आर्मीलाई हराउँदै सिमरा गोल्डकपको उपाधि संकटाले जित्यो

नागेन्द्र चौधरी/बारा।

त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ।
सिमरा रंगशालामाभएको फाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधि उचालेको हो।

उपाधिसँगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार नगद हात पारेको छ। उपविजेता आर्मीलेदुई लाख ५१ हजारमा चित्त बुझाएको छ।
रोमाञ्चकल खेलमा निर्धारित समयमा दुबै टिमले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थिय। अतिरिक्त समयमा पनि निर्णायक गोल हुन नसकेपछि नजिता टायब्रेकरबाट निकालिएको हो।

टाइइब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरेका थिए। संकटाका विश्व अधिकारीको प्रहार भने सुनिल श्रीवास्तवले रोकेका थिए। आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र बललाई जाली चुमाउन सके। आर्मीका जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाउ गरे।

यसअघि खेलको ४७ मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। डिबक्सभित्रबाट बिनयले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाइन भित्र छिरेको थियो। खेलको सुरुवातदेखि नै आक्रमक सुरुवात गरेका दुबै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले।

पहिलो हाफमा १-० ले पछि परेको संकटाले खेलको ५६ मिनेटमा गोल फर्कायो। आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाइलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे। अमितको गोलसँगै खेलमा फर्किएको संकटाले आर्मीलाई चुनौती दिँदै राम्रो खेल प्रदर्शन गर्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक बिनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलरक्षकसमेत घोषित भएका उनले यामहा मोटरसाइकल प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे। सबै विधाकाले जनही १५ हजार नगद प्राप्त गरेका छन्। प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबले हात पारेको छ।

प्रतियोगिताको विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए।

लगन कहिले पो जुर्ने हो ?

कृष्णराज सर्वहारी।
यो बिहेको मौसम। समयले कति चाँडै कोल्टे फेर्छ भने हेर्दाहेर्दै यो पंक्तिकारको विवाह भएको पनि २०७३ माघ २७ गते २८ बर्षै पार भएछ गाँठेे। थारू समुदायमा त्यसै पनि चाँडै विवाह गर्ने चलन छ। यो ज्यान आईए पहिलो वर्षको जाँच दिइ सकेर सत्र वर्षको अल्लारे उमेरमा पञ्चै बाजा बजाएर डोली चढेर दुलही भित्र्याएको थियो, २०४५ साल माघ २७ गते। अहिले वैवाहिक जीवनको प्रमाणपत्रको रुपमा ३ छोरी छन्, जो वीए फाइनलदेखि प्लस टुसम्म अध्ययनरत छन्। आउने फागुन १२ गते दाजुले आफ्नी छोरीको बिहे गर्दिदै हुनुहुन्छ। थाहा छैन, जीवनको घुम्तीमा मेरा छोरीहरूले कहिले, कस्ता पो जीवनसाथी रोज्ने हुन्। Continue reading “लगन कहिले पो जुर्ने हो ?”

तिमी अपराधि होइनौं [कबिता]

सोम डेमनडौरा।

गरिबलालहरुको बस्तिमा
बच्चाहरु रमाउँछन् तृप्तले
भोंक छट्पटिन्छ
रोग र शोक टड्पिन्छ
परको अस्पताल हाँस्छ
आखिर मृत्यु मरेर जान्छ
र, पुनर्जन्मको जीत हुन्छ
त्यसैले, सरकार
तिमिले हत्या गरेको होइन
तिमी अपराधि होइनौं Continue reading “तिमी अपराधि होइनौं [कबिता]”

एनपिस विजेता बसन्ती चौधरी बैंककमा सम्मानित

मानवअधिकार रक्षक बसन्ती चौधरी थाइल्याण्डको राजधानी बैंककमा एनपिस अवार्ड २०१६ बाट सम्मानित भएकी छन् । चौधरी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष तथा कमैया, कमलरी प्रथा उन्मुलन अभियानकी अभियन्ता हुन् ।

