्वाचन स्थगित गर्न माग

थरुहट/थारुवान संयुक्त संघर्ष समितिसहितको संयुक्त प्रादेशिक मोर्चाले स्थानीय चुनावको विरोध गरेको छ। दस वटा आबद्ध समितिले संविधान संशोधन प्रस्ताव थाँती राखेर स्थानीय तह निर्वाचनको घोषणा गरेको भन्दै आपत्ति जनाएको हो। Continue reading “थरुहट/थारुवानसहितको प्रादेशिक मोर्चद्वारा निर्वाचन स्थगित गर्न माग”

राप्रपामा तीन थारु नेता केन्द्रीय सदस्यमा विजयी

राप्रपाको काठमाडौंमा भएको महाधिवेशनबाट तीन जना थारु नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्। मंगलबार भएको चुनावबाट फत्तेसिंह थारु, गिरधारी चौधरी र रामदुलारी चौधरी विजयी भएका हुन्। Continue reading “राप्रपामा तीन थारु नेता केन्द्रीय सदस्यमा विजयी”

चुनावमा जान फोरम लोकतान्त्रिक सकारात्मक

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वानेश्वरस्थित संसद भवनमा आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएका पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी निर्वाचनमा जान सहमत रहेको बताए। Continue reading “चुनावमा जान फोरम लोकतान्त्रिक सकारात्मक”