थारु मोडलको रुपमा स्थापित हुँदै प्रविना दहित

अविनाश चौधरी/धनगढी।

एक वर्ष अगाडि कला क्षेत्रमा प्रवेश गर्दा प्रविना दहितलाई लागेको थिएन, यति चाँडै सफलताको शिखर चुमिएला। तर, उनको मनको द्विविधा हटेको छ। छोटो अवधिमै उनी अकल्पनीय उपलब्धी हात पार्न सफल भएकी छन्। Continue reading “थारु मोडलको रुपमा स्थापित हुँदै प्रविना दहित”

ट्र्याक्टरबाट खसेर रामप्रसाद चौधरीको मृत्यु

ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ।  Continue reading “ट्र्याक्टरबाट खसेर रामप्रसाद चौधरीको मृत्यु”

स्थानीय निकायको चुनावविरुद्ध प्रतिकार गर्ने थारु नेताहरुको चेतावनी

सरकारले बिना संविधान संशोधन स्थानीय तहको चुनाव मिति घोषणा गरे थारु नेताहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। संविधान संशोधन बिना कुनै हालतमा स्थानीय तहको चुनाव हुन नसक्ने उनीहरुले बताएका हुन्। Continue reading “स्थानीय निकायको चुनावविरुद्ध प्रतिकार गर्ने थारु नेताहरुको चेतावनी”

स्ववियुको निर्वाचन फागुन १८ गतेलाई सर्‍यो

त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको आज साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न क्याम्पसमा तालाबन्दीका कारण प्रभावित भएको थियो । त्रिविविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले नयाँ निर्वाचनको मिति तयसँगै नयाँ कार्यतालिका तय भएको र सबै विद्यार्थी सङ्गठनलाई समेटेर लैजानका लागि निर्वाचन सारिएको बताए। ‘केही विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाएका छन्,’ उनले भन‍, ‘ती ताला खुलाउने र आन्दोलनरत पक्षलाई पनि समेट्नका लागि निर्वाचन सारिएको हो।’

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले क्रान्तिकारीको महाधिवेशनका कारण सहभागिता जनाउन नसक्ने भएपछि सबैको सहमतिमा नयाँ मिति तय गरिएको बताए। छलफलमा त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाँ, रजिस्ट्रार उप्रेती, शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठी, काठमाडौँ उपत्यकाका सबै क्याम्पस प्रमुख, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, क्रान्तिकारीका न्यौपानेसहित सबै विद्यार्थी सङ्गनठका नेताको सहभागिता थियो।

त्रिविले फागुन १४ गतेका लागि निर्वाचन कार्यतालिका तयार गरिसकेको थियो। निर्वाचन कार्यतालिकानुसार आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो । त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले यसअघि दुई पटक स्ववियु निर्वाचनको घोषणा गरे पनि विद्यार्थी विवादका कारण हुन सकेको थिएन। रासस

तस्करको पन्जाबाट बर्दियाका शान्तिकुमारी थारुको उद्धार

किशोरीलाई भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ। कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। एकजना फरार छन्। Continue reading “तस्करको पन्जाबाट बर्दियाका शान्तिकुमारी थारुको उद्धार”

फोटो बिगारेर फेसबुकमा हाल्दैहुनुहुन्छ? दुई वर्ष जेल जान पर्ला

कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ । संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनुलाई अपराध मानिएको छ । Continue reading “फोटो बिगारेर फेसबुकमा हाल्दैहुनुहुन्छ? दुई वर्ष जेल जान पर्ला”

वीरगन्ज चिनी मिलको जग्गा विवाद : बाराका थारुले भने ‘जागिर देऊ कि जग्गा फिर्ता देऊ’

गढीमाई नगरपालिकाभित्र निर्माणको क्रममा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि त्यसमा रोजगारी पाउनु पर्ने माग गर्दै बाराका स्थानीयले बिहीबार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्। भूमि अधिकार संरक्षण जिल्ला कार्य समितिले १४ सूत्रीय मागसहित प्रजिअ विजयनाराण मानन्धरमार्फत ज्ञापन पत्र बुझाएका हुन्। Continue reading “वीरगन्ज चिनी मिलको जग्गा विवाद : बाराका थारुले भने ‘जागिर देऊ कि जग्गा फिर्ता देऊ’”

ट्रक दुर्घटनामा चालक तिर्थराम थारुसहित तीन जनाको मृत्यु

जिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए। Continue reading “ट्रक दुर्घटनामा चालक तिर्थराम थारुसहित तीन जनाको मृत्यु”

थरुहट तराई पार्टीका दुई केन्द्रीय सदस्य पनि नयाँ शक्तिमा

थरुहट तराई पार्टी नेपालका थप दुई केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेका छन्। कैलालीका सुरज कठरिया र सन्तोष कठरियाले संयुक्तरुपमा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीलाई राजीनामा पत्र बुझाएका छन्। उनीहरुले थारुवानसँग कुरा गर्दै आफूहरुले राजीनामा बुझाएको स्वीकारेका छन्। Continue reading “थरुहट तराई पार्टीका दुई केन्द्रीय सदस्य पनि नयाँ शक्तिमा”

प्रेम प्रस्ताव अस्वीकार गर्दा विकल चौधरीद्वारा छतबाट हामफालेर आत्महत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्। Continue reading “प्रेम प्रस्ताव अस्वीकार गर्दा विकल चौधरीद्वारा छतबाट हामफालेर आत्महत्या”