बिहीबार राति बैंककमा भएको एक कार्यक्रममा डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी चौधरीलाई एनपिसको ‘अनटोल्ड स्टोरी’ अर्थात नभनिएका कथा अन्र्तगत सम्मान गरिएको थियो । उनीसँगै अफगानिस्तानबाट हबिबा सरावी, पाकिस्तानका रिजवाना शाह, श्रीलङंकाका सुमिका परेरा, इण्डोनेशियाका रुबी खालिफा र फिलिपिन्सका मरियम बरन्दिया पनि सम्मानित भएका छन् ।

सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने चौधरीले दाषत्व एवम् महिला हिंसाविरुद्ध निन्तर संघर्ष गरेका कारण यो अवार्ड प्रदान गरिएको एनपिस नेटवर्कको वेवसाइटमा उल्लेख छ ।

एनपिस अर्वाड महिला, शान्ति र सुरक्षा प्रर्वद्धनमा कार्यरत एसियाका विभिन्न देशका अधिकारकर्मीले सन् २०१० मा स्थापना गरेका थिए ।
सन् २०१५ मा कैलालीकै मुक्त कमलरी कौशिला चौधरी यो अवार्डबाट अमेरिकामा सम्मानित भएकी थिइन् ।

चौधरीले सम्मानपछि भोट गरेर सहयोग गर्ने र आफ्नो कामको मूल्यांकन गरेर अवार्ड प्रदान गर्ने एनपिस नेटवर्कलाई धन्यवाद दिएकी छन् । उनी महिला मानवअधिकार रक्षक सञ्जाल कैलालीकी सचिव पनि हुन् ।

संविधान संशोधन गरेरमात्र स्थानीय निकायको चुनाव हुन्छ : मन्त्री चौधरी

नागेन्द्र चौधरी/बारा।

कृषिमन्त्री गौरीशंकर चौधरीले संविधान संशोधन गरेर वर्तमान सरकार स्थानीय चुनाव, प्रान्तीय चुनावमा लागेको बताएका छन्। बाराको कलैयामा तीन दिने मत्स्य तथा कृषि महोत्सवको उद्‍घाटनपछि मन्त्री चौधरीले जनताको मागअनुसार संशोधन मुलुक अर्को द्वन्दतिर लम्किने संकेत गरे। माओवादी द्वन्द्वकालको स्मरण गराउँदै उनले जनताको हितको लागि सरकार लागिपरेको बताए।

उनले ८० प्रतिशत नेपाली जनता कृषिमै निर्भर रहेकाले जनतालाई आत्मनिर्भर बनाउन लागिपरेको बताए। उनले नेपाल सरकारले माछामात्र नभएर कृषिमुखी उत्पादनको लागि कार्यक्रम बनाउन लागेको बताए।

कृषिमा व्यवसायीकरण, आधुनीकरण तथा औद्योगीकरण नीति नियमका लागि जनतामुखी निर्देशिका सिस्टम निर्माणमा लागेको र कम्तीमा त्यो कार्यक्रम १० वर्षे हुने मन्त्री चौधरीले बताए।  माछा महोत्सव २७ गतेदेखि २९ गतेसम्म चल्नेछ। मेलामा ४० वटा विभिन्न कृषिका स्टलहरु राखिएक छन्।

सिमरा गोल्डकपको फाइनलमा आर्मी र संकटा भिड्दै

नागेन्द्र चौधरी/बारा।

सिमरा गोल्डकपको आठौं संस्करणको उपाधिका लागि शनिबार आर्मी क्लब र संकटा क्लब भिड्दैछन्। हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन आर्मी फाइनल यात्रा तय गरेको थियो भने संकटाले विजय युथलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। Continue reading “सिमरा गोल्डकपको फाइनलमा आर्मी र संकटा भिड्दै”

कलैयामा मत्सय तथा कृषि महोत्सव, कृषिमन्त्री चौधरीले उद्‍घाटन गर्ने

नागेन्द्र चौधरी/बारा।

बिहीबारदेखि सुरु हुने प्रथम ऐतिहासिक मत्सय तथा कृषि महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। कलैयाको कृषि बजारमा सुरु हुने महोत्सवको कृषिमन्त्री गौरी शंकर चौधरीले उद्घा‍टन गर्ने कार्यक्रम रहेको मत्सय ब्यवसायी संघको जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिए। Continue reading “कलैयामा मत्सय तथा कृषि महोत्सव, कृषिमन्त्री चौधरीले उद्‍घाटन गर्ने”

