नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, मुस्लिमलगायतका समुदाय आन्दोलन गरिहेको भन्दै सत्तापक्षीय नेता चौधरीले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए। Continue reading “पूर्वमन्त्री उमाकान्त चाैधरीले भने, ‘पाखण्डी राष्ट्रवादको पछाडि नलाग्नुस्’”
Author: admin
नेपाल टेलिकममा १५५ जनाकाे लागि जागिर खुल्याे
नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै टेलिकमले विभिन्न पदमा जागिर खुलाएको हो । टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ । Continue reading “नेपाल टेलिकममा १५५ जनाकाे लागि जागिर खुल्याे”
थारु संगीतलाई प्रबर्द्धन गर्ने एउटा साँस्कृतिक मञ्च [फाेटाे फिचर]
थारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि थारु सँस्कृतिलाई संगीतको माध्यमबाट प्रबद्र्धन गर्दै आएको सो मञ्चले थारु संगीतलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र चौधरीले जानकारी दिए । Continue reading “थारु संगीतलाई प्रबर्द्धन गर्ने एउटा साँस्कृतिक मञ्च [फाेटाे फिचर]”
प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्ने भनेपछि मोर्चा नेता कड्किए, भने- ‘थाहा छैन अब कति टाढिन्छौं’
स्थानीय चुनाव मिति घोषणा गर्ने प्रस्तावमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सत्ता घटक र मधेसी मोर्चाबीचको वार्तामा चर्काचर्की भएको छ । शनिबार बिहान सवा १० बजे प्रधानमन्त्रीले बालुवाटार निवासमा डाकेको वार्तामा मोर्चा नेताहरुले आइतबार चुनाव मिति घोषणा भए त्यसको आधा घन्टाभित्र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए । Continue reading “प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्ने भनेपछि मोर्चा नेता कड्किए, भने- ‘थाहा छैन अब कति टाढिन्छौं’”
कविता : आन्दोलन चर्कैइना जरूरी बा…
जब दिनसँगे
हुजाई अन्धार तब
दियाके
जगमगैइना
जरूरी बा… Continue reading “कविता : आन्दोलन चर्कैइना जरूरी बा…”
थरुहट शक्तिबीचको एकता प्रयास, थरुहट र नासपाको आइतबार छलफल हुँदै
मदन चौधरी/काठमाडौं।
आफ्ना मुद्दाहरू कमजोर भइरहेका बेला थारू सम्बद्ध राजनीतिक दलले एकता प्रयास थालेका छन्। सरकारले राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको मतको न्यूनतम १.५ देखि अधिकतम ५ प्रतिशत ल्याउनुपर्ने सर्तसहितको कानुन बनाउने (थ्रेसहोल्ड) तयारी गरेपछि उनीहरूले एकता प्रयास थालेका हुन्। Continue reading “थरुहट शक्तिबीचको एकता प्रयास, थरुहट र नासपाको आइतबार छलफल हुँदै”
थारु फिल्म निर्मातालाई फिल्मको नाम पठाउन अपिल
आदिवासी जनजाति चलचित्र महासंघले थारु फिल्म निर्माताहरुलाई आ-आफ्नो फिल्मको नामवलाी पठाइदिन आह्वान गरेको छ। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म विसं २०६५ सालपछि थारु भाषामा निर्माण भएका फिल्महरु सूचीकृतका लागि नाम पठाइदिन आग्रह गरेको हो। Continue reading “थारु फिल्म निर्मातालाई फिल्मको नाम पठाउन अपिल”
‘थारु र मधेसी बहुजातीयभित्र किन अटाएनन्?’
तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमाथि प्रश्न उठाउने अपराध नगरियोस् भनेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा उपाध्यक्ष त्रिपाठीले एमाले अध्यक्ष केपी ओलीले बोलेकोप्रति संकेत गर्दै भने, ‘पाँच नम्बर प्रदेशको तराईको भाग टुक्र्याइए काश्मिर बन्छ भनियो । म आज प्रश्न गर्न चाहन्छु । के दुई नम्बर प्रदेश काश्मिर होस् भनेर बनाइएको हो ? त्यो त पुरै तराई मिलाएरै बनाइएको छ ।’ Continue reading “‘थारु र मधेसी बहुजातीयभित्र किन अटाएनन्?’”
मोर्चाले निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ‘ग्रिन सिग्नल’ देला?
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रीत दलका नेतासँग शनिबार छलफल गर्ने भएका छन्। Continue reading “मोर्चाले निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ‘ग्रिन सिग्नल’ देला?”
स्ववियूको नेतृत्वमा किन पुग्दैनन् थारु विद्यार्थी ?
कारी महतो/चितवन।
आठ वर्षपछि स्ववियूको निर्वाचन हुँदैछ। चितवन पनि यसको चहलपहल निकै बढेको छ। चितवनको १४ वटा क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुने भएको छ। हालसम्म चितवनको कुनै पनि क्याम्पसमा कहिल्यै पनि थारु विद्यार्थीहरु सभापतिमा पुग्न सफल भएको रेकर्ड छैन। यसरी स्ववियूको नेतृत्वमा थारु विद्यार्थीहरु पुग्न नसक्नुको मुख्य कारण उनीहरुले टिकट नपाउनु नै हो। दल निकट विद्यार्थी संगठनबाट स्ववियूको निर्वाचनमा उम्मेदवारी दिनका लागि दलले नै निर्धारण गर्ने भएकाले थारु विद्यार्थीहरुको पक्षमा बोलिदिने पँहुचवालाहरु जिल्ला पार्टीमा नभएरै थारु विद्यार्थीहरुले टिकट पाउँदैनन्। Continue reading “स्ववियूको नेतृत्वमा किन पुग्दैनन् थारु विद्यार्थी ?”