राप्रपाको ९८ जना केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ । समावेशीअन्तर्गत गरिएको महाधिवेशनमा थारुका लागि एउटा कोटा छुट्याइएको छ । एउटा कोटाका लागि दुई जनाको उम्मेदवार परेको छ ।
Continue reading “राप्रपामा एउटा थारु कोटाका लागि दुई जनाको उम्मेद्वारी”
Author: admin
स्थानीय चुनावको विरोध गर्दै थरुहटद्वारा संघर्ष गर्ने घोषणा
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको भन्दै थरुहट तराई पार्टी नेपालले विरोध जनाएको छ। अध्यक्ष भानुराम चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै तीन दलीय सिन्डिकेटमा निर्वाचन मिति घोषणा गरेको भन्दै विरोध जनाएका हुन्। पार्टीले सरकार गठनका बेला भएको तीन बुँदे सम्झौताविरपरीत निर्वाचत मिति घोषणा गरेको आरोप लगाएको छ।
‘संविधान संशोधन विधयेकलाई हामी आन्दोलनरत् पक्षसँग राजनीतिक सहमति र संवाद एवं सम्झौता गरी परिमार्जनसहित पारित नहुन्जेल कुनै पनि निर्वाचनमा हामी सहभागी हुन सक्दैनौं। सरकारको गलत निर्णयको विरोध गर्दै थरुहट तराई पार्टी नेपाल र माग मुद्दा मिल्ने मोर्चाहरुसँग सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी गर्दै सशक्त संघर्षमा होमिन बाध्य भएको छ,’ जारी विज्ञप्तीमा उल्लेख छ।
पूर्ण प्रेस विज्ञप्ती पढ्नुस्
सदियौंदेखि शोषण, दमन, उत्पीडन र विभेद्मा पारिएका यो मुलुकका आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, दलित लगायत उपेक्षित जाति, वर्ग, लिङ, क्षेत्रका जनताहरु आफ्नो आत्मसम्मान, पहिचान, न्याय र अधिकार संवैधानिकरुपमा सुनिश्चित हुनुपर्दछ भन्दै संघर्षरत् रहेकै बेला उनीहरुको माग मुद्दाहरुलाई सम्बोधन नै नगरी सरकारको स्थानीय तहको निर्वाचनको तिथि मिति तोक्ने निर्णय नेपाली जनताका लागि दुर्भाग्यपूर्ण हो। तीन दलीय सिन्डीकेटमा गरिएको सरकारको बदनीयतपूर्ण निर्णयप्रति हामी खेद व्यक्त गर्न चाहन्छौं।
थरुहट तराई पार्टी नेपाल सम्बद्ध रहेको संघीय गठबन्धनसँग २०७३ श्रावण १९ गते नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच सम्पन्न ३ बुँदे सम्झौता विपरीत, थरुहट, आदिवासी जनजाति, मेधसी, मुस्लिम, दलित आदि आन्दोलनका क्रममा सरकारसंग भएका विभिन्न सहमती सम्झौतालाई सम्बोधन नगरी जबर्जस्ती लादिएको संविधानको धारा ५६ (५) विपरीत तथा संविधानको निर्दिष्ट सिद्धान्त, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रहरुको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनको आधारमा घोषणा गरिएको यो स्थानीय तहको निर्वाचन नेपाली जनताको चाहना र हित विपरित रहेको हाम्रो पार्टीको धारणा रहेको छ।
लोकतान्त्रिक मूल्य मान्यता अनुसार निर्वाचन हुनुपर्दछ भन्ने हामी पनि निर्वाचनको पक्षपाति हौं तर बहुमतको दम्भमा जबर्जस्ती लादिएको कालो संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउनका लागि संघर्षकै क्रममा निरकुंश शाहकालीन शैलीबाट सरकारले निर्वाचनको तिथि मिति मात्रै घोषणा गरेर मुलुकको निकाश दिन सक्दैन बरु यसले नयाँ द्वन्द्वको बृजारोपणको गर्ने निश्चिन्त छ। सरकारको यो अपरिपक्क एवं अदूरदर्शी निर्णयले मुलुकलाई द्वन्द्वात्मक मुठभेडमा धकेल्ने कार्य गरेको छ। अतः मुलुकको वास्तविक समस्याको समाधान नगरी निर्वाचन गर्नुको कुनै तूक र औचित्यचतता छैन।
