धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ । हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए। Continue reading “कैलालीमा हराएकी १६ वर्षीया युवती मृत फेला”
Author: admin
एमालेले बारामा २० हजार जनता उतार्दै
नागेन्द्र चौधरी/बारा।
नेकपा एमालेको बारा कमिटीले मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको जितपुरमा हुने आमसभामा २० हजार बढी जनता उतार्ने निर्णय गरेको छ। कलैयामा भएको कमिटीको बैठकले ‘फागुन २७ गते जितपुर जाउँ मेची महाकाली अभियान सफल पारौं नारासहित विशाल आमसभा गर्ने निर्णय गरेको हो। Continue reading “एमालेले बारामा २० हजार जनता उतार्दै”
पद्मनारायण चौधरीलाई सिरहाको स्थानीय तहको संख्या तय गर्ने जिम्मेवारी
स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा जिल्लामा देखिएका गुनासो हल गर्ने बारेमा कुराकानी भएको थियो । Continue reading “पद्मनारायण चौधरीलाई सिरहाको स्थानीय तहको संख्या तय गर्ने जिम्मेवारी”
थारु मुद्दा बलियो बनाउन नयाँ शक्तिसँग एकीकरण गरेकी हुँ : सांसद गंगा चौधरी
भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी परित्याग गरी थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरी अन्ततः नयाँ शक्तिमा समाहित भएकी छन्। नयाँ पार्टी खोलेको ५२ दिनपछि सांसद चौधरीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेकी छन्। एकीकरणसँगै नयाँ शक्ति नेपालले संसदमा प्रतिनिधित्व जनाउने भएको छ। चौधरी नयाँ शक्तिको संसदीय दलका नेतासमेत भएकी छन्। Continue reading “थारु मुद्दा बलियो बनाउन नयाँ शक्तिसँग एकीकरण गरेकी हुँ : सांसद गंगा चौधरी”
गंगा चौधरीको पार्टी नयाँ शक्तिसँग एकीकरण हुँदै
भानुराम नेतृत्वको थरुहट तराई पार्टी नेपालबाट अलग भएर थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरीले अन्ततः बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सम्माहित हुने भएको छ। त्यसका लागि सो पार्टीका अध्यक्षसमेत रहेका चौधरीले केन्द्रीय किमिटी बैठक बसी छलफल गरिरहेका छन्। Continue reading “गंगा चौधरीको पार्टी नयाँ शक्तिसँग एकीकरण हुँदै”
बेपत्ता भएका चार बालिका भारतको सीतामढीमा भेटिए
नागेन्द्र चौधरी/बारा।
बाराको सिमरास्थित पब्लिक इंलिस स्कुल पढ्ने चार जना छात्रा भारतको सीतामढीमा भेटिएका छन्। छुट्टिपछि घर फर्किएका उनीहरु घर नगई वीरगन्ज रक्सौल हुँदै सीतामढी पुगेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कुमार कार्कीका अनुसार रातभरिको खोजीपछि उनीहरु त्यहाँ रहेको जानकारी पाएका थिए। Continue reading “बेपत्ता भएका चार बालिका भारतको सीतामढीमा भेटिए”
माछा महोत्सवमा पत्रकार दुष्यन्त चौधरी सम्मानित
नागेन्द्र चौधरी/बारा।
बाराको कलैयामा भएको तीन दिने मत्स्य तथा कृषि महोत्सवमा ३६ लाखको कारोबार भएको आयोजकले जनाएको छ। नेपाल मत्स्य ब्यवसायी संघको आयोजनाका भएको तीन दिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो। माछा मर्ने विभिन्न प्रविधिका समानहरु, अक्सिन मसिन, भेक्टर मेसिन, कृषि, विभिन्न प्रकार जाल, औषधिहरु, समाग्री, माछाका दाना, उत्पादनमा वृद्धि गर्ने समानहरु, तरकारी फलफूल, मनोरञ्जन गरी ३६ लाखको कारोबार भएको संघका जिल्ला अध्यक्ष जंगबहादुर चौधरीले जानकारी दिए। Continue reading “माछा महोत्सवमा पत्रकार दुष्यन्त चौधरी सम्मानित”
संस्कृति हेरैटी गैल कहटी थारु अगुवा चिन्तित [थारु भाषा]
प्रेम दहित/धनगढी।
थारु समुदायके संस्कृति हेरैटी गैल कहटी आब पहिचान जोगाइक लाग संस्कृति बचाउ अभियान आवश्यक रहल थारु अगुवाहुक्रे बटैले बाटै। जखोर लेक परिषद नेपालके आर्थिक सहयोग तथा थारु नागरिक समाज कैलालीके आयोजनामे शनिच्चरके रोज धनगढीमे हुइल थारु सम्वत, संस्कृति ओ पहिचानके लाग हमार भूमिका विषयक अन्तरक्रिया कार्यक्रममे थारु अगुवाहुक्रे संस्कृति हेरैटी गैल कहटी चिन्ता व्यक्त करटी संस्कृति बचाउ अभियान आवश्यक रहल बटैलै। Continue reading “संस्कृति हेरैटी गैल कहटी थारु अगुवा चिन्तित [थारु भाषा]”
‘चुनावको मिति तोकेकै दिन आन्दोलन घोषणा’
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको मिति तोकिएकै दिन आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । प्रमुख दलहरु जेठ १ गतेभित्र चुनाव गर्ने गरी फागुन ८ भित्र मिति घोषणा गर्न सहमत देखिएका छन् । तर, मधेसी मोर्चाले भने संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिइरहेको छ । Continue reading “‘चुनावको मिति तोकेकै दिन आन्दोलन घोषणा’”
६१ वर्षको उमेरमा पार्टी प्रवेश गर्दै शान्ति चौधरीले भनिन्- ‘राष्ट्रिय अखण्डता एमालेले मात्र बचाउनसक्छ’
कवियत्री शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश गरेकी छन्। उनले आफू जन्मजातै एमाले भएको दाबी गर्दै एमाले सही सिद्धान्त र सुझबुझ पार्टी भएकाले आफू एमालेमा लागेको बताइन्। ‘म त सामन्ति प्रथाको विरोधी मान्छे, जन्मजातै एमाले हुँ। एमाले नेतृत्वले नै यो देशमा समृद्धिको प्रकाश छर्न सक्छ। राष्ट्रिय अखण्डता एमालेले मात्र बचाउनसक्छ। अरु पार्टीहरुको कुनै सिद्धान्त छैन,’ पार्टी प्रवेश कार्यम्रमा उनले भनिन्। Continue reading “६१ वर्षको उमेरमा पार्टी प्रवेश गर्दै शान्ति चौधरीले भनिन्- ‘राष्ट्रिय अखण्डता एमालेले मात्र बचाउनसक्छ’”