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै संकटा सिमरा गोल्डकपको फाइनलमा

नागेन्द्र चौधरी/बारा।

डिफेन्डिङ च्याम्पियन विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लब  सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा २–१ को रोमाञ्चक जित हात पार्दै संकटाले अन्तिम दुईको यात्रा तय गरेको हो। खेलको सुरुवातमै विजय युथले लिएको अग्रता उल्टाउँदै संकटा जित हात पारेको हो।

संकटाको जितमा अनिल गुरुङ र विश्व अधिकारीले एक-एक गोल गरे। विजय युथका लागि बिमल राना मगरले एक गोल गरे। खेलको सुरु भएको ४५ सेकेण्डमै विजय युथले खेलमा अग्रता लिएको थियो।

संकटाका रक्षापंक्ति सम्हालीन नपाउँदै सुनिल बलको पासलाई सदुपयोग गर्दै बिमलले गोल गरेका हुन्। खेलमा अग्रता लिएपछि सुरुवातमा दबाब झेलेको संकटाले २७औं मिनेटमा बराबरी गोल फर्कायो। डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्दै संकटाका लागि अनिल गुरुङले गोल गरे।

एपिएफलाई पन्छाएको संकटा र सरस्वतीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको विजय युथबीचको सेमिफाइनल भिडन्त निकै रोमाञ्चक रहयो। खेलको पहिलो हाफमा दुबै टिमले थुप्रै अवसर बनाए पनि सदुपयोग गर्न भने सकेनन्। प्रतिस्पर्धात्मक दोस्रो हाफमा पनि दुबै टिमले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए। खेलको ७०औं मिनेटमा संकटाका सुशील केसीले प्रहार गरेको कर्नर बल क्रसबारमा लागेर फर्किन पुगेको थियो। त्यसलगत्तै खेलको ७६औं मिनेटमा बिमल रानामगरले गोल गर्ने वन भर्सेस वनको स्थितिबाट चुकेका थिए।

गोल गर्ने राम्रो अवसर चुकाएको बिजय युथविरुद्ध खेल सकिन एक मिनेट बाकीँ हुँदा संकटाले विजयी गोल ग‍र्यो । खेलको ८९औं मिनेटमा संकटाका लागि विश्व अधिकारीले गोल गरेका थिए। विश्वले प्रहार गरेको कर्नर बलले सिधै जाली चुम्न पुगेको थियो।

विजय युथका प्रशिक्षक सुविन घिमिरले राम्रो राम्रो अवसर चुकाउन पुग्दा टिमले पराजय भोगेको बताए। संकटाका प्रशिक्षक सल्यान खड्गीले गोल खाएर केही दबाब झेल्न पुगे पनि अन्तिम समयसम्म सम्हालिएर खेल्दा जित हात पारेको बताए।

खेलको म्यान अफ दि म्याच संकटाका विश्व अधिकारी घोषित भए। प्रतियोगिताअन्तर्गत बिहीआार त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच हुनेछ।

‘थारु समुदायले राज्यसित अधिकार माग्ने क्रममा टीकापुर घटना’

साउनदेखि तराइ–मधेस क्षेत्रमा चर्केको आन्दोलनका घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबार टीकापुरको स्थलगत निरीक्षण गरेको छ। आयोग अध्यक्ष गिरिशचन्द्र लाल कर्ण सहितको टोलीले राजनीतिक दल, नागरिक समाजका अगुवा र पीडित पक्ष संग छलफल गरेको हो। Continue reading “‘थारु समुदायले राज्यसित अधिकार माग्ने क्रममा टीकापुर घटना’”

वीरगन्जलाई हराउँदै आर्मी सेमिफाइनमा

नागेन्द्र चौधरी/बारा।

वीरगन्ज युनाइटेड क्लबलाई हराउदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ।
सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो।
आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनको समीकरण पूरा भएको छ। Continue reading “वीरगन्जलाई हराउँदै आर्मी सेमिफाइनमा”