यसर्थ थरुहट आन्दोलनको १३ बुँदे र संघीय गठबन्धनको २६ बुँदे मागलाई टेकेर संघीय गठबन्धन, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच गरिएको ३ बुँदे सम्झौतामा उल्लेख भए बमोजिम थरुहट, मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित आदि आन्दोलनको क्रममा आन्दोलनकारीहरु माथि लगाइएका झुठा मुद्दा खारेजी तथा आममाफी, शहिद घोषणा, क्षतिपूर्ति लगायत सरकार आफैद्वारा मंसिर १४ गते व्यवस्थापिका संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई टुंगो नलगाई प्रस्तावित गरिएको स्थानीय तहका निर्वाचनले यो मुलुकको वास्तविक समस्याको साधान गर्न सक्दैन।
अतः संविधान संशोधन विधयेकलाई हामी आन्दोलनरत् पक्षसंग राजनीतिक सहमति र संवाद एवं सम्झौता गरी परिमार्जन सहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा हामी सहभागी हुन सक्दैनौं र सरकारको गलत निर्णयको विरोध गर्दै थरुहट तराई पार्टी नेपाल र माग मुद्दा मिल्ने मोर्चाहरुसंग सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी गर्दै सशक्त एवं शान्तिपूर्ण संघर्षमा होमिन बाध्य भएको छ। अबको संघर्षलाई निर्णयमा पुर्या उनका लागि नेपाली जनसमुदायमा सक्रिय साथ समर्थन र सहयोगका लागि यसै प्रेस विज्ञप्ति मार्फत हार्दिक अपील गर्दछौं।
भानुराम थारु
अध्यक्ष
थरुहट तराई पार्टी नेपाल
केन्द्रीय कार्य समिति
सन्दर्भ मातृभाषा दिवस : मातृभाषामा कहिले पढ्न पाउने ?
कृष्णराज सर्वाहरी/काठमाडौं।
धीरेन्द्र प्रेमर्षि मैथिली भाषाका अभियन्ता हुन् । जनआन्दोलन ६२/६३ पछि भाषिक आन्दोलनमा होमिएका उनी प्राथमिक विद्यालयमा मैथिली भाषा प्रवद्र्धनमा लागिपरे । प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका उनी मातृभाषाको पढाइ नहुनुमा पुस्तक नै अभाव रहेको प्रमुख कारण देख्छन् । भन्छन्, ‘मैथिली भाषा उत्प्रेरक कार्यदलले ०६६/६७ मा सर्वे गर्दा कक्षा १ देखि ५ सम्मको पुस्तक सप्तरीमा मात्रै एक लाख ८५ हजार थान चाहिएको तथ्य आयो । तर, पाठ्यक्रम विकास केन्द्रले प्रतिकक्षा एक हजार मात्रै दिन सक्ने विवशता जनायो ।’ यसरी मैथिली भाषाको अभियान नै तुहियो । Continue reading “सन्दर्भ मातृभाषा दिवस : मातृभाषामा कहिले पढ्न पाउने ?”
सुनसरीका थारु पत्रकारहरु केन्द्रीय र प्रादेशिक पार्सदमा विजयी
थारु पत्रकार संघ नेपालको सुनसरीका शाखाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघको १०औं अधिवेशनबाट प्रादेशिक र केन्द्रीय पार्सदमा विजयी भएका छन्। शाखाका अध्यक्ष कुलदीप चौधरी, निशान चौधरी, सुकदेव चौधरी, गवन चौधरी प्रादेशिक पार्सदमा विजयी भएका छन्। त्यस्तै सुनिल चौधरी जिल्ला सदस्य र ममता चौधरी केन्द्रीय पार्सदमा विजयी भएका हुन्। Continue reading “सुनसरीका थारु पत्रकारहरु केन्द्रीय र प्रादेशिक पार्सदमा विजयी”
निर्वाचन घोषणासँगै मोर्चाको आन्दोलन घोषणा, ११ गते बन्द
सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ । Continue reading “निर्वाचन घोषणासँगै मोर्चाको आन्दोलन घोषणा, ११ गते बन्द”
१९ वर्षपछि वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा
सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। Continue reading “१९ वर्षपछि वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा”
राजापुर क्याम्पसका दुई लेक्चररविरुद्ध उजुरी, स्ववियु प्रचारमा लागेको आरोप
बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसका दुई लेक्चरर लाई कारबाहीको माग गरिएको छ। आसन्न स्ववियु निर्वाचनको आचारसंहिचा विपरीत पार्टीको प्रचार प्रास गरेको र अध्ययनरत विद्यार्थीलाई मानसिक तनाव दिएको भन्दै छप्पुराम चौधरी र बालकृष्ण चौधरीविरुद्ध विद्यार्थीहरुले उजुरी दर्ता गरेको हो। Continue reading “राजापुर क्याम्पसका दुई लेक्चररविरुद्ध उजुरी, स्ववियु प्रचारमा लागेको आरोप”
यो हो संसारको आठौं महादेश !
