प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले निर्वाचन आयोगलाई जेठ १० भित्र स्थानीय निर्वाचन गर्न भन्दै पत्राचार गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीसँगको छलफलपछि एक नेताले प्रचण्डलाई उद्घृत गर्दै भने, ‘मन्त्रिपरिष्दको निर्णयमा स्थानीय निर्वाचन तयारी गर्न आयोगलाई पत्राचारसम्म गरेको हो । आगामी वैशाख मसान्तदेखि जेठ १० भित्र निर्वाचन हुने गरी तयारी गर भनेको होइन । नतोकिएको मिति सञ्चारमाध्यममा आउँदा म आश्चर्य छु ।’ Continue reading “मोर्चासँग प्रधानमन्त्रीले भने- ‘निर्वाचनको मिति तोकेको छैन’”
Author: admin
बट्कोही एअरपोर्ट [थारु भाषा]
सोम डेमनडौरा।
नेंढान टर्नि आज पुरा फिटान्बा। डोक्ल्याक डोक्ल्याक न्याँगटा सल्गल्ली। ज्यान कुन्टलसे ढ्यार हुइहिंस्। साँवर, ठुल ढ्यांग, डर लग्टिक अउर छन्डान जिऊ। पच्छिउँसे डौंक्टी आइटा। Continue reading “बट्कोही एअरपोर्ट [थारु भाषा]”
सर्बहारी, थारु साहिट्यक टोरैंया [थारु भाषा]
सोम डेमनडौरा।
कृष्णराज सर्वहारी, सक्कु जान चिन्ह्ा नाऊँ“सर्वहारी”। मै फे बेढक् सुन्ल रहुँ। भ्याट कर्ना मन फे ओट्रहँ लाग। हुँकाहार लिख्लक किटाबक बयान चारुवँर फैलल् रह। जे फे सर्वहारी कहँठ्। म्वार डिमागम दाजुक काल्पनिक टस्विर नाच। Continue reading “सर्बहारी, थारु साहिट्यक टोरैंया [थारु भाषा]”
एपिएफलाई हराउँदै संकटा सिमरा गोल्डकपको सेमिफाइनलमा
नागेन्द्र चौधरी/बारा।
विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउँदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथि २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
विभागीय टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशील केसीले गोल गरेका थिए। खेलको सुरुवातदेखि तालमेलमा देखिए पनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथि संघटाले खेलको ४१औं मिनेटमा पहिलो गोल गरेको थियो। विदेशी खेलाडी मार्टिन अजाईले डिबक्सभित्रबाट गरेको क्रसलाई सदुपयोग गर्दै राजले बललाई पोष्टको दिशा दिएका थिए। Continue reading “एपिएफलाई हराउँदै संकटा सिमरा गोल्डकपको सेमिफाइनलमा”
सिके राउतलाई १० दिन थुनामा राख्न आदेश
राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उनीविरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ । Continue reading “सिके राउतलाई १० दिन थुनामा राख्न आदेश”
म थारु हुँ तर पहिले नेपाली हुँ : शान्ता चौधरी
सिके राउतको गिरफ्तारीले सारा नेपाली खुसी भएका छन् । किनभने उनले देश विखण्डनको विचार फैलाउँदै थिए । धेरै वर्ष भयो उनले यस्तो विचार फैलाउन थालेको तर सरकारले सधै उनलाई छुट दियो । बेलाबेलामा पक्रने र छाड्ने गरेर सिकेको विज्ञापन सरकार आफैले गरिरहेको थियो । जनता सिकेको विचारको पक्षमा छैनन् भन्ने प्रष्ट देखियो किनभने उनले कुनै जनसमर्थन पाएनन्, उनको पक्षमा कोही देखिएनन् । Continue reading “म थारु हुँ तर पहिले नेपाली हुँ : शान्ता चौधरी”
The real story of the Tharus
Sanjib Chaudhary vis Voice of Tharu
Late Ramanand Prasad Singh, Ex-Attorney General of Nepal, speaks about the Tharu roots at a press conference in Patna, India on 17 May 1988 Continue reading “The real story of the Tharus”
सीके राउत पक्राउ, किन पक्राउ परे?
राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सप्तरी स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर बस्दै अाएका थिए। करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो। Continue reading “सीके राउत पक्राउ, किन पक्राउ परे?”
प्रधानमन्त्री दाहालसँग मधेसो मोर्चा आक्रामक, भने, ‘उत्तर नसुनी निर्णय गर्ने?’
स्थानीय तहको चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्ने सरकारको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट देखिएको छ। उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने अडान दोहोर्याएको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले स्थानीय तहको चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेपछि मोर्चाका नेताहरुको असन्तुष्टि बाहिर आएको हो।
मधेसी मोर्चासँग केही दिनअघि भएको छलफलमा पनि प्रधानमन्त्री प्रचण्डले चुनावको तयारी थाल्न आयोगलाई पत्र लेख्ने जानकारी गराएका थिए । सो भेटमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई विभिन्न ४ वटा प्रश्नसोधेका थिए। तर, मधेसी मोर्चाका नेताहरुले भने यस्तो निर्णय गर्नुअघि मोर्चासँग कुनै छलफल नभएको तर्क गरेका छन्।
रामसपाका महासचिव केशव झाले भने, ‘अघिल्लो बैठकमा प्रधानमन्त्रीले हामीलाई चारवटा प्रश्न गर्नुभएको थियो । तर, त्यसको जवाफै नसुनी निर्णय गर्नु ठीक भएन ।’
प्रधानमन्त्रीले स्थानीय तहको प्रतिवेदनमा सामान्य हेरफेरपछि चुनावमा जाने कि नजाने ? संविधान संशोधन पास/फेल जे भए पनि चुनावमा जाने कि नजानेसहितका चार प्रश्न मधेसी मोर्चाका नेताहरुलाई गरेका थिए । र, एक दुई दिनमा नै पुनः बैठक बसेर छलफल गर्ने मोर्चाका नेताले आश्वासन दिएका थिए ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले पछि फेरि बैठक बसेर छलफल गर्ने भनिए पनि त्यो छलफल नभई सरकारले निर्णय गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने, हाम्रो प्रष्ट अडान छ, संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुँदैन ।’ मधेसी मोर्चाका नेताहरुले छिट्टै प्रधानमन्त्रीलाई भेटेर यसबारे छलफल गर्ने बताएका छन् ।
अनलाइनखबरबाट
आयोजकलाई हराउँदै सिमरा गोल्ड कपमा सरस्वतीको विजयी सुरुवात
नागेन्द्र चौधरी/बारा।
आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ।
सिमरा रंगशालामा बिहीबार भएको उदघाट्न खेलमा आयोजकलाई २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो। जितसँगै सरस्वती प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। Continue reading “आयोजकलाई हराउँदै सिमरा गोल्ड कपमा सरस्वतीको विजयी सुरुवात”