भूवैज्ञानिकको माग पूरा भयो भने अब भूगोल र सामान्य ज्ञानका पुस्तकमा आठौं महादेशका रुपमा जिल्यान्डियाले प्रवेश पाउनेछ। वैज्ञानिकले दक्षिण पश्चिम प्रशान्त महासागरभित्र अधिकांश भाग डुबेको अवस्थामा रहेको जिल्यान्डियालाई महादेशको मान्यता दिनुपर्ने माग गरेका छन्। जिल्यान्डिया नौलो ठाउँ भने होइन। यसको सबैभन्दा अग्लो पहाड पानीमाथि छ र त्यो न्युजिल्यान्ड देशका रुपमा चिनिन्छ। जिल्यान्डियामा महादेशका लागि चाहिने सबै योग्यता पुग्ने तर्क गर्दै वैज्ञानिकले यसलाई महादेशको मान्यता दिलाउन जोड दिएका छन्।
अमेरिकी भौगर्भिक समाजको जर्नलमा प्रकाशित लेखमा अनुसन्धानकर्ताले जिल्यान्डियाको क्षेत्रफल ५० लाख वर्गकिलोमिटर उल्लेख गरेका छन्। यो छिमेकी महादेश अस्ट्रेलियाको दुईतिहाइ भाग बराबरको क्षेत्रफल हो।
जिल्यान्डियाको ९४ प्रतिशत क्षेत्र पानीले ढाकेको छ। समुद्र सहतभन्दा बाहिर न्युजिल्यान्डको उत्तर तथा दक्षिण द्वीप र न्यु क्यालेनोडिया छन्। तपाईंलाई लाग्न सक्छ, पानीमुनि भएका कारण यो भूभाग महादेश हुनसक्दैन। तर, अनुसन्धानकर्ताले महादेश घोषणाका मापदण्डलाई अघि सारेका छन्, जसअनुसार नजिकको क्षेत्रभन्दा अग्लो भूभाग, फरक भौगर्भिक अवस्थिति, राम्रोसँगै परिभाषित क्षेत्र र महासागरको पिँधको नियमित सहतभन्दा मोटो भूभाग भएको क्षेत्र महादेश हुन सक्छ। यी सबै मापदण्ड जिल्यान्डियाले पूरा गर्छ।
लेखका प्रमुख लेखक न्युजिल्यान्डका भूगर्भविद् निक मोर्टिमेरले जिल्यान्डियाका विषयमा वैज्ञानिकले दुई दशकअघिदेखि अनुसन्धान गरिरहेको बताए। ‘सूचीमा एउटा नाम थप्न मात्रै नभएर जिल्यान्डियालाई महादेश बनाउने कार्यको वैज्ञानिक मूल्य पनि छ,’ उनले भनेका छन्।
समुद्रको सतहभन्दा माथि हुन्थ्यो भने भारतीय उपमहाद्वीप जत्रो हुने जिल्यान्डिया गोन्दवानाबाट छुट्टिएर बनेको विश्वास गरिन्छ। कुनै समयमा अस्ट्रेलियासँग जोडिएर रहेको यो क्षेत्र ६ देखि साढे ८ करोड वर्षअघि डुबेको अनुमान छ। अमेरिकी भू–भौतिकशास्त्री ब्रुस लुयेन्डिकले सन् १९९५ मा जिल्यान्डियाको नाम राखेका थिए।
भलिबलकी सरस्वती चौधरीसहित उत्कृष्ट खेलाडी सम्मानित
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पुर्याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ । दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । Continue reading “भलिबलकी सरस्वती चौधरीसहित उत्कृष्ट खेलाडी सम्मानित”
रौतहट सुपर डान्समा मासुम चौधरी
रौतहट सुपर डान्स प्रतियोगितामा मासुम चौधरी छनौट भएका छन्। उनी टप १५ भित्र पर्न सफल भएका हुन्। उनले आफूलाई जिताउन सबैसँग भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन्।
उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर RSD MSUM टाइप गरेर 34243 मा पठाउपर्ने हुन्छ।